७ वैशाख २०८१ शुक्रबार

२३ किलो चरेससहित एकजना पक्राउ

लागुऔषध चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट मंगलबार बिहान लागु औषध चरेससहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

दश बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो

भिसा सकिएर नेपालमा अवैध रुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ।

ललितपुरको मेटल उद्योगमा आगलागीबाट मृत्यु भएका व्यक्तिको परिचय खुल्यो

ललितपुरको हात्तीवनस्थित सोफा बनाउने सिक्मा मेटल इन्टेक्समा शनिबार बिहान भएको आगलागीमा काभ्रेपलाञ्चोकको पाँचखालका राजु ठकुरी भनिने भोजबहादुर पहरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

होलीका दिन काठमाडौंमा ३ हजार सुरक्षाकर्मी खटिने

जिल्ला प्रहरी परिसर काठमाडौँले फागु पर्व ९होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्ने भएको छ ।

एसपीहरूलाई गृहमन्त्री श्रेष्ठको निर्देशन: ‘नेताहरूको ढोका चहार्ने र घुस अफर गर्ने प्रवृत्ति त्याग्नुस्!’

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरुवा भएर विभिन्न जिल्ला तथा कार्यालय प्रमुखका रूपमा गएका प्रहरी उपरीक्षक(एसपी)हरूलाई कार्यकाल सफलताको शुभकामना दिँदै शान्ति सुरक्षा, सेवा र सुशासनका पक्षमा गुणात्मक काम गर्न निर्देशन दिएका छन्।

दश करोड ठगी गरेको आरोपमा लामा पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

चालिस हजार गाँजाका बिरुवा नष्ट

महोत्तरीको एकडारा गाउँपालिका ५ स्थित बहेडा गाउँमा लुकाइछिपाई रोपिएका ४० हजार गाँजाका बिरुवा प्रहरीले नष्ट गरेको छ।

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन्।

प्रसाईँ निवासमा प्रहरी परिचालन, समर्थक भन्छन् नजरबन्दको प्रयास

भक्तपुर जिल्ला प्रहरी कार्यालयले सुरक्षा अवस्थालाई ध्यानमा राखी पर्याप्त मात्रामा प्रहरी परिचालन गरिएको बताएको छ।

उत्तराखण्ड पहिरो अपडेट : बेपत्ता खोज्न कुकुर परिचालन

चार दिन अघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीकार्य तिव्र पारिएको छ। सो स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो।

आफूमाथि अन्याय भएको भन्दै एसपी आभूषण तिम्सिनाले दिए राजीनामा

तिम्सिनाले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफू अन्यायको शिकार भएको र आफूप्रति भएको अन्याय चुपचाप सहेर बस्न नसकेको भन्दै राजीनामा दिएको बताएका हुन्।

लजभित्र गोप्य भिडियो रेकर्ड गर्ने लजकै म्यानेजर पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले गेष्ट हाउसमा बस्ने विभिन्न व्यक्तिको अश्लिल भिडियो रेकर्ड गरेकाले मालीलाई पक्राउ गरिएको जानकारी दिए। प्रहरीले पक्राउ व्यक्तिले रेकर्ड गरेको भिडियोसहित आइफोन १२ प्रो म्याक्स मोबाइल समेत बरामद गरेको छ।

आठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका आठ प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्