७ आश्विन २०८१ सोमबार
image/svg+xml

उपत्यकामा झाडापखाला फैलिन सक्ने

काठमाडौं उपत्यकामा बर्सेनि देखा पर्ने गरेको झाडापखाला यसपालि पनि बिस्तारै देखिन थालेको छ।

भग्वान भेट्ने आशमा ठगिएका भन्छन्: ‘सुन,पैसा नदिए शिवजी खुसी हुँदैनन्, तिमीहरू मर्छौं’ भनेर तर्साए

उनले भनिन्, ‘मैले पनि विश्वासमा दिएँ र श्रीमान्को आयु ७८ वर्षसम्मको गाँसिदिएको छ भन्यो तर पछि थाहा भयो त्यो ठगी रहेछ।’ अर्का पीडित धनबहादुर दियालीले पनि विश्वकर्माले ठगिरहेको आरोप लगाए। ‘सुन, पैसा नदिए शिवजी खुसी हुँदैनन्, तिमीहरू मर्छौं’ भनेर तर्साएर ठगी गरेको बताए।

उपत्यकामा दशैँ लक्षित खसी-बोका भित्रिन थाले

कोरोना संक्रमणको जोखिम कम भए सँगै खसी-बोका किन्नेको भीड बढ्न थालेको हो। कोरोना संक्रमण फैलनु अघिका वर्षझैँ पर्याप्त मात्रामा खसि बोका नआएको कारण मुल्यमा वृद्धि भएको छ।

उपत्यकामा भेरोसेल खोप लगाउनेको भिड

यसअघि छुटेका ५० वर्ष वा त्यसभन्दा माथि सबै उमेर समूहका नागरिकले खोप लगाउन पाउनेछन्।

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा सुरु गरेपछि ४० प्रतिशतले कोरोनाको दुवै डोज खोप लगाएका हुन्।

उपत्यकामा हट्यो निषेधाज्ञा व्यवसाय चलाउन पाइने

काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले झन्डै पाँच महिनादेखि जारी निषेधाज्ञा हटाउँदै फिल्म हल पनि खोल्ने आदेश जारी गरेका छन्। बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको स्वरूप परिवर्तन गर्दै भदौ १७ गतेदेखि लागू हुने गरी उपत्यकाका फिल्म हल पुनः सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

भोलिदेखि उपत्यकामा थुप्रिएको फोहोर उठाइने

काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ।

उपत्यकामा फोहाेर थुप्रियो

काठमाडौँमा फोहाेर थुप्रिएपछि महानगरवासी समस्यामा परेका छन्। गत सोमबारदेखि थुप्रिएको फोहाेर व्यवस्थापनको निकास अझै निस्किएको छैन।

राति ८ बजेपछि गाडी चलाउन रोक

चोक/खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न, सभाजुलुस, जात्रा महोत्सव, भोज भतेरलगायत गर्न गराउन रोक लगाइएको छ। पुजारीबाट हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइनेछैन। शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन पाउने छैनन्।

उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाइँदै

उनले अति आवश्यक नपरी हर्नको प्रयोग नगर्न पनि अनुरोध गरेका छन्। यसरी प्रयोग गरेको पाइएमा कारबाहीको दायरामा ल्याइने जनाइएको छ । अनावश्यकरूपमा हर्न बजाउँदा ध्वनि प्रदूषण हुनेछ।

उपत्यकामा सङ्क्रमण बढेसंगै अस्पताल भरिए

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन्। पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा केही दिनयता दिनहुँजसो बिरामी बढेका हुन्।

उपत्यकामा निषेधाज्ञा खुकुलो, एक साता थप

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बिएको छ। आइतबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले निषेधाज्ञा एक साता लम्ब्याउने तर केही खुकुलो गर्ने निर्णय लिएको हो। पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि सोमबार राति १२ बजे सकिँदैछ।

उपत्यकामा निषेधाज्ञा खुकुलो, निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू

काठमाडौं उपत्यका थप एकसाता निषेधाज्ञा थप्ने निर्णय भएको छ। आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

उपत्यकामा एक साता निषेधाज्ञा थप

खाद्यान्न, तरकारी, पुस्तक पसल बिहान ११ बजेसम्म, हार्डवेयर पसल अपराह्न ४ बजेपछि र वर्कसप राति ९ बजेसम्म खोल्न पाइने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्