५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

राष्ट्रिय परिचयपत्र छाप्न सुरु

काठमाडौं- सरकारले राष्ट्रिय परिचयपत्र वितरणका लागि छपाइ सुरु गरेको छ । गृहसचिव प्रेम राईले आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र प्रशोधन केन्द्रमा छपाइको उद्घाटन गरेका हुन्।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका सूचना अधिकारी शिवराज जोशीका अनुसार पहिलो चरणमा वैयक्तिक र जैविक विवरण सङ्कलन गरिएका पाँचथरका २० हजार र सिंहदरबारका एक हजार कर्मचारीको परिचयपत्र छापिने छ। 

केन्द्रले पहिलो चरणमा पाँचथरका १ लाख १० हजार नागरिक र सिंहदरबारका सरकारी कार्यालयका ७ हजार कर्मचारीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजना छ। अहिले सबैको व्यक्तिगत र जैविक विवरण सङ्कलन नसकिएकाले २१ हजारको मात्र पहिलो चरणमा र पछि अन्यको छापिने उनले बताए। सबै परिचयपत्र छापेर यही महीनाको मसान्तदेखि पाँचथरमा परिचयपत्र वितरणसमेत गरिने उनले जानकारी दिए। 

परिचयपत्रमा व्यक्तिको वैयक्तिक र जैविक विवरण हुनेछ। वैयक्तिक विवरणमा नाम, ठेगाना, बुबाआमा र बाजेको नाम, जन्ममिति, धर्म, जात, पेशा र शैक्षिक योग्यता रहने छ भने जैविक विवरणमा फोटो, औँठाछाप र हस्ताक्षर हुने छ । परिचयपत्रमा एउटा कार्ड र यन्त्रले पढ्न सक्ने व्यक्तिको सबै विवरण भएको ‘विद्युतीय चिप्स’ राखिँदैछ।रासस

प्रकाशित: १५ कार्तिक २०७५ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App