१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बाढी प्रभावित क्षेत्रमा ज्वरो र रुघाको प्रकोप

मधेसको बाढी प्रभावित क्षेत्रमा ज्वरो र रुघाखोकीको प्रकोप फैलिन थालेको छ। बुधबार धनुषाको रघुनाथपुरस्थित बाढी पसेको बस्तीमा आयोजित स्वास्थ्य शिविरमा अधिकांस ज्वरोका बिरामी भेटेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।

दुई मन्त्रीसहित कांग्रेस नेता पौडेल बाढी प्रभावित क्षेत्रमा

तराई/मधेसका बाढी प्रभावितले तत्कालका लागि राहत मात्र नभएर दीर्घकालीन समाधानका योजना बनाउन सरकार र राजनीतिक दललाई आग्रह गरेका छन्। प्रभावित क्षेत्रको निरीक्षणका लागि कृषिमन्त्री रामकृष्ण यादव र सिँचाइमन्त्री सञ्जय गौतमलाई साथै लिएर शनिबार रौतहट, सर्लाही र सप्तरी पुगेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग तत्कालका लागि राहत मात्र नभएर दीर्घकालीन समाधान गर्ने योजना बनाउन उनीहरूले आग्रह गरेका हुन्।

बाढी प्रभावित क्षेत्रमा बीपीको घुम्ती शिविर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बाढी प्रभावित सुनसरीको दक्षिणी क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

प्रधानमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बाढी प्रभावित क्षेत्रको विहीबार हवाई तथा स्थलगत निरीक्षण गरेका छन्।

बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर

जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री नेपालगञ्जमा

प्रधानमन्त्री शेरबहादुर देउवा बाँके, बर्दिया र कैलालीको बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नेपालगञ्ज आइपुगेका छन्। प्रधानमन्त्री देउवालाई नेपालगञ्जको राँझास्थित नेपाली सेनाको ब्यारेकमा क्षेत्रीय प्रमुखहरुले बाढी प्रभावित क्षेत्रबारे ब्रिफिङ गरिरहेका छन्।

गृह र आपुर्ति मन्त्रीसहित बाढी प्रभावित क्षेत्रमा प्रचण्ड

पार्टीका तर्फबाट सरकारमा सहभागी आफ्ना दुई जना मन्त्रीसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बुधवार सप्तरीको बाढी प्रभावित क्षेत्रहरूको अवलोकन गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डसँगै गृह मन्त्री जनार्दन शर्मा र आपुर्ति मन्त्री शिवकुमार मण्डल समेत रहेका थिए ।

बाढी प्रभावित क्षेत्रमा मन्त्रीको हवाई निरीक्षण (भिडियो)

सिंचाईमन्त्री सञ्जय गौतम र भुमिसुधारमन्त्री गोपाल दहितले मंगलबार बाढीग्रस्त क्षेत्र बाँके र बर्दिया पुगेका छन्।

बाढीले निकुञ्जका जनावर प्रभावित, गैंडा र हरिण मृत भेटिए

नारायणी नदीले बगाएका दुई गैंडामध्ये एउटा गैंडा नवलपरासीको त्रिवेणी ब्यारेजस्थित नर्सही ठोकरमा सोमबार मृत अवस्थामा फेला परेको छ। नदीमा बग्दै आएका दुई गैंडामध्ये एउटा उम्केर नजिकैको जंगलतर्फ गएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मुकुन्दराज आचार्यले जानकारी दिए।

बाढीले बगाउँदा तीनको मृत्यु, ४० हजार परिवार प्रभावित

महोत्तरीमा बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ। जिल्लाको लोहारपट्टि २ का इन्डल महरा, जलेश्वर नगरपालिका १ बस्ने शिव महरा र जलेश्वर २ का विक्की कुमार ठाकुरको बाढीमा परेर मृत्यु भएको हो।

एमालेले बाढी प्रभावित क्षेत्रमा कार्यकर्ता परिचालन गर्ने

नेकपा एमालेले बाढी प्रभावित जिल्लाहरुमा राहत र उद्वारको लागि पार्टी कार्यकर्ता परिचालन गर्ने भएको छ।

गृहमन्त्रीको प्रधानमन्त्रीलाई ब्रिफिङ: बाढी प्रभावित क्षेत्र ८० प्रतिशत ढुवानमा

प्रधानमन्त्री शेरबहादुर देउवाले तराई र भित्रि मधेस लगायत देशका विभिन्न क्षेत्रमा अविरल बर्षाका कारण डुवानमा परेकाहरुको तत्काल उद्दार गर्न निर्देशन दिएका छन्।

सरकारद्वारा प्रभावित क्षेत्रका बाँधको ढोका खोल्न भारतलाई आग्रह

तराईको अधिकांश ठाउँमा डुवान भएपछि सरकारले भारतीय पक्षलाई नेपाली भूमिलाई डुवान पार्न सक्ने बाँधका ढोका खोल्न भारतलाई आग्रह गरेको छ।

नारायणग मुग्लिन सडकमा पहिरो, आज दिनभर यातायात प्रभावित हुने

मुग्लिन नारायणगढ सडकमा हिजोदेखि नै आएको पहिरोका कारण आज दिनभर यातायात आवागमन ठप्प हुने सम्भावना छ। नारायणगढ मुग्लिन सडक आयोजनाका सुचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार साना ठुला पहिरो लगभग एक दर्जन जति आएका छन्। पानी परेका कारण सफा गर्न पनि गाह्रो भएको उनले बताए।

साझा प्रकाशनमा अनियमितता : छानबिन प्रभावित पार्न सदस्यकी पत्नीलाई जागिर

साझाका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझा प्रकाशनमा भइरहेको अनियमितता छानबिन गर्न गठित समितिका सदस्य तथा शिक्षा मन्त्रालयका लेखा अधिकृत भोला पौडेलकी पत्नी नवीना कोइराला पौडेललाई सहायक तृतीय (मुखियासरह) पदमा नियुक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्