किमाथांका सडकको जिम्मा सेनालाई, ७ जिल्लामा सिडिओ पद घटुवा, हुलाक कर्मचारीको तलब बृद्धि
सरकारले खाँदवारी–किमाथांका सडकको १४ किलोमिटर चट्टानी खण्डको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। किमाथांका चीन जोड्ने सीमा नाका हो।
सरकारले खाँदवारी–किमाथांका सडकको १४ किलोमिटर चट्टानी खण्डको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। किमाथांका चीन जोड्ने सीमा नाका हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारले आपसी हितका बारेमा सचेत भएर छिमेकी र अन्य मित्रराष्ट्रसंग व्यवहार गर्ने स्पष्ट पारेका छन्।
देशमा पञ्चायत, बहुदल, गणतन्त्र, संघीयता आइसक्दा पनि आफूहरूको बस्तीमा कुनै परिवर्तन नभएको गुनासो उनीहरूको छ। सुकुम्बासी प्रमाण पुर्जा पाएको जग्गामा बसोबास गरेका उनीहरूलाई स्थानीय सरकार बनेपछि पनि परिवर्तनको आशा जागेको छैन। सर्रे, खुट्टी, महाजनी, मड्यान, मैनखोलामा खोलामा पुल नहुँदा वर्षामा उनीहरू बस्तीमै घेरिन्छन्।
सरकारले एलपी ग्यास पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको छ।
नेपालमा प्राविधिक शिक्षामा सहयोग गर्न जर्मनगैरसरकारी संस्थाहरुले चासो दिएका छन्। जर्मनीको कोलनमा आयोजित २१ औं गैरसरकारी संस्थाको सम्मेलनमा नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिनुपर्ने निष्कर्ष निकालेका हुन्। त्यसका लागि जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले सहयोगका लागि चासो समेत देखाएका छन्।
संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ। काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल, बञ्चरेडाँडाको सोमबार स्थलगत अवलोकन गरेको संघीय संसदको विकास तथा प्रविधि समितिले स्थानीयको समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संघीयता र लोकतन्त्रमाथि कसैको गिद्धेनजर पर्न नदिने प्रतिबद्धता जनाएका छन्। बिपी कोइरालाको १०६ औं जन्म जयन्ती तथा दोस्रो चरणको जागरण अभियानको क्रममा उदयपुर आएका नेता केसीले पार्टीनिकट नेपाल प्रेस युनियनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।
नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले विकासको बैकल्पिक बाटो अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
स्थानीय तहको निर्वाचन भएको साढे दुई वर्ष बितिसक्दा पनि जुम्लाका स्थानीयले गाउँमा सिंहदरबारको अनुभुति गर्न पाएका छैनन्।
सरकारले दसै, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा सहुलियत मूल्य पसल संचालन गरेको छ।
जिल्लाका केहि विद्यालयले पठनपाठनमा सुधार ल्याउन थालेपछि निजी विद्यालय छाडेर सरकारीमा जाने विद्यार्थीको संख्या बढ्न थालेको छ । विद्यालयहरुले आफ्नो बलबुताले भ्याएसम्म राम्रो गर्ने प्रयास गरेका कारण यसो भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकीछन्।
सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिकाका घरदैलोमा नागरिकता वितरण गर्ने उद्देश्यले आयोजित घुम्ती शिविरबाट सयौं लाभान्वित भएका छन्। जिल्ला प्रशासन कार्यालयले गाउँमै पुगेर मापदण्ड पुगेका व्यक्तिलाई नागरिकता प्रदान गर्नुका साथै आधारभूत सरकारी सेवा उपलब्ध गराइरहेका छन्।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैलीविरुद्ध सडक सघर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।
भूमि आयोगले अतिक्रमित सरकारी, सार्वजनिक तथा गुठी जग्गाको रेकर्ड खोज्ने प्रक्रिया अघि बढाएको छ। आयोगकी सदस्य दुर्गा दाहालले हालसम्म त्यस्ता जग्गाको रेकर्ड नभएकाले खोज्ने प्रक्रिया थालिएको बताइन्।