६ आश्विन २०८१ आइतबार
image/svg+xml

चीनमा बिचल्लीमा परेका ४४ महिला फर्किदै

चीनमा अलपत्र परेका ४४ नेपाली महिला साढे दुई महिनापछि नेपाल फर्कने भएका छन्। चीन पठाएको कम्पास मेनपावरले नेपालबाट हवाइ टिकट पठाएपछि उनीहरू शनिबार चीनबाट नेपाल फर्कन लागेका हुन्

कुबेतमा बिचल्लीमा परेकी महिला नेपाल फिर्ता

दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट, महाकाली गाउँपालिका (साबिक) वडा नं ८ की अनु तामाङलाई नेपाल फर्काइएको छ । राम्रो काम लगाइदिने आशमा ६ महिनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी तामाङ आफूले केही दिनअघि शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो सामाजिक सञ्जालमार्फत गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको थियो ।

बिचल्लीमा परेका महिलालाई चीनमै काम गर्न ‘दबाब’

चीनको उत्तरपूर्वमा पर्ने ल्याउनिङ प्रान्तस्थित तानतोङ सहरस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न भनेर मे १२ तारिख र ३१ तारिखमा दुई चरणमा ४९ नेपाली महिला ल्याइएका थिए।

हावाहुरीले दर्जनौंको बिचल्ली

गएराति आएको हावाहुरीका कारण कैलालीमा कयौँ परिवारको बिचल्ली भएको छ। हावाहुरीले घरका छाना उडाइ पीडित भएकालाई राहत वितरणमा ढिलाई हुँदा कैयौँ परिवारको बिचल्ली भएको हो।

हुरीपीडितको बिचल्ली

सरकारले घर निर्माण गरिदिने खबर सार्वजनिक भएसँगै हौसिएर घर भत्काएका हुरीपीडित निर्माण गर्ने भनिएको घर संख्या कटौती भएपछि बिचल्लीमा परेका छन्। सरकारबाट घर निर्माण हुने विवरणमा नाम आएपछि धेरै पीडितले अांशिक क्षति भएका घर पनि भत्काएका थिए। तर अहिले आएर घर निर्माण कार्य रोकिएपछि हुरीपीडित समस्यामा परेका हुन्।

काम र दाम नपाउँदा साउदीमा ३८ नेपालीको बिचल्ली

सम्झौता अनुशारको काम र दाम नपाउँदा साउदीअरब पुगेका ३८ नेपाली अलपत्र परेका छन्। बैदेशिक रोजगारका सिलसिलामा ऋण काढेर गत २०७४ साल फागुन १ गते साउदीअरब पुगेका खोटाङका १३ सहित ३८ नेपाली अलपत्र परेका हुन्।

छोरा साउदीको जेलमा परेपछि आमा बुबाको बिचल्ली

आर्थिक अवस्था ज्यादै नै कजोर भएकै कारण परिवार पाल्न निकै गाह्रो हुने देखेर जलेश्वर नगरपालिका ३ खैरा टोलका ५१ वर्षीय रामपरिक्षण साह रोजगारीका लागि साउदी अरव गए ।

हात्ती पीडितको बिचल्ली

विगत १७ वर्षको अवधिमा हात्ती आक्रमणबाट ३६ जनाको ज्यान गएको छ । गत वर्ष मात्र जंगली हात्तीको आक्रमणमा परी मध्यवर्तीका ६ जनाको ज्यान गएको थियो ।

राहत वितरणमा ढिलाइ हुँदा पीडितको बिचल्ली

पशुपंक्षी विकासमन्त्री शन्तराम थारुको नेतृत्वमा बनियाभारको रामपुर, पदनाहा पञ्चजन्य उमावि, मधुवनको त्रिभुवन उमावि, सूर्यपटुवामा हेलिकोप्टरमार्फत सोमबार प्रारम्भिक  राहत वितरण गरिएको छ।

बाँकेमा बाढी पीडितको बिचल्ली, अवरुद्ध राजमार्ग अझै खुलेन

वर्षा नरोकिँदा बाँकेका विभिन्न ठाउँ थप डुबानमा परेका छन्। शुक्रबार राति परेको वर्षापछि आएको बाढीले पुर्‍याएको क्षति संकलन गर्न नपाउँदै शनिबार रातिदेखि परेको वर्षाले थप डुबान गरेको छ। राप्ती नदी र विभिन्न खोलामा आएको बाढीले बाँकेका अधिकांश गाउँ डुबानमा छन्।

विदेशियका श्रीमानको मृत्युपछि श्रीमतीको बिचल्ली

श्रीमानले विदेशबाट पैसा कमाएर ल्याएपछि सुखको जीवन बिताउने आशामा रात काटिरहेकी घर्तीगाउँ–७ रोल्पाकी बुद्धमाला विकलाई २०७३ कात्तिक २० गते अकल्पनीय बज्रपात आइलाग्यो । पैसा कमाउन गएका श्रीमान्ले खाडीमै मृत्युवरण गरे भन्ने अशुभ समाचार सुनेपछि उनी मुर्छित भइन् ।

परिवारले नस्विकार्दा आमाछोराकै बिचल्ली

हिन्दू संस्कारअनुसार शिशु जन्मेको ११ दिनमा न्वारन गरी नाम राख्ने परम्परा छ। यहाँ भने जन्मेको १८ महिना हुँदा समेत एक बालकको न्वारन हुन सकेको छैन। जन्मदिने बाबुले स्वीकार नगर्दा बाग्लुङ, मल्म– ७ का प्रतीक्षा पुन थापाले जन्माएको बालकको न्वारन हुन नसकेको हो।

विकास बजेटको बिचल्ली

विकास बजेटको बिचल्ली हुनु हाम्रा लागि अब नयाँनौलो घटना रहेन । यसै सेरोफेरोमा सोमबार प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समिति अध्यक्ष पुष्पकमल दाहालले समितिको बैठकमा विकास खर्च बढाउन सम्बद्ध मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई निर्देशन दिए ।

घर झगडाले पत्नी अस्पताल, पति हिरासतमा, सन्तानको बिचल्ली

बाउ–आमाको आपसी झगडाका कारण सन्तानले कति दुःख पाउनुपर्छ भन्ने उदाहरण यहाँको एक घट्नाले देखाएको छ। दुई साताअघि पतिको कुटाईबाट बेहोस भएकी जिल्लाको भलायडाँडाँ गाविस–३ की सरिता मोतेको अहिलेसम्म होस् खुलेको छैन। उनका पति प्रहरी नियन्त्रणमा छन्। आमा–बुबाको सहारा नपाएपछि तीनजना सन्तानको बिचल्ली भएको छ।

आमाको हत्या गरी बाबुले आत्महत्या गरेपछि छोराछोरीको बिचल्ली

घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन्। बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले आफ्नी २५ वर्षीया श्रीमती बिन्दु बोहराको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्