७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

अनेरास्ववियूको अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई

नेकपा (माओवादी केन्द्र)ले पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ।  पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको हो।

‘विद्यार्थीको राष्ट्रिय सम्मेलन चलिरहेको छ। त्यसको नेतृत्व चयनको विषय थियो। त्यसमा हामीले सम्भावित सबै पात्रहरु अहिलेको उपाध्यक्षदेखि हटनेसम्मका सबैबारे छलफल गरियो। सबै पात्रहरु समान हैसियतका छन, समान क्षमता राख्छन’, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले भने,  ‘ती मध्येमा छनौट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको छ ।’

बैठकमा पार्टीको विशेष प्रदेश कमिटी ९१ जनाको बनाउने प्रस्ताव पनि गरिएको छ। सो प्रस्ताव नेताहरुलाई अध्ययनका लागि दिइएको र अव बस्ने अर्को स्थायी कमिटीले बैठकले त्यसबारे निर्णय गर्ने पनि प्रवक्ता महराले बताए। बैठकमा सरकारका सहभागी हुने नेताहरुको बारेमा भने छलफल नभएको माओवादी केन्द्रले जनाएको छ।

प्रकाशित: १६ आश्विन २०७८ १४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App