२६ आश्विन २०८१ शनिबार
image/svg+xml

चेपाङ समुदाय सामूहिक छोनाम (न्वागी) मनाउँदै

यस वर्ष चेपाङ समुदायले सामूहिक रूपमा छोनाम (न्वागी) पर्व मनाउने भएका छन्। शुक्रबार सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ संघ वाग्मती प्रदेश सचिव तथा इच्छाकामना गाउँपालिका-६ का वडाध्यक्ष लक्ष्मण चेपाङले बताए।

सुदूर पश्चिममा आज गौरा मनाइँदै

सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ। यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ।

मादलको मोहनीमा लट्ठिएका रनजित गजमेर

जसरी रञ्जित गजमेरको सङ्गीत खोलाको पानीजस्तै सलल बग्छ, त्यसरी नै सलल बग्ने भाषामा ‘मोहनी मादलको’ नामक संस्मरणात्मक कृति तयार पारिएको छ। नेपाली सुगम सङ्गीतका बारेमा अभिरुचि राख्ने जोकोही पाठकको लागि यो कृति निकै उपयोगी सामग्री हो।

जोडिएको घरआँगन तर फाटेको दिल छ शहरमा

सक्नेलाई मैदान नसक्नेलाई डिलैडिल छ शहरमा,जोडिएको घरआँगन तर फाटेको दिल छ शहरमा। सारा सम्बन्धहरू स्वार्थको भुमरीमा मडारिरहन्छन्,कसैलाई ऐसआराम कसैलाई मुस्किल छ शहरमा।

एकदिने रञ्जना लिपि गोष्ठी सकियो

शितला माविले एकदिने रञ्जना लिपि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। विद्यालयले कक्षा ७ र ८ का विद्यार्थीका लागि केन्द्रित गरेर नेपाल लिपि गुठीको विशेष सहयोगमा गोष्ठी आयोजना गरेको हो।

कथाकार सापकोटाको ‘अनावरण’ बजारमा

उपन्यास, कथा, निबन्ध र कविता विधामा सक्रिय विजय सापकोटाको कथासंग्रह ‘अनावरण’को दोस्रो संस्करण बजारमा आएको छ।

मातृभाषा सिक्दै सुनुवार समुदायका युवा

उदयपुरको कटारी नगरपालिका–४ का मुना सुनुवार पेसाले शिक्षिका हुन्। स्नातकोत्तर अध्ययनरत उनी चार महिनादेखि सुनुवार भाषा सिकिरहेका छन् ।

दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ।

लाखेनाच संरक्षण गर्न प्रतियोगिता

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लाखेनाच संरक्षणका लागि जिल्लामा पहिलोपटक लाखेनाच प्रतियोगिता सम्पन्न भएको छ।

कवि राजेन्द्र श्रेष्ठको ‘आइ पो हाल्छ कि!’ लोकार्पण

चन्द्रागिर साहित्य समाजले कवि राजेन्द्र श्रेष्ठको पहिलो कवितासंग्रह ‘आइ पो हाल्छ कि!’ को लोकार्पण गरेको छ।

पुस्तकालय दिवस: वक्तृत्वकलामा पाण्डे प्रथम

सोह्रौं पुस्तकालय दिवसका अवसरमा स्याङ्जाको कालीगण्डकीमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा राधा पाण्डे प्रथम भएकी छन्।

व्यक्तित्व

ठिक भन्नुभो विवेकजी-हाम्रा पूर्वजले मान्छेको लवाइ, खवाइ, हिंडाइ, बोलाइले नै उसको व्यक्तित्व बताइरहेको हुन्छ अन्त खोज्नु पर्दैन, त्यसै भनेका होइन रहेछन् हगि?

टीकाराम रेग्मीको ‘उज्यालोतिर’ माथि सूक्ष्म आलोकन

यो कृतिका बारेमा पाठक्यौली लेखिरहँदा म अनेकन सुरुङभित्रबाट गुज्रँदै छु। सीमाबाट घेरिएको छु। किनभने कृतिकार टीकाराम रेग्मी पढाइले, कर्मले, चिन्तनले, साधनाले शिक्षक हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्