१५ मंसिर २०८१ शनिबार
image/svg+xml

अत्यधिक भीडले असुरक्षित बन्दै सिड्नीका रेल स्टेशन

अस्ट्रेलियाको राजधानी सिड्नीका रेल स्टेशनहरु अत्याधिक भीडभाडका कारण खतरापूर्ण बन्दै गइरहेका छन्। अस्ट्रेलियाका सहायक शहरहरुमा मान्छेको भीड बढेकाले गुणस्तरमा कमी आएको सिड्नी विश्वविद्यालयका यातायात विज्ञ जोफ्री क्लिफ्टको भनाइ छ।

मलेसियामा बन्दी बनाइएका १८ नेपालीको उद्धार

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा कष्टकर जीवन बिताइरहेका १८ नेपालीको उद्धार गरिएको छ।

अन्तर्राष्ट्रिय स्तरको स्केट पार्क बन्दै

पोखरा रंगशालामा स्केट पार्क (स्केटिङ खेलस्थल) निर्माण कार्य सुरु गरिएको छ। अन्तर्राष्ट्रिय स्केटिङ संघको आह्वान र क्षेत्रीय खेलकुद विकास समितिको सहकार्यमा पार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लागिएको हो।

भुक्तानीको माग्दै किसानले गरे उद्योगमा तालाबन्दी

रौतहटको गरुडास्थित श्री राम सुगर मिल्समा किसानहरुले विहीवार तालाबन्दी गरेका छन् । ३२ करोडभन्दा बढी भुक्तानी दिनेतर्फ उद्योगले कुनै चासो नदेखाएपछि भुक्तानीको माग गर्दै किसानहरुले उद्योगको विभिन्न विभागमा तालाबन्दी गरेका छन् ।

बेगनास तालमा पम्प स्टोरज जलविद्युत् आयोजना बन्दै

नेपालमा पहिलोपटक पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको छ। नेपाल विद्युत् प्राधिकरणले कास्कीको पोखरा लेखनाथ महानगरपालिमा पर्ने बेगनास र रुपा तालमा नेपालकै पहिलो पम्प स्टोरेज जलविद्युत् आयोजना निर्माण गर्ने योजना अगाडि सारेको हो।

संघीय गठबन्धनद्वारा बन्दसहित अान्दोलनका कार्यक्रम घोषणा

मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले चैत २९ गते दर्ता गराएको नयाँ संविधान संशोधन विधेयकको विराध गर्दै गठबन्धनले वैशाख ५ गतेदेखि ३१ गतेसम्म चरणबद्ध आन्दोलनको घोषणा गरेको हो।

मूर्तिलाई बन्दी बनाउनू

एक जना कपडा व्यापारी ५० थान कपडा लिएर अर्कै नगरमा बेच्न गइरहेको थियो। बाटोमा थकाइ मार्न ऊ रुखमुनि बस्यो। त्यही रुखको छायाँमा भगवान बुद्धको मूर्ति पनि थियो। त्यही मूर्तिछेउमा थकाइ मार्दामार्दै व्यापारीलाई कुन बेला निद्रा लाग्यो, पत्तै भएन।

अनुगमन टोलीद्वारा नयाँ वानेश्वरको मालिका स्टोर सिलबन्दी

अनुगमनका क्रममा दिइएको निर्देशन पालना नगरेको भन्दै नयाँ बानेश्वरमा रहेको मालिका स्टोरलाई सिलबन्दी गरिएको छ।

महिला घरको बन्दी होइन

नेपाली समाजमा घरपरिवार चलाउने जिम्मेवारी प्रायः महिलाकै काँधमा हुन्छ । श्रीमतीले राम्रोसँग घरव्यवहार धानिदिएपछि नै श्रीमान्ले आफ्नो पेशा तथा व्यवसायमा उन्नति गर्न सकेका हुन्छन् ।

चम्किरहेछ बन्दीपुर

नेपालीको मनमा लोकप्रिय गन्तव्यका रूपमा बन्दीपुर सूचीकृत भइसकेको छ । त्यसैले त ‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुरमा विदेशीभन्दा नेपालीको बढी भीड लाग्छ । त्यहाँ बजारमा नेवार शैलीका घर छन् ।

कश्मिरमा भीषण हिमपात, जनजीवन कष्टकर बन्दै

कश्मिरमा भएको भीषण हिमपात र पहिरोमा परी ४ सुरक्षाकर्मीको मृत्यु भएको छ भने कैयाैँ घाइते भएका छन्। कश्मिरको राजधानी श्रीनगर वरिपरिका अधिकांश भाग डुबान परेको भारतीय सञ्चार माध्यमहरूमा उल्लेख छ ।

सुटिङ स्थल बन्दै भोटेचौर

पारितिर शिवपुरी निकुञ्जको हरियो वन, वारितिर अर्को पहाड। त्यसैको बिचमा छ सिन्धुपाल्चोकको भोटेचौर चियाबगान। 'मिनी इलाम' को रुपमा परिचित यो स्थानका सानाठूला थुम्काका वरिपरि चियाका बुट्यान छन्। केही दिनयता निरन्तर पानी परेपछि हरिया मुना पलाउँदा यो स्थान झनै सुन्दर देखिएको छ।

डम्पिङ साइट बन्दै वनक्षेत्र

सम्बन्धित निकायले फोहोर व्यवस्थापनमा चासो नलिँदा ललितपुरका वनमा प्लाष्टिजन्य फोहर थुप्रिन थालेको छ। बुङमति, खोकना, लूभु, लामाटार, चापागाउँ, ठेचो, गोदावरी, हरिसिद्धि, ठैव, गोदामचौर, विशंखुनारायण र धापाखेल क्षेत्रका वन अहिले  डम्पिङ साइटमा परिणत भएका छन्।

महिलालाई महिनावारी बिदा दिने पहिलो पश्चिमा मुलुक बन्दै इटाली

इटाली छिटै कामकाजी महिलालाई आधिकारिक रुपमै महिनावारी विदा दिने पहिलो पश्चिमा मुलुक बन्दैछ। इटालीको तल्लो सदनमा यससम्बन्धी विधेयक दर्ता भएको छ। सो विधेयक पारित भए इटाली सरकार तथा निजी कम्पनीले महिला कामदारलाई महिनावारीको गाह्रो अवस्थाका लागि तीन दिन तलबी विदा दिनुपर्नेछ।

ब्राजिलको मासु १४ देशमा बन्देज

ब्राजिलको मासुलाई १४ ओटा देशमा अझै पनि बन्देज लगाइएको ब्राजिलका कृषी मन्त्रीले बताएका छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्