७ आश्विन २०८१ सोमबार
image/svg+xml

माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरियोः अध्यक्ष दाहाल

जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताए। माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उनको भनाइ छ।

भारतको सकारात्मक धारणाकै कारण हामी अहिले यहाँ छौँः प्रचण्ड

‘नेपालको राजनीतिक शक्तिहरु, लोकतान्त्रिक राजनीतिक शक्तिहरु र हाम्रा छिमेकीहरु यो प्रक्रिया अगाडि आओस् भन्ने सहयोगको भावना नभएको भएपनि हामीले माओवादीले चाहेर मात्रै पनि यो ठाउँमा आउन सकिदैनथ्यो त्यो कुरापनि म सिन्सियर्ली राख्न चाहान्छु,' उनले भने, 'त्यो माओवादीले मात्रै चाहेर या त्यतिबेलामा सात राजनीतिक दलले मात्रै चाहेर मात्रै पनि त्यो सबै सहज ढंगले सम्पन्न हुन सक्दैनथ्यो। हाम्रा छिमेकीहरुको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपथ्र्यो, भयो। त्यसकारण हामी अहिले यहाँ छौँ।’

कर्णालीमा सत्ता राजनीति: अहिलेकै सरकारलाई निरन्तरता दिने माओवादी केन्द्रको निर्णय

प्रदेश कमिटी इन्चार्ज शक्तिबहादुर बस्नेतको अध्यक्षतामा दुई दिनसम्म बसेको प्रदेश कमिटी बैठकले वर्तमान पार्टी नेतृत्वकै सरकारलाई निरन्तरता दिने गरेर नेतृत्वलाई पहलकदमी गरिदिन अनुरोध गर्ने निर्णय गरेको हो।

एमाले–माओवादीलाई महाधिवेशनको चटारो

एमालेको महाधिवेशन मंसिरमा बुटवलमा हुने बताइएको छ। बुटवलबाट एमालेले पाँच वर्षका लागि चयन गर्नेछ। महाधिवेशनले नयाँ विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिवसहित २२५ केन्द्रीय सदस्य चयन गर्नेछ।

माओवादी केन्द्रको सम्मेलनको कार्यतालिका हेरफेर

यसअघि टोल सम्मेलन ६ कात्तिक, वडा सम्मेलन १३ कात्तिक, पालिका सम्मेलन ४ मङ्सिरमा सम्पन्न गर्ने तालिका बनाइएको थियो।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

राष्ट्रिय सम्मेलन तयारी, समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन सुदृढीकरणलगायत विषयमा छलफल गर्न राखिएको बैठकमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायत नेताहरू सहभागी छन्।

दसैँको मुखमा भएको दुर्घटनाको खबरले मर्माहत बनायोः प्रचण्ड

प्रचण्डले दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको नि:शुल्क उपचारका लागि सरकारसँग विशेष आग्रहसमेत गरेका छन्।

समय आएपछि मात्र निर्वाचन : अध्यक्ष दाहाल

“सरकारले हिजो मात्रै पूर्णता पाएको छ। सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शङ्का थियो। हिजोदेखि दुर्घटना टर्‍यो,” पूर्वप्रधानमन्त्री दाहालले भने, “अब समय अगावै निर्वाचन नहुने भएकाले ढुक्क रहन सबैलाई आग्रह गर्छु। सबै मिलेर काममा लाग्ने समय आएको छ। शङ्का हटाएर काममा जुटौँ।”

यस्ता छन् प्रधानमन्त्री देउवाका सारथी

मन्त्रिपरिषद्मा कांग्रेसबाट प्रधानमन्त्री, एक राज्यमन्त्रीसहित १० जना छन्। त्यस्तै माओवादी केन्द्रबाट एक राज्यमन्त्रीसहित ६ जना सरकारमा सहभागी छन्।

नेकपा मोओवादी केन्द्रले टुङ्ग्यायो तीन मन्त्री र एक राज्यमन्त्री

बैठकले माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ।

माओवादी केन्द्र सुनसरीमा चर्को विवाद : प्रदेश कार्यालय र धरानमा तालाबन्दी

विज्ञप्ती जारी गर्दै आफु एमालेमा नरहेको प्रष्टीकरण दिएपनि माओवादी नेताहरु नै उनी नेकपा विभाजनपछि रामबहादुर थापा बादलसँगै एमालेमा गएको बताउँछन्। उनलाई जिल्ला संयोजक बनाएकोमा सुनसरीमा माओवादी केन्द्रभित्र तीब्र असन्तुष्टि छ।

अनेरास्ववियूको अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई

सबै पात्रहरु समान हैसियतका छन, समान क्षमता राख्छन’, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले भने, ‘ती मध्येमा छनौट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको छ ।’

एमाले नेता, कार्यकर्तालाई फटाहाको संज्ञा दिँदै कार्यकर्तालाई दाहालको निर्देशनः एमालेसँग प्रतिवाद गरेर अघि बढ्नू

अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता गर्नु सही भएको पटक पटक दोहार्‍याए। तर केपी ओलीको जालझेल सहन नसकेपछि आफूहरुले पार्टी भित्रैबाट विद्रोह गर्नु परेको उनको भनाई थियो।

पूर्व माओवादीहरु एक हुनुपर्ने बेला आएकाे छ: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समूहमा रहेका पूर्व माओवादीहरु एक हुनुपर्ने आवश्यकता रहेको बताएका छन्।

आत्मसमर्पणभन्दा लडाइँ रोजें : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाको विघठनपछि आफू केपी शर्मा ओलीसामू आत्मसर्मपण गर्ने कि लडाइँ लड्ने भन्ने दोधारमा परेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्