५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन सबै श्रमिकलाई श्रममन्त्रीको आह्वान

फाइल फोटाे

काठमाडौं– सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको दायरामा आउन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत हुन सबै श्रमिकहरुलाई पुनः आह्वान गरेका हुन्।

उनले सरकारको सो अभियानमा साथ पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे। सरकारी तथ्यांक अनुसार हाल ६५ हजार ५ सय ६७ जना मात्रै सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका छन्। बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रमिकलाई न्यूनतम वेतन समेत नदिने कुनै पनि संस्थामाथि सरकारले कार्वाही गर्ने चेतावनी पनि दिए। मन्त्री विष्टले सबै सरकारी तथा निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरुलाई न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न पनि सबै विद्यालयहरुलाई सचेत गराए।

मन्त्री विष्टले निजी क्षेत्रमा काम गरिरहेका शिक्षकहरुको पनि सामाजिक सुरक्षा योजना अन्तरगत पेन्सनको व्यवस्था गर्ने आश्वासन पनि दिए।

प्रकाशित: १ आश्विन २०७६ १०:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App