१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

टीकाराम रेग्मीको ‘उज्यालोतिर’ माथि सूक्ष्म आलोकन

पाठक्यौली

टीकाराम रेग्मीमेरा थोरबहुत समवयी हुन्। बालसखा, सहपाठी, सहकर्मी तथा समभूगोलका लगौँटिया यार होइनन्। अन्तर्य साथी पनि होइनन्। तथापि वर्तमानमा उभिएर हेर्छु, उनी मेरा अभिन्न तथा हितैषी मित्र हुन्। हामी दुईलाई यसरी मित्रताको कसीमा बाँध्ने साहित्य हो। त्यसमाथि पनि आख्यान हो। लघुकथा हो। शिक्षकीय स्वभाव हो। याने दत्तशील र चिन्तनशील शिक्षक हुन् टीकाराम रेग्मी। साहित्यकै लर्कासर्कामा भेटियौँ र आफन्तियौँ हामी। यो जीवनको एउटा महत्त्वपूर्ण सुसंयोग हो। यस्ता सुसंयोगहरूले जीवनलाई आनन्दित बनाइरहन्छन्।

महिनौ भएको थियो, मित्र टीकाराम रेग्मीले आफ्नै हातले मलाई ‘उज्यालाेतिर’ उपन्यास हृदयका अन्तरकुन्तरबाट झिकी कोसेली दिनुभएथ्यो। तर मेरो आफ्नै अलमस्तता, आलस्य तथा अलमलाइले गर्दा कोसेली फुकाउन नै विलम्ब हुन पुगेको यथार्थ म छिपाउँदिनँ। अहिले पुस्तकको तुना फुकाएको छु। पाना फिँजिएका छन्। दिमागभित्र विद्यार्थीका छायाचित्र सलबलाएको आवरण छ कृतिको। याने शिक्षक अथवा उपन्यासकारका दिमागमा विद्यार्थी नै विद्यार्थी छन्। आवरणको पछाडिपट्टि शिक्षा विज्ञानका नामुद प्राडा विद्यानाथ कोइराला, प्राडा मनप्रसाद वाग्ले, शिक्षाविद् रमाकान्त सापकोटा र जितबहादुर शाहको कृतिउन्मुख छोटा भनाइहरू टाँसिएका छन्। तिनले कृतिको अन्तर्यको सूक्ष्मातिसूक्ष्म तरीकाले कैरन ल्याएका छन्। सुनवर्षी बुक हाउसले प्रकाशन वर्ष नहाली प्रकाशन गरेको यो ‘उज्यालोतिर’ लाई आख्यान भनिएको छ। उपन्यास भनिएको छ।

यो कृतिका बारेमा पाठक्यौली लेखिरहँदा म अनेकन सुरुङभित्रबाट गुज्रँदै छु। सीमाबाट घेरिएको छु। किनभने कृतिकार टीकाराम रेग्मी पढाइले, कर्मले, चिन्तनले, साधनाले शिक्षक हुन्। अझ मात्र शिक्षक हुन्। अझ अङ्ग्रेजीका शिक्षक हुन्।

भन्नुको तात्पर्य अर्को भाषा पढाउने शिक्षक हुन्। याने शिक्षकको सैद्धान्तिक प्रायोगिक तथा चेतीय धरातल छामेका शिक्षक हुन्। त्यसैले पनि कृतिमाथि लेख्दा कृतकारको दीर्घज्ञानले वशीभूत बनाउँछ।

अर्कोतिर कृतिबारे नेपाली शिक्षा शास्त्र जगत्का शिखर स्तम्भ प्राडा विद्यानाथ कोइराला, प्राडा मनप्रसाद वाग्ले लगायतले कृतिगर्भ उधिनेर भूमिका पनि लेखिसकेको हुनाले मेरो पाठक्यौली प्रयत्न काँचो तथा कट्मेरो देखिने प्रष्ट छ। त्यसमाथि पनि मानक नेपाली भाषाका अब्बल अभियन्ता मेरा मित्र शरच्चन्द्र वस्तीको सम्पादनले कृति झन् सुनमाथि सुगन्ध भएको छ।

यति धेरै आभूषणले सिंगारिएको कृतिलाई म बन्द तथा मुढ आँखाले छाम्दै छु। तथापि यति धेरै सीमाका बिचमा पनि म पाठकीय धर्ममा छु। पाठकको सार्वभौम अधिकारको वैशिष्टयलाई प्रयोग गर्दै कृतिका प्रति निजी धारणा राख्ने दुःस्साहस पनि सँगै गर्दै छु। कम्प्युटरका की बोर्डमा हलो नार्दै पनि छु। ३९५ गह्राको मेलो छ। हतारहतार अनौ समाएको छु। थालेको छु र सक्नु पनि छ।

यो कृतिका बारेमा पाठक्यौली लेखिरहँदा म अनेकन सुरुङभित्रबाट गुज्रँदै छु। सीमाबाट घेरिएको छु। किनभने कृतिकार टीकाराम रेग्मी पढाइले, कर्मले, चिन्तनले, साधनाले शिक्षक हुन्। अझ मात्र शिक्षक हुन्। अझ अङ्ग्रेजीका शिक्षक हुन्।

कृति विधागत हिसाबमा उपन्यास हो। तथापि कृतिको भूमिकामा उपन्यास ‘उज्यालोतिर’ को कथ्यप्रयोजन प्रष्ट पारिएको छ। शिक्षण पेसालाई सकारात्मक तरीकाले सोच्नु कृतिको कथ्यप्रयोजन हो। कृतिको प्रयोजनले अनेक शैक्षिक सिद्धान्तमाथि चिन्तन, मनन् तथा दर्शनको प्रयोग गरेको छ। विदेशीका किताब हेरेर नेपाली कक्षामा शिक्षण गर्ने कि आफ्नै माटाको शिक्षण कलाको विकास गर्ने?शिक्षण जागिर हो कि पेसा? शिक्षण सेवा हो या पाठ्यपुस्तक? शिक्षण त्याग हो कि गुजारो? जस्ता प्रश्न उठाउनु कृतिको प्रयोजन देखिन्छ। अझ सूत्रात्मक तरीकाले भन्ने हो भने कृति एउटा वास्तविक शिक्षकको कक्षा कोठाको डायरी हो। अनुभव हो। अनुभूति हो। र, नियति पनि हो। कक्षा कोठाभित्रको दार्शनिक, सैद्धान्तिक, प्रायोगिक अन्तर्य आख्यानात्मक तरीकाले व्यक्त्याउनु कृतिको प्रयोजन हो।

कृति उपन्यास भएकाले द्वन्द्व, द्वन्द्वका लागि कथानक, कथानक प्रस्तुतिका लागि पात्र, बनाबटको साँचो तथा कृतिकारको आफ्नै वैचारिक केन्द्रियता हुनु अपरिहार्य हुन्छ। त्यसभित्र कल्पनाशीलताको कम्पन, आख्यानको आकारीकरण तथा विचारभित्रको व्यैयक्तिकता खोजिनु वान्छनीय छ।

द्वन्द्वका आधारमा हेर्दा परम्परागत शिक्षण प्रणाली तथा आधुनिक शिक्षण प्रणालीका विचमा प्रधान द्वन्द्व विनिर्माण गरेर कथानकको निर्माण भएको छ। यो द्वन्द्वमा आधुनिक मनोवैज्ञानिक शिक्षण विचारलाई स्थापित गर्नु उपन्यासकारको अभिध्येय रहेको छ। गौण द्वन्द्वमा जीवनका प्रेमको महत्त्व तथा पीडा पनि छ। शिक्षण पेसा लिने र नलिनेका बिचमा द्वन्द्व छ। कथानकका हिसाबमा हेर्ने हो भने उपन्यासको मूल नायिका सरिताको जीवनको गोलचक्करमा कथानक घुमेको छ। नायिका सरिताको प्रेमी खलनायकको रूपमा चित्रित छ। अन्य सहायक पात्रहरू व्यवस्था पनि कथानकको आवश्यकताअनुरूप गरिएको छ। पात्रका हिसाबले बोझिलो छैन उपन्यास। उपन्यासको केन्द्रीय विचार भनेको शिक्षा/शिक्षणलाई वैज्ञानिक तरीकाले अवलम्बन गर्न सुझाउनु हो। उपन्यास संयोगान्त छ। समापनले सुन्दर र यथार्थ जीवनको कल्ना गरेको छ।

कृति उपन्यास भएकाले द्वन्द्व, द्वन्द्वका लागि कथानक, कथानक प्रस्तुतिका लागि पात्र, बनाबटको साँचो तथा कृतिकारको आफ्नै वैचारिक केन्द्रियता हुनु अपरिहार्य हुन्छ। त्यसभित्र कल्पनाशीलताको कम्पन, आख्यानको आकारीकरण तथा विचारभित्रको व्यैयक्तिकता खोजिनु वान्छनीय छ।

समग्रमा कृति सरिता नामक पात्रका धुरीमा घुमेको छ। सरिताले अवलम्बन गरेको आदर्शमा घुमेको छ। उपन्यासकारले नायिका सरिताको माध्यमबाट शिक्षाका आधुनिकतम् सूत्रहरू प्रक्षेपण गरेका छन्। पास गर्न सजिलो ठानेर शिक्षाशास्त्र अध्ययन गर्ने सरिता लगायत अन्य विद्यार्थीको कोरा कल्पना, हँसीमजाकका वार्तालापबाट उपन्यास सुरु भएको छ।

शिक्षण पेसा मन नपर्नै भए पनि सरिता जागिर खानुपर्ने बाध्यता भएर सजिलोका लागि शिक्षक बनेको र शिक्षक बनेपछि त्यसका अन्त्र्यभित्र प्रवेश गरेर शिक्षाका अति आधुनिक सूत्र तथा सिद्धान्तका आधारमा अध्यापन गराउँदा असल शिक्षक बनेको केन्द्रमा कथावस्तु घुमेको छ।

सरिताको प्रेमी प्रयास नामक पात्र छ, दुवै सँगै बाँच्ने सँगै मर्ने प्रेमीका रूपमा छन्। तर, प्रयासले नजिकै डेरा लिएर बस्ने। तुरुन्त बिहे नगर्ने प्रस्ताव राखेपछि सरिता ऊबाट टाढा हुँदै गएकी र अन्त्यमा सरिताले ईश्वर नामक शिक्षकसँग बिहे गरेकी तथा प्रयासले खलपात्रको भूमिका निर्वाह गर्दै आत्महत्या गरेको कथानक छ।

कथाका बिचबिचमा रोमाञ्चक बनाउन केही प्रेम प्रसङ्ग, केही वर्तमान स्वतन्त्रताको विश्व पनि देखाइएको छ। तर कथावस्तुको मूल चुरो भनेको कक्षाकोठाको क्रियाकलाप हो। कथाकोठाकै मनोविज्ञान हो।

कृतिमा शिक्षाशास्त्रका मूलमन्त्रहरू समावेश भएको छ। याने यो शैक्षिक उत्थानको मनोविज्ञानमा लेखिएको उपन्यास हो। कृति अनेकन तरीकाले विशेष छ। प्रमुख विशेषता भनेको त कृतिले शिक्षण तथा सिकाइका वैज्ञानिक तथा व्यवहारिक सूत्रहरू प्रदर्शन गर्नु रहेको छ। अथ्र्याउनु रहेको छ। नेपालको शिक्षा प्रणाली तथा सिकाइका चरण तथा व्यवस्थाहरूलाई जरैमा पुगेर समातिएको छ। उपन्यासकारको यो एउटा धर्म पनि हो र सामाजिक दायित्व पनि हो।

‘भोकका अघि छनौटको प्रतीक्षा सम्भव रहेनछ’ भन्दै बाध्य भएर शिक्षक बन्न पुगेकी मूल पात्र सरिताले स्वअध्ययन, स्वचेष्टा तथा स्वप्रयत्नद्वारा कुशल शिक्षक मात्र बनेको होइन; समग्र विद्यालयमा परम्परादेखि चलेर आएको शिक्षण प्रणालीलाई आधुनिक र व्यावहारिक विद्यार्थी जागरूक हुने प्रणालीमा प्रतिस्थापन गरेको दृश्य उपन्यासको विशेषता हो। पुरानो शिक्षण प्रणालीको जरो हल्लाएर नयाँ रोप्नु यो कृतिको सुन्दर विशेषता हो।

सरिताको प्रेमी प्रयास नामक पात्र छ, दुवै सँगै बाँच्ने सँगै मर्ने प्रेमीका रूपमा छन्। तर, प्रयासले नजिकै डेरा लिएर बस्ने। तुरुन्त बिहे नगर्ने प्रस्ताव राखेपछि सरिता ऊबाट टाढा हुँदै गएकी र अन्त्यमा सरिताले ईश्वर नामक शिक्षकसँग बिहे गरेकी तथा प्रयासले खलपात्रको भूमिका निर्वाह गर्दै आत्महत्या गरेको कथानक छ।

वास्तवमा सिकाइ र प्रमाणपत्र अलग कुरा हुन भन्ने कुरा बुझ्नु बुझाउनु कृतिको अभिध्येय हो। त्यसैले कृतिभित्र शिक्षाका सूत्रहरू प्रदान गरिएको छ। पढ्दा विद्यार्थी रमाउने वातावरण, विद्यार्थीलाई सम्मान गर्ने विधि, विद्यार्थीको सहभागितामूलक विधि लगायत शिक्षकको स्वमूल्याङ्कन विधि यत्रतत्र छन्।

शिक्षणमा बालमनोविज्ञानको आवश्यकता औंल्याएको हुनाले खेलाउँदै सिकाउने शैलीको उपादेयता प्रष्ट पारिएको छ। शिक्षक सभ्यताको निर्माता र रक्षक हो भन्ने आशय व्यक्त गरेर कृतिले पढाउने र सिकाउने दुई अलग कुरा हुन् भनी प्रष्ट पारेको छ।

कृतिमा शैक्षिक प्रचलनमाथि अनेकन प्रश्न उठाइएको छ। परम्परागत सिकाइका मापदण्ड र तिनको लौरोका सहाराले डर देखाएर पढाउने पद्दतिमाथि प्रश्न छन्। विद्यार्थीको सिर्जनशीलता फुलाउने कि कुल्चने? विद्यार्थीलाई रित्तो भाँडो तथा विवेकहीन वस्तु किन मान्ने? जति सक्यो उति ज्ञान किन कोच्ने? पढाइका नाममा विद्यार्थीलाई किन यन्त्र बनाउने? यी अत्यन्त सशक्त प्रश्नहरू हुन् शिक्षण जगतका।

वास्तवमा सिकाइ र प्रमाणपत्र अलग कुरा हुन भन्ने कुरा बुझ्नु बुझाउनु कृतिको अभिध्येय हो। त्यसैले कृतिभित्र शिक्षाका सूत्रहरू प्रदान गरिएको छ। पढ्दा विद्यार्थी रमाउने वातावरण, विद्यार्थीलाई सम्मान गर्ने विधि, विद्यार्थीको सहभागितामूलक विधि लगायत शिक्षकको स्वमूल्याङ्कन विधि यत्रतत्र छन्।

यसो भएकाले उपन्यासभित्र शिक्षणको सम्वादात्मक विधि अथवा विद्यार्थीलाई सहभागी गराउने विधि, सिकाइको चित्रात्मक विधि, अनौपचारिक सिकाइ विधि, सरलताबाट जटिलतातिर जाने विधि तथा विश्व प्रसिद्ध आगमन र निगमन विधिबारे चर्चा छ।

असल शिक्षक हुन आफ्ना विद्यार्थीलाई पढ्न बिर्सनु हुन्न भन्ने सन्देश छ। विद्यार्थीको पारिवारिक अवस्थाले पनि सिकाइमा असर पर्ने यथार्थमाथि प्रकाश पारिएको छ। आर्ट अफ टिचिङबारे वृहत् तरीकाले चित्रण गरिएको छ। शैक्षिक सामग्रीको चयन, निर्माण तथा प्रयोग गर्दै लर्निङ बाइ प्लेइङ सिद्धान्तलाई व्यापकता दिइएको छ।

बाल मनोविज्ञान, मायालु व्यवहार, आवश्यकताको पहिचान र रमाएर सिक्ने वातावरण शिक्षण विधिको मूल कडी हो भन्ने कुरा स्थापित गरिएको छ। विद्यार्थीको शरीर, मन र श्रव्यदृश्य इन्द्रियहरूलाई एकैपल्ट सक्रिय पार्न सक्ने शिक्षण प्रणालीको खोज गरिएको छ। कक्षाकोठा नै पुस्तक भन्ने मान्यता छ। वर्तमान युगमा शिक्षण क्रियाकलापमा पुस्तकालय, इ पुस्तकालयको महत्व दर्शाउँदै मल्टिमेडियाको भूमिका केलाइएको छ।

कृतिमा शिक्षाका सिद्धान्तको बाहुल्य भए पनि आखिर फेरि कृति आख्यान हो। आख्यानीकरण गर्दा चाहिने कथानक, जीवन, प्रेम, पीडा र परिवेशको चित्रण भएको छ। कतैकतै शृङ्गारिक कुरा पनि अभिव्यक्त गरेर कृतिलाई चहक प्रदान गरिएको छ। शिक्षाशास्त्रीय दर्शनका चेपमा घरीघरी बादलभित्र झुल्कने सूर्यजस्तै जीवनका अन्य पाटा पनि झुल्किन्छन्। जसमा प्रेम, पीडा, व्यवहार, परिवार, उत्तेजना, मनोविज्ञान, त्याग, तपस्या, प्रायश्चित्त आदि आउँछन्।

उपन्यासको कार्यपीठिका मूल रूपमा घोराही रहेको छ। सहायक कार्यपीठिका काठमाडौं पनि रहेको छ। कार्यपीठिका घोराही भए पनि यो आञ्चलिक उपन्यास होइन। यो उपन्यासले उठाएको विषयवस्तुभित्र समग्र नेपालको शैक्षिक विसङ्गति अटाएको छ। अझ शास्त्रीय हिसाबमा भन्ने हो भने यो कृतिले उठाएको विषय अन्तर्राष्ट्रिय हो।

कुनै पनि कृति मानकको जेनिथ हुने कुरा होइन। संसारमा प्राप्त ज्ञानको केही दशमलवमा आउने ज्ञान आर्जन गर्न पनि मान्छेलाई हम्मेहम्मे पर्छ। त्यसैले हामी बाँचेको संसार ज्ञानका हिसाबमा लिलिपुटियन छ। तथापि त्यही लिलिपुटियन ज्ञानबाट पूर्णता खोज्नु छ। अपूर्णताभित्र पूर्णताको खोजी ज्ञान हो। प्रस्तुत कृति शैक्षिक विषयसँग सम्बन्धित भएर शिक्षण सिकाइको ज्ञानको पोको फुकाउने अभिप्रायका साथ आएको छ। यद्यपि यसको प्रयोजन शुभलक्षणमा छ, शुभका लागि सुधार लेखकको सुविचार हो। तथापि केही न केही कृति सुधारका गुन्जाइस भने रहिरहने कुरा शाश्वत हो।

बाल मनोविज्ञान, मायालु व्यवहार, आवश्यकताको पहिचान र रमाएर सिक्ने वातावरण शिक्षण विधिको मूल कडी हो भन्ने कुरा स्थापित गरिएको छ। विद्यार्थीको शरीर, मन र श्रव्यदृश्य इन्द्रियहरूलाई एकैपल्ट सक्रिय पार्न सक्ने शिक्षण प्रणालीको खोज गरिएको छ।

सर्वप्रथम त यो कृतिमा नेपाली भाषाको हिज्जे प्रणालीले अन्य पुस्तकमा जस्तै दुःख दिएकै छ। उदाहरणका लागि ‘गुरू’ र ‘अरु’ (पृ.१०) लाई लिन सकिन्छ। यसो किन भनिएको हो भने कुशल शिक्षक टीकाराम रेग्मीको औपचारिक लेखाइ तथा कुशल नेपाली भाषाको मानक ज्ञाता शरच्चन्द्र वस्तीको भाषा सम्पादन रहेको कृतिमा पनि हिज्जे प्रणालीमा अशुद्धि आयो/भने अन्य सामान्य तहका पुस्तकमा शुद्धाशुद्धि खोजिनु नै व्यर्थ हुन जान्छ।

हाकाहाकी भनिएको छ, कृति आदर्शवादी हो। वास्तवमा यो कृति शिक्षकको आदर्शको ध्रुवमा घुमेको छ। शिक्षक हुनु भनेको जीवनका अन्य रहरहरूको त्याग हो भन्ने सन्देश छ। मलाई लाग्छ कि संसारका हरेक पेसाले पेसागत त्याग खोज्छन्। पेसागत शिल्प खोज्छन्। शिक्षक बन्नु छ भने शिक्षकका शिल्पका लागि त्याग गर्नु अनौठो र अकल्पनीय भने होइन। बरु आवश्यक हो। अपरिहार्य हो। त्यसैले शिक्षक बन्नु  जीवनको त्याग होइन। अर्कातिर कुनै पनि आदर्शवादले जीवन चल्दैन। आदर्शवाद सुन्दा ज्यादै आनन्द लाग्ने सूत्र हो। तर यथार्थ आदर्शभन्दा धेरै पर हुन्छ। शिक्षण पेसालाई त्यागको दृष्टिबाट हेर्नु/हेराउनु वैज्ञानिक कुरा होइन। तर कृति शिक्षकले त्याग गर्नुपर्ने विषयमा केन्द्रित छ।

सर्वप्रथम त यो कृतिमा नेपाली भाषाको हिज्जे प्रणालीले अन्य पुस्तकमा जस्तै दुःख दिएकै छ। उदाहरणका लागि ‘गुरू’ र ‘अरु’ (पृ.१०) लाई लिन सकिन्छ। यसो किन भनिएको हो भने कुशल शिक्षक टीकाराम रेग्मीको औपचारिक लेखाइ तथा कुशल नेपाली भाषाको मानक ज्ञाता शरच्चन्द्र वस्तीको भाषा सम्पादन रहेको कृतिमा पनि हिज्जे प्रणालीमा अशुद्धि आयो/भने अन्य सामान्य तहका पुस्तकमा शुद्धाशुद्धि खोजिनु नै व्यर्थ हुन जान्छ।

अर्को जाहेर कुरा के छ भने कृतिको प्रयोजन आख्यानको सुन्दरता होइन। शिक्षण सिकाइका अन्तर्य बुझाउनु हो। यसो भएकाले पुस्तकभित्र कथात्मकता जब्बर छैन। आख्यानात्मकता कृत्रिम छ। खलनायकको रूपमा उभ्याइएको प्रयास पात्र गुणात्मक रूपमा खलपात्र हुन सकेको छैन। किनभने प्रयास उपन्यासकी प्रधान नायिका सरितासँग प्रेम गर्छ। प्रेममै पागल भएको छ र आत्महत्या गरेको छ। ओल्लो घर पल्लो घरमा बसौं भन्दा उसको यौनिक नियत त प्रष्ट हुन्छ तर अपराध नियत देखिंदैन। अर्कातर्फ नायिका सरिताले स्कुलकै शिक्षक ईश्वरसँग विवाह गरेको देखिन्छ। उपन्यासकी अर्की अलमस्त पात्र प्रभा पनि जीवनमा धोखा खाएर प्रायश्चित्तस्वरूप अवैतनिक शिक्षक बन्न आएको कुरा पनि आश्चर्यलाग्दो छ। आदर्शवादोन्मुख छ।

यथार्थवादी धारले हेर्ने हो भने यो संसार नै ग्लोबलाइजेसनको एउटा सानो प्राविधिक गाउँमा रूपान्तरण भइरहेको छ। भएको छ। त्यसैले विदेशीका किताब हेरेर नेपाली कक्षामा शिक्षण गर्ने कि आफ्नै माटोको शिक्षण कलाको विकास गर्ने भन्ने प्रश्न नै आदर्शवादी मात्र देखिन्छ। विदेशीका पुस्तकमा भएका ज्ञानको प्रयोग देशीय शिक्षणमा प्रयोग गरिनु श्रेयस्कर हुन सक्छ।

शिक्षण जागिर हो कि पेसा भन्ने प्रश्नमा शिक्षण जागिर पनि हो, पेसा पनि हो। शिक्षणबाट आएको पारिश्रमिकले घर धान्छ। पारिश्रमिककै लागि मान्छे शिक्षक बन्छ। त्यसैले जागिर हो। तर अन्य पेसाले जस्तै शिक्षणले पनि विशिष्ट सीप खोज्छ। विशेषज्ञता खोज्छ। वर्तमान परिवेशमा बिनाविशेषज्ञता शिक्षक हुन सकिन्न। त्यसो भएकाले शिक्षक हुनु भनेको विशुद्ध पेसा पनि हो।

अब हलोको आखिरी सियोमा छु। कम्प्युटरका की बोर्डबाट गोरु फुकाउने बेला भएको छ। यो बेलामा म एकदम सोचमग्न छु। यो कृतिमा उपन्यासकार टीकाराम रेग्मीको अथक मेहनत देखिन्छ। चानचुने मेहनतले यस्तो गाम्भीर्य विषयको गजधम्मे पुस्तक त्यो पनि आख्यानका रूपमा निस्कन गाह्रो हुन्छ। त्यसो त उपन्यासकार टीकाराम रेग्मी आफैं अङ्ग्रेजी भाषा अध्यापन गराउने शिक्षक हुन्। उनका कक्षाकोठाका असंख्य परिवेश नौनी घ्यू भएर कृतिमा देखापरेका छन्। यसो भएकाले टीकाराम रेग्मीको ड्रिम प्रोजेक्ट हो यो कृति। ड्रिम कम्स ट्रु भएको छ यो कृतिमा।

सिद्धान्तलाई आख्यानीकरण गर्नु सजिलो होइन। विज्ञानका सैद्धान्तिक सूत्रहरूलाई कथामा उतार्नु चानचुने शिल्पले सम्भव हुन्न। कथामा उतार्नु भनेको कल्पनाशीलता, सिर्जनशीलता तथा आख्यानात्मकता हुनुपर्छ। यो काम पनि कृतिकारले गरेको हुनाले कृति तथा कृतिकार स्तुत्य छन्।

शिक्षामा समर्पित शिक्षकको कथा तथा प्रकृया हो यो उपन्यास। मानिसको अध्ययनशील हुने अधिकारको पुलिन्दा हो यो पुस्तक। शिक्षाका माध्यमबाट संसार बुझ्न प्रयत्नरत शिक्षकको दैनिन्दिनी हो। शिक्षण तथा सिकाइको बृहत्तर आयामका ध्रुवमा यो कृति लेखिएकाले सिकाइमा आमाबाबु, घरपरिवार, समाज तथा विद्यालयसहितको परिवेशीय भूमिका रहने कुरा सजगताका साथ उल्लेख गरिएको छ।

शिक्षण जागिर हो कि पेसा भन्ने प्रश्नमा शिक्षण जागिर पनि हो, पेसा पनि हो। शिक्षणबाट आएको पारिश्रमिकले घर धान्छ। पारिश्रमिककै लागि मान्छे शिक्षक बन्छ। त्यसैले जागिर हो। तर अन्य पेसाले जस्तै शिक्षणले पनि विशिष्ट सीप खोज्छ। विशेषज्ञता खोज्छ। वर्तमान परिवेशमा बिनाविशेषज्ञता शिक्षक हुन सकिन्न। त्यसो भएकाले शिक्षक हुनु भनेको विशुद्ध पेसा पनि हो।

ज्ञान तथा सोचको अन्धकारमा रहेको समाजलाई उचित शिक्षाका माध्यमबाट उज्यालोतिर लैजाने उपन्यासकार टीकाराम रेग्मीको प्रयत्नलाई सलाम गर्छु। सारमा, चाहे रुचिका कारणले होस् वा बाध्यताले होस्, जागिर खाने प्रयोजनका साथ शिक्षक बनेका तथा बन्न तम्सनु भएका सबैका लागि यो कृति शिक्षण सिकाइको सञ्जीवनी बुटी भएको छ। यो उपन्यासका लेखिएका/भनिएका प्रामाणिक तथ्यहरूको उपयोगबिना हुने शिक्षण अधुरा र अवैज्ञानिक हुने छन्। त्यसैले वर्तमान शिक्षक तथा शिक्षक हुन खोज्नेले अनिवार्य रूपमा यो कृतिको अध्ययन गर्न अनुरोध गर्दछु। नत्र ती शिक्षकले पढाएको कक्षाकोठा कलिला बालबालिकाको लागि परम्परागत जेल बन्ने छ।

अब पुछारमा, टीकाराम रेग्मी सर! यो सीपलाई नमन गर्दछु। कसरी यति धेरै तथ्य संकलन, सुन्दर आख्यानीकरण तथा सुविचार एकै ठाउँमा घुलन हुन सक्छ भन्नेमा म अचम्म परेको छु। र, अब कृतिको सफलताको शुभकामना मात्र त हो मेरो भागमा,धन्यवाद।

प्रकाशित: १६ भाद्र २०८० ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App