विश्वमै डेंगुको प्रकोप छ, हाम्रोमा देखिएको संक्रमण जटिल छैनः उपप्रम यादव
सरकारले डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यन्तै न्यून रहेकाले आपतकालिन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ।
सरकारले डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या अत्यन्तै न्यून रहेकाले आपतकालिन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ।
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिएका छन्। बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरु जसरी पनि वातावरण विगार्ने काममा लागिरहेको उल्लेख गर्दे सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने बताए।
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सोमबार फेसबुक भित्तामा स्ट्याटस पोष्ट गरे, ‘मधेसी जनताले संविधान दिवस मनाउने अवस्था आएको छैन।’ प्रदेश २ सरकारले असोज ३ गते संविधान दिवस मनाउन मुख्यमन्त्रीको नेतृत्वमा छलफल गरेपछि सत्ता साझेदार दल मात्र नभई सत्ता नेतृत्वकर्ता दलकै मन्त्री विपक्षमा उभिएपछि सरकार पछि हटेको छ। अन्ततः प्रदेश सरकारले संविधान दिवस नमाउने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल कर छली प्रकरणविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्ने चेतावनी दिएका छन्।
राष्ट्रिय सूचना आयोगले मुलुकभित्र फैलिँदो डेंगी रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकको भविष्य सुनिश्चित हुनेगरी आर्थिक विकासको आधार तयार पारेको दावी गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगन थापाले बाँके घटनाबारे सरकारले तथ्यलाई तोडमोड गर्न खोजेको आरोप लगाएका छन्।
यहाँको जनप्रतिनिधिहरुले गैरसरकारी संस्थाले कामभन्दा बढी खर्च देखाएको आरोप लगाएका छन्। अर्बौ रुपैयाँ खर्च गर्दा करोडको पनि उपलब्धि नहुने गरि गैरसरकारी संघस्थाले अपारदर्शी खर्च गरेको आरोप लगाएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहेको नेकपालाई संयमित बन्न चेतावनी दिएका छन्। नेपालगन्ज खजुरामा पार्टीको जागरण अभियानका क्रममा नेकपाका कार्यकर्ताले आफ्ना जिल्ला सभापति किरण कोइरालाको हातै भाँचिने गरि गरेको आक्रमणको निन्दा गर्दै देउवाले भने, ‘तिमीहरु संयतिम बन, नत्र भने हामीहरुको पनि लड्नु बाहेक अरु उपाय हुने छैन।’
पूर्वअर्थमन्त्री रामशरण महतले पूर्वाधार क्षेत्रमा सरकारी नीति लगानीमैत्री हुनुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनको दोस्रो दिन आयोजित निजी क्षेत्रका लागि लगानीको अवसर विषयक सत्रमा बोल्दै उनले अहिलेको सरकारी काम गर्ने पद्धति र शैलीमा परिवर्तनको आवश्यकता रहेको बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साढे तीन वर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निमार्ण गर्ने दावी गरेका छन्।