साहित्यिक पत्रकार संघले ‘लोकप्रिया पुरस्कार - २०८२’ को साहित्यकार प्रतिसरा सायमिलाई अर्पिने निर्णय गरेको छ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो।
उक्त पुरस्कारका लागि वरिष्ठ समालोचक प्रमोद प्रधानको संयोजकत्वमा साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’ र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिले सिफारिस गरेको हाे।
साहित्यकार सायमिका जि छकू नालिस भोँ (नेपालभाषा कवितासंग्रह), तिकिनंगु मि, प्रेशरकूकरया चिल्लाय् (नेपालभाषा कवितासंग्रह), सिमाह: व मेमेगु बाखं (कथासंग्रह - अंग्रेजीबाट नेपालभाषामा अनुवाद), पाइलाहरूमै सडक (नेपालभाषाबाट नेपाली भाषामा अनुवाद), लिफ: (नेपालभाषा प्रबन्धसंग्रह), रंग दुने प्रतिसरा (नेपालभाषाका कविताहरूमा कोरिएका चित्रहरूको सँगालो), नेवा: खँग्व: या पिला (सहलेखन - नेपालभाषाका विविध शब्दहरूको संगालो), गुरुवर कवि पूर्ण वैद्यको साहित्यिक भीमरथारोहणको सम्झना संगालो (सहलेखन), लुमन्तिया खुसिबालय् बाबा विभूषण (नेपालभाषाका कथाहरु - नेपालीमा अनुवाद), Towards the horizon (कुलां थिइगु कुतलय् - नेपालभाषाका कविताहरूको अंग्रेजी अनुवादसंग्रह) र लुमन्ति (सम्पादन), पूर्ण वैद्यया साहित्यिक रचना (सहसम्पादन) तथा गीति सि.डी. एल्बमहरू उनैको यादमा, तिकि - नुग: या लसय्, तिकि तिकि र स्वतिकि लगायतका कृति प्रकाशित छन्।
२०४४ सालमा साहित्यकार शशी रिमालले महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी साहित्यकार लोकप्रियाको नाममा यो पुरस्कारको स्थापना गरेकी हुन्।
‘लोकप्रिया पुरस्कार’ बाट यसअघि साहित्यकारहरू गोमा शर्मा, छिन्नलता (रमोलादेवी शाह), लख्खीदेवी सुन्दास (दार्जीलिङ), मोतीलक्ष्मी उपासिका, डा. वानीरा गिरी, रमा शर्मा, गीता केशरी, देवकुमारी थापा, शान्ता श्रेष्ठ, चन्द्रकला नेवार, हिरण्यकुमारी पाठक, भुवन ढुंगाना, अनीता तुलाधर, उषा शेरचन, सीता पाण्डे, राधिका राय, रेवतीराज भण्डारी र पीताम्बरा शर्मा पीयूष, लक्ष्मीदेवी राजभण्डारी, डा. गार्गी शर्मा, प्राडा उषा ठाकुर, सुशीला भण्डारी, रञ्जुश्री पराजुली, उन्नती बोहरा ‘शीला’, गोमा शर्मा (गुहावटी), रुकु कार्की, बेटी बज्राचार्य, जलेश्वरी श्रेष्ठ, पुनम काफ्ले, अमेरिका, गङ्गा कसजु, डा. ज्ञानु पाण्डे, सुशीला देउजा, गीता क्षेत्री (दार्जीलिङ), वीणा हाङ्खिम (दार्जीलिङ), डा. पुष्पा शर्मा (सिक्किम), लतिका जोशी (सिलगढी) र सिर्जना शर्मा सम्मानित भइसकेका छन्।
प्रकाशित: १८ फाल्गुन २०८२ १३:२४ सोमबार





