२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कवि राजेन्द्र श्रेष्ठको ‘आइ पो हाल्छ कि!’ लोकार्पण

चन्द्रागिर साहित्य समाजले कवि राजेन्द्र श्रेष्ठको पहिलो कवितासंग्रह ‘आइ पो हाल्छ कि!’ को लोकार्पण गरेको छ। चन्द्रागिर साहित्य समाजका अध्यक्ष भीमनारायण श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ चलचित्र निर्देशक एवं साहित्य समीक्षक प्रकाश सायमीको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञाप्रतिष्ठानमा पुस्तकको लोकार्पण भएको हो।

लोकार्पण कार्यक्रममा युवा कवि आर. एम. डङ्गोलले कवि राजेन्द्र श्रेष्ठको कवित्व र कविता यात्राबारे प्रकाश पारेका थिए।

लाेकार्पित कृतिकाे कवि श्रेष्ठले आफ्ना कविता यात्राको चर्चा गर्दै आफ्ना कविता वाचन गरेका थिए।

कार्यकममा अतिथिहरू-साहित्यकार तेजप्रकाश श्रेष्ठ, संगीत प्रवीण धनबहादुर गोपाली, गीतकार सुन्दर पन्त र समाजसेवी प्रल्हाद रिजालले कवि राजेन्द्र श्रेष्ठलाई शुभकामना तथा बधाई दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्रकाश सायमीले नेपाली साहित्यको श्री वृद्धिका लागि कविलाई निरन्तर लेखिरहन हौसला प्रदान गरेका थिए।

चन्द्रागिरि साहित्य समाजको प्रकाशन र विनिता रञ्जित र अनिराज पोखरेलको सहप्रकाशकमा पुस्तक प्रकाशन भएको हो।

प्रकाशित: १७ भाद्र २०८० ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App