९ मंसिर २०८१ आइतबार
image/svg+xml

गरिबी परिचयपत्र वितरण हुन नसक्दा बीमा कार्यक्रम प्रभावित

सरकारले मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ।

परिचयपत्र वितरण कार्यविधि अनुमोदन

काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ अनुमोदन गरेको छ।  कामपाको ३० औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो।

घट्दै राउटे जनसंख्या

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलोपटक २०७५ असार ३० गते स्थायी परिचयपत्र दियो। त्यतिबेला राउटेको जनसंख्या एक सय ४९ थियो। पुसको अन्त्यतिर उनीहरूलाई भत्ता वितरण गर्दा निकालिएको तथ्यांकका आधारमा एक सय ४५ जनालाई भत्ता वितरण गरियो।

थन्किए राष्ट्रिय परिचयपत्र

पाँचथरको सदरमुकाम फिदिमबाट गत मंसिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण प्रारम्भ गरियो। गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा निकै तामाझामका साथ परिचयपत्र वितरण सुरु गरिएको थियो। र, यसअघि जसरी विवरण संकलन गरिएको थियो त्यसरी नै परिचयपत्र (कार्ड) पनि वडावडामा पुगेर वितरण गर्ने भनिएको थियो।

सुदूरपश्चिमका दुई जिल्लामा परिचयपत्र वितरण गरिने

सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा चालू आवमा राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ। अछाम र कञ्चनपुरमा चालू आर्थिक वर्षभित्रै परिचयपत्र वितरण गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ। आउँदो माघबाट विवरण सङ्कलन गरिने र असारसम्म परिचयपत्र वितरण गरिसक्ने लक्ष्य लिइएको छ।

वृद्धवृद्धालाई निःशुल्क यातायात सेवा परिचयपत्र

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले निःशुल्क यातायात सेवाका लागि वृद्धवृद्धालाई परिचयपत्र वितरण सुरु गरेको छ।

पाँचथरबाट यसरी सुरु भयो राष्ट्रिय परिचयपत्र वितरण (फोटो फिचर)

नेपालमै पहिलो पल्ट पाँचथरबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। १ सय १ बर्षीय भगवती भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले पहिलो राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्दै वितरणकाे शुभारम्भ गरेका थिए।

राष्ट्रिय परिचयपत्र वितरण आजदेखि

मंसिरको घाम तापेर घरमै बसिरहेकी भगवतीदेवी भण्डारीले आफ्नो हातमा पहिलोपल्ट राष्ट्रिय परिचयपत्र पर्ने सुनेपछि गदगद भएको बताइन् । उनलाई राष्ट्रिय परिचयपत्र किन दिन लागिएको भन्ने त थाहा छैन तर फिदिममा ठूलो कार्यक्रममा आफूले पहिलोपल्ट परिचयपत्र पाउन लागेको सुनेकाले उनी उत्साहित भएकी छन्।

राष्ट्रिय परिचयपत्र वितरण मंसिर ३ देखि पाँचथरबाट सुरु गरिने

मुलुकमै पहिलो पल्ट मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्रको वितरण पाँचथरबाट सुरु हुन लागेको हो । राष्ट्रिय परिचयपत्र वितरणका लागि जिल्लामा संकलन भएका विवरणका आधारमा कार्ड छापिसकिएको छ।

मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य सुरु हुने भएको छ। नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो।

राष्ट्रिय परिचयपत्र छाप्न सुरु

सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ सुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको उद्घाटन गरेका हुन्।

कात्तिकभित्रै सवा लाखलाई राष्ट्रिय परिचयपत्र

सरकारले एक लाख १७ नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ। राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले पहिलो चरणमा पाँचथर जिल्लाका एक लाख १० हजार र सिंहदरबारभित्र कार्यरत सात हजार सरकारी कर्मचारीलाई आगामी कात्तिक महिनाभित्र परिचयपत्र वितरण गर्न लागेको हो।

५१ जिल्लामा गरिब पहिचान गर्न साढे तीन अर्ब माग

स्थानीय तहले गर्ने गरिब घरपरिवार परिचयपत्र वितरणलाई सहज बनाउन र एकरूपता कायम गर्न भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले थप ५१ जिल्लामा गरिब पहिचान कार्यक्रमका लागि ३ अर्ब ५० करोड रुपैयाँ अर्थ मन्त्रालयसँग माग गर्ने तयारी गरेको छ।

गरिब परिचयपत्र वितरणकाे छानविन गर्न माग

गरिब घरघुरी परिचय पत्रबारे छानविन गर्न काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । परिचय पत्र वितरणमा विभेद र अन्याय भएको भन्दै छानवीन हुनु पर्ने मागसहित नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएको हो ।

५१ जिल्लामा गरिब पहिचान गरिने

सरकारले गरिबीका कार्यक्रम एकीकृत रुपमा सञ्चालन गर्न ५१ जिल्लामा गरिब पहिचान गर्ने भएको छ । २६ जिल्लामा गरिब पहिचान गरेर धमाधम गरिब परिचयपत्र वितरण गरिरहेको सरकारले बाँकी जिल्लामा पनि पहिचान गर्न लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्