८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सरकारको कार्यशैलीविरुद्ध सडक सघर्ष गर्न तयार रहन कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौं– प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैलीविरुद्ध सडक सघर्ष गर्नुपर्ने आवश्यकता रहेको भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।

कांग्रेस अछाम काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे सभापति देउवाले वर्तमान सरकारले प्रजातन्त्र र लोकतन्त्रका मुल्य मान्यतामाथि हस्तक्षेप गर्दे आएको भन्दै त्यसविरुद्धको सघर्षको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेृतत्वको सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेको तथा मानवअधिकार आयोग र नेपाली सेनालाई पनि आफु मातहत राख्न खोजेको आरोप लगाए। उनले प्रजातन्त्र र लोकतन्त्र विरोधी सरकारको कार्यशैलीको कांग्रेसले सदन र सडकबाट सशक्त प्रतिकार गर्ने चेतावनी नै दिए।

कार्यक्रममा कांग्रेस नेतृ आरजु देउवा राणा लगायतलाई सम्मान गरिएको थियो। 

प्रकाशित: २१ भाद्र २०७६ १५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App