काठमाडौं- नेकपा एमालेले बाढी प्रभावित जिल्लाहरुमा राहत र उद्वारको लागि पार्टी कार्यकर्ता परिचालन गर्ने भएको छ। नेकपा एमाले सम्बद्ध जनसंगठनहरुको नेतृत्व र समन्वय गर्ने संगठन मोर्चा संगठनको बैठक प्रमुख तथा पार्टी सचिव गोकर्ण विष्टको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावित जिल्लामा राहत र उद्वारको समन्वय गर्न जिल्ला नेताहरुलाई तोकेको छ।
बैठकले राज्यको सम्पूर्ण शक्ति पीडितहरुको उद्धार, राहत तथा पुनःव्यवस्थापनमा लगाउन समेत आग्रह गरेको छ। एमालेले सप्तरीमा युवासंघ नेपाल र भूमिहीन सुकुम्वासी संगठन, सिरहामा अनेरास्ववियु, धनुषामा अखिल नेपाल महिला संघ, महोत्तरीमा लोकतान्त्रिक मधेसी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, सर्लाहीमा अखिल नेपाल किसान महासंघ, रौतहटमा नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलान्यस, बारामा खेलकूद महासंघ, पर्सामा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), झापा जनसांस्कृति महासंघ र मुक्ति समाज, मोरङमा पेसागत महासंघ, नेपाल, सुनसरीमा उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन, बर्दियामा भूपू सैनिक संगठन, बाँकेमा मानवअधिकार एलान्यस र कपिलवस्तुमा मुस्मिल इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संघलाई समन्वय गर्न निर्देशन दिएको छ।
प्रकाशित: २९ श्रावण २०७४ ११:०७ आइतबार