२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

एकदिने रञ्जना लिपि गोष्ठी सकियो

शितला माविले एकदिने रञ्जना लिपि कार्यशाला गोष्ठी सम्पन्न गरेको छ। विद्यालयले कक्षा ७ र ८ का  विद्यार्थीका लागि केन्द्रित गरेर नेपाल लिपि गुठीको विशेष सहयोगमा  गोष्ठी आयोजना गरेको हो। काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा पठनपाठन हुने स्थानीय विषय ‘यें देय् म्हसीके’ को पाठ्यक्रममा रञ्जना लिपि समावेश गरिएको छ।

विद्यार्थीलाई रञ्जना लिपिसम्बन्धी ज्ञान दिन नेपाल लिपि गुठीबाट अनिल स्थापित, प्रमिला ताम्राकार, विक्की बज्राचार्य, अष्टमान महर्जन, कमलतारा तुलाधर, जयेन्द्र राजभण्डारी, सुवर्ण मानन्धर, प्रकाश प्रधान, रिना शाक्य र विश्वतम् श्रेष्ठलगायतको उपस्थिति थियो।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठले एकदिने गोष्ठीमा सहभागी विद्यार्थीले रञ्जना लिपि सिक्न र आफ्नो नाम लेख्न सकेकोमा खुसी व्यक्त गरे।

विद्यालयका उपप्रधानाध्यापक ईश्वरी पोखरेलले कक्षा ७ र ८ का विद्यार्थीलाई लिपिसम्बन्धी ज्ञान प्रदान गर्न गोष्ठी आयोजना गरिएको बताए। नेपालले २०१२ सालमा रञ्जना लिपिलाई आफ्नो राष्ट्र भाषाका रूपमा संयुक्त राष्ट्रसंघमा दर्ता गरेको थियो।

प्रकाशित: २० भाद्र २०८० ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App