१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
कला/साहित्य

‘ममता मृदुलसँग लघुकथामा बहस अध्याय-६’ सम्पन्न

नारी स्रष्टा समाजले ममता मृदुलसँग लघुकथामा बहस अध्याय -६ सम्पन्न गरेकाे छ।

नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलकाे अध्यक्षता, प्राडा सावित्री कक्षपतिको प्रमुख आतिथ्य र मञ्जुश्री प्रधानकाे विशेष आतिथ्यमा लघुकथामा बहस भएकाे हाे।

ममता मृदुलसँग लघुकथामा बहस अध्याय-६ मा लघुकथाकार रञ्जना पराजुली लम्सालकाे दस लघुकथाकारले लघुकथा वाचेका थिए।

कार्यक्रममा स्रष्टाद्वय निशा केशी र सुचिता काफ्लेले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए। त्यस्तै रञ्जना पराजुली लम्सालले धन्यवाद ज्ञापन गरेकी थिइन्।

विशिष्ट अतिथि विधान आचार्यले वाचित लघुकथाबारे बाेलेका थिए। लघुकथा समाज नेपालका अध्यक्ष तुलसीहरि कोइरालाले लघुकथामा गरिएको बहस कार्यक्रमले लघुकथाको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताए।

सर्वनाम थिएटर कालिकास्थान, काठमाडाैंमा भएकाे कार्यक्रममा ध्यानाभिनय परिवारले रञ्जना पराजुली लम्सालको लघुकथा ‘महँगो चन्दा’ काे नाटक मञ्चन गरेकाे थियो।

नारी दिवसको पूर्व सन्ध्याकाे अवसर पारेर भएकाे कार्यक्रममा नारी स्रष्टाहरूलाई सम्मान अर्पिएको छ। आरती चौधरीलाई स्थिति लम्साल बालस्रष्टा सम्मान तथा पुरस्कार अर्पिएकाे छ।

यसैगरी नारी स्रष्टा सम्मान - २०८२ बाट गोरखापत्रकर्मी आशा गुप्ता, राइजिङ नेपालकी महिमा देवकोटा, कलाकार भिनमाया प्रजापति, मीना पूर्णिमा, साहित्यकार तारा सुवेदी, शान्ता तिम्सिना, एन्जल निलु, निशा केशी, सविता दुलाल घिमिरे, कमला पन्थी अधिकारी र बालस्रष्टा आस्था मिश्रलाई सम्मान अर्पिएको हाे।

प्रकाशित: १८ फाल्गुन २०८२ १२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App