१५ मंसिर २०८१ शनिबार
image/svg+xml

अहिलेसम्म कति जनाको कोरोना परीक्षण भयो ?

आइतबार यता गरिएका कोरोना भाइरस परीक्षणमा कुनैपनि व्यक्तिमा संक्रमण भेटिएको छैन्। आइतबार यता पाँच दिनमा कुल १ हजार ४ सय ५४ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ।

बढ्दै पारिवारिक अन्तरघुलन, घरमा काम सघाउदै युवा

कोरोना भाइरस (कोभिड–१९)को त्रास व्याप्त छ। लकडाउनका कारणले सहर, बजार ठप्प छन्। अध्ययन, व्यापार व्यवसाय तथा रोजगारीका लागि घर बाहिर बस्नेहरु यतिबेला घर आएका छन्। बन्दाबन्दी लम्बिदै जादा पारिवारीक अन्तरघुलन भने बढ्दै गएको देखिन्छ।

पहिलो पटक एक सय ९० जनाको स्वाब काठमाडौ पठाइयो

स्थानीय सरकारले बनाएका विभिन्न क्वारेन्टाइनमा रहेकाहरु एवं कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखा परेकाहरुको परीक्षणका लागि ‘थ्रोट स्वाब’ नमुना संकलन गरिएको छ। बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वाब संकलन गरिने उपकरण (भिटिएम)डडेल्धुरा ल्याईएपछि स्वाब संकलन गरि परीक्षणका लागि धनगढी हुँदै काठमाडौ पठाइएको हो।

गण्डकी प्रदेशमा कति छन् आईसीयू र भेन्टिलेटर ?

गण्डकी प्रदेशभित्र निजी र सरकारी लगानीमा ठूला आकारका अस्पताल संचालनमा रहेपनि जटिल अवस्थामा पुगेका कुनैपनि बिरामीलाई थप उपचारका लागि चाहिने आईसीयू र भेन्टिलेटरको संख्या भने अभाव रहेको छ। केहीगरि कोरोना संक्रमण बढ्दै गएर धेरै संख्यामा बिरामी जटिल अवस्थामा पुगेको खण्डमा ती बिरामीलाई उपचार गराउन आईसीयू र भेन्टिलेटर अपुग हुने देखिएको छ।

राहत कोष स्थापना गर्दै बैतडीका स्थानीय तह

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि बैतडीका स्थानीय तह राहत कोष स्थापना गर्न थालेका छन्। कोरोना भाइरसको महामारी रोक्नका लागि राहत कोष स्थापना गरिएको स्थानीय तहहरुले जनाएका छन्।

भारतबाट आएका युवाको स्वाब परीक्षणका लागि पोखरा पठाइयो

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको आशंकामा बेनी नगरपालिकाका एक युवाको स्वाब परीक्षणको लागि बिहीबार पोखरा पठाइएको छ।

आइसोलेसनबाट भागेका एकको स्वाब परीक्षणमा पठाइयो

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा राखिएको अवस्थामा भागेपछि खोटाङमा फेला परेका एक पुरुषको स्वाब परीक्षणमा पठाइएको छ। कटारी आइसोलेसनमा राखिएको अवस्थामा गत चैत १४ गते भागेपछि हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका नेपाली थरका ३९ वर्षीय पुरुषको स्वाब परीक्षणका लागि पठाइएको हो।

मिस इङल्याण्डको ताज निकाल्दै कोरोना विरामीको उपचारमा फर्किइन मुखर्जी

कोरोना भाइरसको संक्रमण बढेपछि मिस इङल्याण्ड आफ्नो पुरानो पेशामा फर्किएकी छन्। भारतीय मुलकी भाषा मुखर्जीले आफ्नो क्राउन निकाल्दै विरामीको उपचारको लागि अस्पताल जाने निर्णय गरेकी हुन्। उनी चिकित्सक हुन्।

कोरोना भाइरसका कारण विश्वभर ८८ हजारको मृत्य, १५ लाख बढी संक्रमित

कोरोना महामारीले विश्वलाई हल्लाएको छ। विश्वमा कोरोना नियन्त्रणका लागि आआफ्ना प्रयास जारी छन्। अहिलेसम्म यस भाइरसका कारण ८८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभर १५ लाखभन्दा बढी संक्रमित छन्।

कोरोनाका कारण बेलायतमा थप एक नेपालीको निधन

कोरोना भाइरसका कारण बेलायतका अर्का पूर्वगोरखा सैनिकको निधन भएको छ। तमुधिं लन्डन इकाईका पूर्वअध्यक्ष दिपक (डेविड) गुरुङका अनुसार ५९ वर्षिय भूपू गोरखा चेत प्रसाद गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो।

कार्टुनः प्रक्रिया छलेर नियमपूर्वक !

काठमाडौं- कोरोना उपचारको लागि सरकारले खरिद गरेका स्वास्थ्य सामाग्रीको विषय विवादित बन्यो। यो विषय विवादित बनेपछि ओम्नी समूहसँगको सम्झौता सरकारले रद्ध गर्यो। स्वास्थ्य सामाग्री खरिदबारे प्रधानमन्त्री केपी शर्मा ओलीको समेत भनाई बाहिरिएको छ। रविन सायमिले यसै विषयमा आजको नागरिकमा कार्टुन बनाएका छन्।

बिना जानकारी बिदामा बस्ने ५ डाक्टरलाई कारबाही

कोरोना संक्रमण रोकथाममा खटीनु पर्ने बेला डिउटीमै नजाने पाँच जना डाक्टरलाई प्रदेश सरकारले कारबाही गरेको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँच जना डाक्टरलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले बर्खास्त गरेको हो।

कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

कोरोनाको संक्रमणबाट न्युयोर्कमा आज एक जना नेपालीको मृत्यु भएको छ। ङिमा तेम्बा शेर्पाको निधन भएको हो।

कोरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि परिवारले बुझे

बुटवलको कोरोना विशेष अस्थाइ अस्पतालमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको शव ११ दिन पछि परिवारले बुझेका छन। चौतर्फी दवाव पछि पाल्पाली समाज,संविधानसभा सदस्य तथा मानवअधिकारकर्मीको पहलमा सामाजिक विकास मन्त्रालयमा आज भएको सर्वपक्षिय बार्ताले पाँच बुँदे सहमती गरेर शव उठाउने बातावरण बनाएको हो।

‘लकडाउन’मा खटिएका प्रहरीलाई यातायात व्यवसायीको सहयोग

खोटाङ यातायात प्रालि खोटाङले ‘लकडाउन’का क्रममा ड्युटीमा खटिएका प्रहरीलाई फास्टफुड तथा सरसफाईका सामग्री प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि खटिएका प्रहरीलाई प्रालिले ३५ हजार बराबरको पानी, बिस्कुट, चाउचाउ, जुस, सावुन, स्यानिटाइजर लगायतका सामग्री प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्