१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

परिचयपत्र पाउनबाट वास्तविक गरिब बञ्चित

बाजुरा - सरकारले वितरण गरिब परिचयपत्र  बाजुराका वास्तविक गरिबले पाउन सकेका छैनन् ।बाजुराको स्वामीकार्तिक गाउँपालिकामा वितरण गरिएको गरिब घरधुरी परिचयपत्र नामावलीमा वास्तविक गरिबले परिचयपत्र नपाएको स्थानीयले गुनासो गरेका छन् । गाउँपालिकामा रहेका गरिबले परिचयपत्र पाउनुपर्ने भए पनि पहुँचका आधारमा आर्थिक समृद्ध भएकाले पाएको ४ नं वडाध्यक्ष कासीराम थापाले बताए।

गाउँपालिकामा रहेका कुनै न कुनै रोजगारी भएका घर परिवारका रुपमा सूचीकृत भएको र पाउनै पर्ने दलित तथा वास्तविक गरिब घर परिवारको नाम छुटेको उनले बताए ।उत्तरी भेगमा रहेको स्वामीकार्तिक गाउँपालिकाका एक हजार ६४५ घर परिवारलाई गरिब घरधुरी परिचयपत्र वितरण गर्नुपर्ने भए पनि सोही गाउँपालिकाका–४ का पलला संज्याल, विशाख कठायत, सगुन्या नेपाली ५ नं वडाका विउरा विक, कर्णवीरे विकलगायतको गरिब परिचयपत्रमा नाम उल्लेख नभएको गाउँपालिका लेखा सहायक कर्णवीर बुढाले जानकारी दिए।

तत्कालीन जिल्ला विकास समितिले तथ्यांक संकलनमा जिल्लाका शिक्षक, कर्मचारी र रोजगार व्यवसायमा लागेको गरिब घरधुरीमा नाम संकलन तथ्यांक त्रुटिपूर्ण रहेको बुढाले बताए। सीमित व्यक्तिलाई सोधपुछ गरी तत्कालीन जिविसका कर्मचारीले तथ्यांक लिएको हुँदा वास्तविक गरिब छुट्न गएको बुढाको भनाइ रहेको छ ।

स्वामीकार्तिक ४ नं वडाबाट शुरु गरिएको गरिब परिचयपत्र वितरणमा हालसम्म १५० घरधुरीलाई परिचयपत्र वितरण गरिएको बताइएको छ। ७ नं प्रदेशको कैलालीको मोहन्याल गाउँपालिका र बाजुराको स्वामीकार्तिक गाउँपालिकाबाट गरिब परिचयपत्र वितरण थालिएको हो।
 

प्रकाशित: २० माघ २०७४ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App