१२ मंसिर २०८१ बुधबार
image/svg+xml

शीतलहरका कारण जनजीवन कष्टकर, हवाइ उडान प्रभावित

शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर र बाक्लो कुहिरोले आकाश छोप्नेक्रम नरोकिएपछि तराईका जिल्लामा घाम पनि मधुरो लाग्ने गरेको छ ।

पुलको बार भत्केपछि नारायणगढ मुग्लिन सडकमा यातायात प्रभावित

गाडीको ठक्करले हिजो मंगलबार साँझ पुलको बार (रेलिङ) भत्केपछि नारायणगढ मुग्लिन सडक खण्डमा आज राम्रोसँग गाडी चल्न सकेका छैनन् । मुग्लिनदेखि लगभग एक किलो मिटर पर नारायागढ तर्फ तुईन खोला पुलको रेलिङ भत्केको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर तथा सुचना अधिकारी शिवप्रसाद खनालले जानकारी दिए।

डेंगु प्रभावित क्षेत्रमा विशेष शिविर

डेंगुबाट अत्यन्त प्रभावित भनिएको रौतहटको चन्द्रपुर नगरपालिका १ पौराईमा डेंगुसम्बन्धी एक दिवसीय विशेष शिविर सम्पन्न भएको छ।

भूकम्प प्रभावित गुम्बाको सर्वेक्षण सुरु

सरकारले २०७२ वैशाख १२ को भूकम्पबाट प्रभावित गुम्बा तथा बिहारको सर्वेक्षण सुरु गरेको छ । सर्वेक्षणका लागि बिहीबारबाट भूकम्प प्रभावित ३१ जिल्लामा इन्जिनियर परिचालन गरिएको छ ।

साउदीमा अवैध आप्रवासीविरुद्ध धरपकड, नेपाली पनि प्रभावित हुने

नेपालीहरुका लागि खाडी क्षेत्रको रोजगार गन्तव्यमध्येमा पर्ने साउदी अरेबियाले आवासीय अनुमति पत्र (इकामा) सम्बन्धी प्रचलित कानुन उल्लंघन गरी बसोबास गरिरहेका विदेशी कामदारविरुद्ध बुधबारबाट धरपकड सुरु गरेको छ। ८५ लाख हाराहारी आप्रवासी रहेको मुलुकले अवैध रुपमा बसोबास गरिरहेका आप्रवासीलाई दिएको आममाफीको अवधि मंगलबार सकिएपछि बुधबारबाट धरपकड गर्न लागेको हो।

बाढी पहिरोबाट प्रभावितका लागि सरकारले विशेष योजना ल्याउँदै

सरकारले पछिल्लोपटक मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ ।

भूकम्प प्रभावित प्रत्येक वडामा इन्जिनियर खटाइने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाउने तयारी गरेको छ।  प्राविधिक जनशक्ति अभावका कारण निजी अवास पुनर्निर्माण सुरु गर्न नसकेका पीडितलाई सहयोग पुर्‍याउन प्राधिकरणले यस्तो तयारी गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसालले प्राविधिक अभावले पुनर्निर्माण कार्य प्रभावित हुन नदिन प्रत्येक वडामा एक इन्जिनियर अनिवार्य खटाउन लागिएको जानकारी दिए । बुधबार प्राधिकरणका कार्यकारी समिति बैठकले पनि सो निर्णय पारित गरेको छ ।

सुकी पहिलो पटक प्रभावित राखिन राज्यमा

म्यानरमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकी पहिलो पटक हिंसा प्रभावित राखिन राज्यको भ्रमणमा गएकी छिन्।  म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि हिंसा सुरु भएको थियो । हिंसाको कारण विशेषगरी सोही राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो।

निर्वाचन प्रभावित पार्ने कार्य स्वीकार्य छैन: एमाले

नेकपा एमालेले कुनै पनि प्राविधिक कारण देखाएर निर्वाचनसम्बन्धी कुनै पनि कार्यमा प्रतिकूल प्रभाव पार्ने कुरा स्वीकार्य नहुने जनाएको छ। सर्वोच्च अदालतले जारी गरेको आदेशबारे बिहीबार पार्टी स्थायी कमिटी बैठकले छलफल गरी यस्तो निष्कर्ष निकालेको सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बिदामा बसेका कर्मचारी नफर्कंदा अस्पतालको सेवा प्रभावित

बिदामा बसेका कर्मचारी काममा नफर्कंदा जिल्ला स्वास्थ्य कार्यालय खोटाङको कामकाज प्रभावित भएको छ । बिदामा बसेका कर्मचारीहरू काममा नआउँदा जिल्ला अस्पतालको ल्याब सेवा, बहिरंग विभाग, अन्तरंगलगायतका सेवा प्रभावित भएको हो।

इरमा आँधीका कारण फ्लोरिडाका ७ सय नेपालीले घर छोडे, ६० लाख प्रभावित

सामुन्द्रिक आँधीबाट टेक्सासको जनजीवन सामान्य हुन नपाउँदै अर्को राज्य फ्लोरिडामा ‘इरमा’ का कारण ६० लाख मानिसलाई घर छोडेका छन्। उत्तरी क्यूबालाई क्षति पु‍र्याउँदै अमेरिकाको फ्लोरिडा राज्यतर्फ डरलाग्दो रूपले बाटो लिएको यो आँधीका कारण त्यहाँ बसोबास गर्दै आएका करिब सात सय नेपालीहरु आफ्नो घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्।

चुनाव प्रभावित पार्न मधेसमा सारी बाँडियो: अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तराईमा आफुहरुको पार्टी पहिलो बन्ने सम्भावना रहेको बताएका छन्। 'पहिलो बन्छनै भन्न अहिलेनै सक्दिन किनकी चुनावी परिणामले देखाउने कुरा हो', दाहालले भने 'तर पहिलो बन्ने संभावना तर्फ लागेको छ।'

बुढीगण्डकी प्रभावित क्षेत्रका बासिन्दाले प्रधानमन्त्रीलाई भने: मुअव्जा छिटो उपलब्ध गराउनुस्

बुढीगण्डकी जलविद्युत आयोजना डुबान क्षेत्रभित्रका स्थानीयहरुले मुअव्जाको लागि छिटो पहल गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन्। डुवान क्षेत्रमा पर्ने गोरखा र धादिङका साविकका २७ गाविसका स्थानीयको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्रीलाई भेटी १२ बुँदे मागपत्र बुझाएको छ।

बाढी प्रभावित क्षेत्रमा सर्पदंश र विभिन्न रोगको प्रकोप

दुई साताअगाडि आएको बाढी र पहिरोबाट प्रभावित गाउँघरमा आजभोलि विषालु सर्पको बिगबिगी बढेको छ ।

गाउँपालिकामा कर्मचारी नहुँदा सेवा प्रभावित

जनप्रतिनिधि निर्वाचित भईसकेपछि पनि स्थानीय तहमा  कर्मचारी पर्याप्त नहुँदा सेवा प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्