७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिलको मासु १४ देशमा बन्देज

रियो दि जेनेरियो – ब्राजिलको मासुलाई १४ ओटा देशमा अझै पनि बन्देज लगाइएको ब्राजिलका कृषी मन्त्रीले बताएका छन् ।

ती देशहरुले अझै पनि ब्राजिलको मासुलाई आशंकाको सूचीमा राखिरहेको उनले बताए। 

उनका अनुसार अल्जेरिया, बाहामास, मेक्सिको, मोरोक्को, कतार, जिम्बाबे लगायतले ब्राजिलको मासु आयातमा पूर्ण रुपमा निषेध गरेका छन् । 

त्यस्तै जापान, स्विजरल्याण्ड, भियतनाम, युरोपेली सङ्घ, दक्षिण अफ्रिका, युएइ, साउदी अरव, क्यानडा र पेरुले ब्राजिलको मासु निर्यात संवन्धी विवादित कम्पनीहरुको मासु आयात नगर्ने निर्णय कायमै राखेका छन् । 

केही समय अगाडि ब्राजिलका केही कम्पनीहरूले म्याद गुज्रिएका र खान नहुने मासु निर्यात गरेको भेटिएपछि ती देशहरूले मासु आयातमा बन्देज लगाएका हुन् । 

ब्राजिलका मासु निर्यात गर्ने २१ ओटा कम्पनीहरुले कृषी मन्त्रालयका अधिकारीहरुलाई ठूलो मात्रामा घुस खुवाएर मासु परिक्षणमा आखा चिम्लिने गराएका थिए । 

उनीहरूले पर्याप्त परिक्षण नगरी मासु निर्यात गरेकाले निर्यात गरिएको मासुको प्याकेटमा खान नहुने मासु भेटिएपछि अहिले सम्म पनि मासु निर्यातमा बन्देज भएको हो । रासस/सिन्ह्वा 

प्रकाशित: १७ चैत्र २०७३ १०:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App