१२ मंसिर २०८१ बुधबार
image/svg+xml

मुस्लिम समुदायको पहलमा जाडो प्रभावित क्षेत्रमा राहत वितरण

मुस्लिम समुदायका अगुवाहरुले जाडो प्रभावित क्षेत्रमा न्यानो सामाग्री वितरण गरेका छन्। नेपाली जामे मस्जित र नेपाल मल्टी काउन्सिल सेन्टरको पहलमा पर्सामा न्यानो सामाग्री वितरण भएको हो। पर्साको जागरनाथ, हारपुर र रौतहटको भुसनमा न्यानो सामाग्री वितरण गरिएको समिम अन्सारीले बताए। उनका अनुसार २ हजार जति व्ल्याङकेट वितरण गरिएको थियो।

‘शेरबहादुर हलिउडबाट प्रभावित’

फिल्म ‘शेरबहादुर’को ट्रेलर सार्वजनिक हुँदा यो फिल्म हलिउडको फिल्म ‘डन्ट ब्रिथ’बाट प्रभावित भएको आरोप लागेको थियो । फिल्म प्रभावित भएको विषयमा निर्माण समूहले कोही नबोलिरहँदा मंगलबार उनीहरूले सञ्चारकर्मी सामू फिल्म हलिउडबाट प्रभावित भएको स्वीकारे ।

भाइरल ज्वरो प्रभावित क्षेत्रमा कर्णालीका चिकित्सक

दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन नसके पछि कर्णालीवाट विशेषज्ञ सहितको टोली खटिएको छ।

तत्काल थप रकम नदिए भेरी–बबईको काम प्रभावित हुने

सरकारले तत्काल थप बजेट व्यवस्थापन नगरे भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम प्रभावित हुने भएको छ । राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले चालु आर्थिक वर्षको बजेटमा ८८ करोड रूपैयाँ छुट्ट्याएको छ । यसमा ६७ करोड रूपैयाँ पुँजीगततर्फको बजेट हो । आयोजनाले बजेट अपुग हुने भन्दै यही आवका लागि थप चार अर्ब रूपैयाँ मागेको छ । सोहीअनुसार सिँचाइ मन्त्रालयले थप बजेट व्यवस्थापन गरिदिन अर्थ मन्त्रालयसँग अनुरोध गरेको थियो । तर, अर्थले उक्त रकम हालसम्म उपलब्ध गराउन सकेको छैन ।

चिसो प्रभावितका लागि सरकारद्वारा सवा २ करोडको राहत

सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।

एकता प्रभावित हुनेगरी निजी धारणा सार्वजनिक नगर्न एमाले निर्देशन

नेकपा एमालेले पार्टी एकीकरणलाई असहज हुनेगरी नीति, नेतृत्व र एकताका अन्य पक्षका बारेमा निजी धारणासार्वजनिक गर्न नेता–कार्यकर्तालाई रोक लगाएको छ । एमाले स्थायी कमिटीको बैठकपछि जारी विज्ञप्तिमा पार्टी एकताका लागि असहज तुल्याउनेगरी कुनै पनि धारणा सार्वजनिक नगर्न निर्देशन दिएको उल्लेख छ ।

शीतलहर प्रभावित तराईका २२ जिल्लामा राहत घोषणा

सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैंया बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले तराईका २२ जिल्लामा राहत घोषणा गरेको थियो ।

जाजरकोटका रोग प्रभावित क्षेत्रमा सेना, ४ सयको उपचार

जाजरकोटमा दुई सातादेखि फैलिएको रुघाखोकी र ज्वरो नियन्त्रणमा लिन स्वास्थ्यकर्मी र नेपाली सेना परिचालन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले आइतबारसम्म जुनिचाँदे गाउँपालिकामा ४०० बिरामीको उपचार गरेको छ।

शीतलहरले जनजीवन प्रभावित

शीतलहरीले जनजीवन प्रभावित भएसँगै अस्पतालमा विरामीको संख्यामा पनि वृद्धि भएको छ। अत्यधिक जाडोले विपन्न वर्गलाई समस्यामा पारेको देखिएको छ।

व्यवसायी हत्याको विरोधमा रुपन्देही बन्द, जनजीवन प्रभावित

शुक्रबार हत्या गरिएका व्यवसायी बसन्त पौडेल (बलु) हत्याको विरोधमा युवा संघ रुपन्देहीले अनिश्चितकालिन रुपन्देही बन्द गरेको छ।

भारतीय पक्षले गण्डक नहरमा पानी नछाड्दा गहुँखेती प्रभावित

भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा मध्यतराईका पर्सा, बारा र रौतहट जिल्लाको ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइने गहुँखेती प्रभावित भएको छ ।

बाक्लो हुस्सु र कुहिरोले उडान प्रभावित

दुई सातादेखि तराईमा लागेको बाक्लो हुस्सु र कुहिरोका कारण काठमाडौंसँग सबैभन्दा कम दुरीमा रहेको सिमरा विमानस्थलबाट हुँदै आएको हवाई उडान प्रभावित भएको छ । नागरिक उड्डयन प्राधिकरण कार्यालय सिमराका प्रमुख हिराजन काफ्लेले चिसोको कारण भिजिबिलिटीमा समस्या आएकाले दैनिक हुँदै आएका उडान सेवा प्रभावित भएको बताए ।

शीत लहरका कारण दुई दिन विद्यालय बन्द, जनजीवन प्रभावित

अत्यधिक चिसो र शीतलहर बढेपछि सिरहाका सामुदायिक विद्यालयमा दुई दिन बिदा दिइएको छ। जिल्ला शिक्षा कार्यालयमा बसेको शिक्षा समितिको बैठकले अत्यधिक चिसोका कारण बालबालिका बढी प्रभावित भएको भन्दै बिहीवार र शुक्रबार दुई दिन सामुदायिक विद्यालयमा बिदा दिने निर्णय गरेको हो।

भूकम्प प्रभावित जिल्लामा धमाधम अभिमुखीकरण कार्यक्रम

सरकारले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन प्रभावित जिल्लाका स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना एकाइले पुस ११ गतेबाट प्रभावित जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ।

चिसोका कारण जनजीवन प्रभावित

विगत केही दिनयता बढेको कठ्याङ्ग्रिने चिसोका कारण नवलपरासी पश्चिमको दक्षिणी सीमावर्ती क्षेत्रको जनजीवनमा प्रत्यक्ष असर परेको छ। घाम नलागेर चिसो बतास चलेपछि निम्न आयस्रोत भएको र विपन्न मजदुर वर्ग बढी प्रभावित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्