२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

उच्च अदालत विराटनगरमा दुई हजार मुद्दा फर्छ्याेट

उच्च अदालत विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा दुई हजार चार सय ८२ थान मुद्दा फर्छ्याेट गरेका छ। अदालतले गत आवमा दर्ता भएका तीन हजार ४ सय ६८ र जिम्मेवारी सरेका ९ सय ५६ गरी जम्मा चार हजार ४ सय २४ मुद्दामा ५६ प्रतिशत मुद्दा फछ्र्योट गरेको अदालतका रजिष्ट्रार ठगेन्द्र कट्टेलले जानकारी दिए।

फरार न्यौपानेलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

चोरी मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सोमबार प्रतिवादी नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो।

आत्महत्या दुरुत्साहनको आरोपमा मुद्दा दर्ता

आत्महत्या दुरुत्साहनको आरोपमा यहाँ एक युवाविरुद्ध मुद्दा दर्ता भएको छ। चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा स्थानीयवासी युवराज कार्कीविरुद्ध मुद्दा दर्ता गरिएको हो।

लामिछानेसहित तीन जनाविरुद्ध मुद्दा दर्ता, बयान सुरु

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले नियन्त्रणमा लिएका सञ्चारकर्मी रवी लामिछानेसहित तीन जनाविरुद्ध आइतबार मुद्दा दर्ता गरिएको छ। मुद्दा एक नम्बर इजलासमा रहेका न्यायधीश हेमन्त रावलले हेर्ने तय भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले जानकारी दिए। लामिछानेसहित युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीलाई आत्महत्या दुरुत्साहन अन्तर्गत मुद्दा दर्ता गरिएको हो।

बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता

ओखलढुङ्गाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ। जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो। वडा सचिव कट्वाल सुनकोशी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन्।

करोडौँको राजस्व छलीमा १५ जना विरुद्ध मुद्दा

सरकारी कर्मचारीकै मिलेमतोमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरी करोडौँ राजस्व छली भएको पाइएको छ। राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी खडा गरी केही व्यवसायीले सरकारी कर्मचारीको मिलेमतोमा ठूलो रकम राजस्व छली गरेको जनाएको छ।

चोरी मुद्दाका दोषी जेल चलान

खोटाङमा चोरी मुद्दामा छ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेर जेल चलान गरिएको छ। २०७० साल असार २४ गते जिल्ला अदालत खोटाङबाट चोरी मुद्दामा एक महिना कैद र दुई हजार जरिवाना हुने सजाय तोकिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १८ वर्षीय ईन्द्रबहादुर बिश्वकर्मालाई पक्राउ गरेर कारागार चलान गरिएको हो।

दुई हजार घुससहित प्रहरी जवान पक्राउ, विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार घुस रकमसहित एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्रक तथा टिप्परबाट रकम असुल्लेको आरोपमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले हिगुवापार्टी ट्राफिक पोष्ट काभ्रेका प्रहरी जवान तेजप्रसाद भट्टराईलाई दुई हजार घुससहित रंगेहात पक्राउ गरेको हो।

बलात्कार मुद्दा चल्दाचल्दै फेरिन्छ बयान

सुरुमा मुद्दा हाल्ने तर पछि आर्थिक लेनदेनमा केस टुंग्याउनुपर्छ भन्ने मानसिकताले काम गर्दै जान्छ। रकम बार्गेनिङमा सहमति भयो भने अदालतमा बयान फेरिन्छ अनि दोषीले सफाइ पाउँछन्।

घुस मागेको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका सिरहाका इञ्जिनीयर जगदीशप्रसाद साह र सवइञ्जिनीयर उमा श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रदेश सरकारविरुद्ध आठ मुद्दा

मुख्यन्यायधिवक्ताको कार्यालयले कर्णाली प्रदेश सरकारलाई विपक्षी बनाएर विभिन्न अदालतमा आठ मुद्दा परेका जनाएको छ। स्थानीय र सङ्घीय सरकारसँगै अन्य निकायलाई विपक्षी बनाइ दायर भएका ती मुद्दामा प्रदेश सरकारलाई पनि विपक्षी बनाइएको हो।

उहिले चौतारीमा मिल्ने मुद्दा न्यायिक समितिमा, कानूनी ज्ञान नहुँदा समस्या

उहिले गाउँमा भद्रभलादमीले चौतारीमा बसेर झगडियाको विवाद मिलाउथे। आज गाउँपालिकाको कार्यालयमा रहेको गतिलो सोफामा बसरे झगडियाको विवाद मिल्छ। फरक यत्ति हो। ठाउँ बदलिए पनि प्रक्रिया भने बदलिएको जस्तो लाग्दैन।

बलाल्कार मुद्दा खारेजीले राहत

पर्याप्त प्रमाण नभएको भन्दै ब्राजिलको अदालतले बलात्कारको आरोप खारेज गरेको विषयलाई उद्धृत गर्दै ब्राजिलका फुटबलर नेइमारले राहत मिलेको बताएका छन्। पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डलाई यसअघि बलात्कारको आरोप लागेको थियो।

बलात्कार घटनामा मुद्दा चल्दाचल्दै फेरिन्छ बयान

२०७५ फागुन २ गते राति एक प्रहरी हवल्दार तुलसीपुर फूलबारीस्थित एक महिलाको घरमा प्रहरी पुगे । पानी पिउने बहानामा उक्त घरमा पुगेका इप्रका फूलबारीमा कार्यरत एक प्रहरी हवल्दारले घरमा रहेकी एक महिलालाई बलात्कार गरे । प्रतिकार गर्न खोज्दा घाँटी र गालामा चोट लागेकी ती महिलाले बलात्कारी प्रहरी हवल्दारविरुद्ध फागनु ३ गते उजुरी हालिन् ।

प्रधानमन्त्रीलाई अवहेलना मुद्दा, फैसलाको फाइल साथै राख्न आदेश

फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्षभन्दा बढी बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ। अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे, भूमि मन्त्रालयका सचिव सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसिहत ९ जनालाई विपक्षी बनाएर अवहेलना मुद्दा दायर गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्