coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सकसमा पर्यटन क्षेत्र, खर्च धान्नै मुस्किल

अहिले तेस्रो मुुलुकका पर्यटक भित्रिने मुख्य सिजन हो। यस बेला पोखराका होटलको अकुपेन्सी अनुपात कम्तीमा ८० प्रतिशत हुनुपर्नेमा २० मात्र रहेको भन्दै यहाँका पर्यटन व्यवसायीले चिन्ता जनाएका छन्।

गण्डकीका मुख्यमन्त्रीको प्रश्न: लेकसाइडमा मात्र किन गाडी चेक गर्ने ?

पर्यटकीय सिजनको मुखमा तीनसाता अघि ठुलो आकारमा मानवीय क्षति हुनेगरि पोखरामा जहाज दुर्घटना भयो। त्यसबाहेक पोखरा भित्रिने मुख्य नाका पृथ्वीराजमार्ग अहिले बिस्तारको क्रममा छ । हवाई दुर्घटना र बिस्तारको क्रममा रहेको सडकले गर्दा पर्यटक आउजाउ रोकिँदा पर्यटन क्षेत्र ध्वस्त भएको भन्दै यहाँका पर्यटन व्यवसायीले पर्यटन प्रवद्र्धनमा सघाउन प्रदेश सरकार गुहारेका छन्।

नयाँवर्ष स्वागतार्थ रातभर झुम्यो लेकसाइड

अंग्रेजी नयाँवर्ष २०२३ को स्वागतार्थ शनिबारको रात पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड रातभर झुम्यो। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) ले पोखरामा आयोजना गरेको सडक महोत्सवमा रमाउन आन्तरिक तथा बाह्य पर्यटक होमिएका थिए।

अन्नपूर्ण केवलकारको निःशुल्क बस सेवा

अन्नपूर्ण केवलकारले निःशुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि निःशुल्क सटल बस सुरु गरेको कम्पनीले बताएको छ।

लेकसाइडः साँझ नपर्दै सुस्ताउन थाल्यो

पर्यटन क्षेत्र पुन ओरालो लागेको भन्दै व्यवसायी चिन्तित बनेका छन्। यतिसम्म की कतिपय व्यवसायीले त व्यवसायको बोहनी समेत गर्न पाउँदैनन्। बेलुकी सातबजे नै लेकसाइड सुनसान हुने गरेको व्यवसायीले बताएका छन्।

दैलो उघार्दै लेकसाइडका होटल

कोरोना भाइरस संक्रमणको दोश्रो लहरसँगै बन्द रहेका पोखराका ठुला आकारका होटल संचालनमा आउन थालेका छन् । पर्याप्त पाहुना नभएपनि होटललाई चल्तीकै अवस्थामा टिकाइरहनका लागि पनि होटल संचालनमा ल्याउनुपरेको व्यवसायीले बताएका छन् ।

दिउँसै निदाएको छ लेकसाइड

पर्यटकीय ‘सिजन’ होस वा ‘अफसिजन’ लेकसाइड धेरैजसो समय राती अबेरसम्म जागै रहन्थ्यो । बिहानीपखको केही घण्टा बाहेक लेकसाइडले मध्यरातसम्म आफुलाई सुस्ताउन दिदैनथ्यो । तर, जब कोरोना भाइरस संक्रमण सुरु भयो, अहिले लेकसाइड दिउँसै भुसुक्क निदाएजस्तो देखिएको छ ।

पर्यटनमा फेरि लाग्यो दैलो

कोरोना भाइरस संक्रमणले एकवर्ष भन्दा बढि समयदेखि थलिएको पर्यटन क्षेत्र जसोतसो ब्यूँतिन मात्र खोजेको के थियो, कोरोनाको दोश्रो लहरको भुंग्रोमा परिहाल्यो । कोरोनाको दोश्रो लहरले सबैतिर हालयकालय बनाइरहँदा पर्यटन क्षेत्र छोटो अवधिमै ठप्प हुन पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्