९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘अब गरिबलाई परिचयपत्र वितरण’

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले भूमि व्यवस्थापन सम्बन्धीका समस्याहरु पहिचान गरि ऐन बनाउने र सोही ऐनले मार्गनिर्देश गरेबमोजिम सकुम्वासी समस्या, सार्वजनिक जग्गा अतिक्रमणको समस्या, अव्यवस्थित बसोबास र गुठी संस्थानसम्बन्धीको समस्या हल गर्ने बताएकी छिन्।

राउटेलाई स्थायी परिचयपत्र : पैसा त रहँदैन्, परिचयपत्र कहाँ राख्नु ?

सदियौंदेखि पश्चिम नेपालमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र प्राप्त गरेको छ। दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका नागरिकलाई पहिलो पटक शनिबार स्थायी परिचयपत्र वितरण गरेको हो। स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अवदेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन्।

राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको एकीकृत र पूरा विवरण भएको राष्ट्रिय परिचयपत्र यथाशीघ्र जारी गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।

गरिब र किसानलाई परिचयपत्र

प्रदेश १ को सरकारले गरिब र किसानलाई परिचयपत्रका आधारमा सेवासुविधा दिने निती तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले गरिब र किसानलाई वर्गीकरण गरी परिचयपत्रका आधारमा सेवा सुविधा उपलब्ध गराउने बताए।

अपांगता परिचयपत्र पाएपछि बरफीको मुहारमा खुशियाली

कञ्चनपुरको लालझाडी गाउँपालिका–१, बिचवाकी बरफी रानाको सात महिनानै नपुगी जन्मिएको छोरा अपांग भएपछि घर परिवारदेखि गाउँमा कुरा काट्ने धेरै थिए।

परिचयपत्र पाउनबाट वास्तविक गरिब बञ्चित

सरकारले वितरण गरिब परिचयपत्र बाजुराका वास्तविक गरिबले पाउन सकेका छैनन् ।बाजुराको स्वामीकार्तिक गाउँपालिकामा वितरण गरिएको गरिब घरधुरी परिचयपत्र नामावलीमा वास्तविक गरिबले परिचयपत्र नपाएको स्थानीयले गुनासो गरेका छन् । गाउँपालिकामा रहेका गरिबले परिचयपत्र पाउनुपर्ने भए पनि पहुँचका आधारमा आर्थिक समृद्ध भएकाले पाएको ४ नं वडाध्यक्ष कासीराम थापाले बताए।

गरिब परिचयपत्र वितरण सुरु

सरकारले पाँच जिल्लामा गरिब परिचयपत्र वितरण सुरु गरेको छ । २५ जिल्लामा गरिबको पहिचान गरे पनि परीक्षणको रुपमा पाँच जिल्लामा वितरण गर्न थालेको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

रंगशाला छिर्नको लागि परिचयपत्र

पोखरा रंगशालालाई व्यवस्थित बनाउनको लागि प्रवेश परिचयपत्र कार्डको व्यवस्था गरिने भएको छ । अहिले रंगशालाको पूर्वाधार निर्माणको काम पनि भइरहँदा सामान्य मान्छे पनि जाने र चोरीका घटना घट्ने हुँदा कार्ड सिस्टमको सुरु गर्न थालिएको हो ।

मतदानस्थल पुगे कर्मचारी, मतदाता परिचयपत्र धमाधम वितरण

चितवनका सवै मतदान स्थलहरुमा कर्मचारीहरु पुगी सकेका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सोमबार साँझसम्म सवै केन्द्रमा कर्मचारीहरु पुगेको जानकारी दिए। ‘सुरक्षा प्रवन्धसहित मतदान केन्द्रहरुमा कर्मचारीहरु पुगेका छन्। उनीहरुले आफ्ना कामहरु सम्पन्न गर्न कुनै कठिनाइ छैन’ प्रमुख जिल्ला अधिकारी भट्टले भने।

संगीतकर्मी तथा नाट्यकर्मीलाई परिचयपत्र

संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारहरूले पहिचानका लागि ‘स्रष्टा÷कलाकार परिचय पत्र’ पाउने भएका छन् । संगीत तथा नाट्य विधामा अथक साधनामार्फत समाज र राष्ट्रमा पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गर्न परिचय पत्र दिइन लागिएको हो ।

कमलादीमा गोली हान्नेसँग भेटियो भारतीय प्रहरीको परिचयपत्र

कमलादीबाट बुधबार राति हतियारसहित पक्राउ परेका दुई भारतीय नागरिकको सम्बन्धमा विशेष ब्युरोले अनुसन्धान शुरु गरेको छ।

मतदाता परिचयपत्र वितरण भोलि

निर्वाचन आयोगले प्रदेश नम्बर दुईका आठ जिल्लामा शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । ती जिल्लामा असोज दुईमा स्थानीय तहको निर्वाचन हुँदैछ । प्रदेश दुईका एक सय ३६ स्थानीय तहका मतदातालाई मतदाता परिचयपत्र बाँडिने आयोगले जनाएको छ ।

२६ लाख मतदातालाई परिचयपत्र वितरण गरिँदै

निर्वाचन आयोगले प्रदेश नम्बर दुईका आठ जिल्लामा शुक्रबारदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ। ती जिल्लामा असोज दुईमा स्थानीय तहको निर्वाचन हुँदैछ। प्रदेश दुईका एक सय ३६ स्थानीय तहका मतदातालाई मतदाता बिहीबारदेखि परिचयपत्र बाँडिने आयोगले जनाएको हो।

मुक्त कमलरीलाई परिचयपत्र

सरकारले मुक्त कमलरीलाई परिचयपत्र वितरण गर्न थालेको छ। भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले दाङका ८  कमलरीलाई परिचयपत्र बाँडेर अभियानको सुरुवात गरेका हुन्। घोराहीमा आयोजित परिचयपत्र वितरण शुभारम्भ कार्यक्रममा उनले चार महिनाभित्र करिब १३ हजार कमलरीलाई परिचयपत्र वितरण गरिसक्ने जानकारी दिए।

२५ जिल्लाका चार लाख गरिबलाई परिचयपत्र दिने निर्णय

सरकारले २५ जिल्लामा गरिब घरपरिवार परिचयपत्र वितरण गर्ने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले पहिचान भएर पनि लामो समयदेखि रोकिएको परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्