coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

नेपालमै अक्सिजन सिलिण्डर बनाउन सक्ने प्रविधिको सफल परीक्षण

ललितपुरमा रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिण्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन गर्ने प्रविधिको परीक्षण गरेको हो।

डब्ल्यूएचओ भन्छः नेपालकाे अवस्था चिन्ताजनक, आपत्कालीन सहयोगकाे आवश्यक

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले नेपालको अवस्था भयावह र चिन्ताजनक भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।

अस्पतालमा अक्सिजन अभाव : चिकित्सक भन्न थाले अब भगवान भरोसा !

नेपालमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले दिनानुदिन उग्ररुप लिँदै छ। महामारी तीव्र भएसँगै अस्पतालहरुमा अक्सिजनको अभाव पनि उत्तिकै देखिएको छ। कोरोना संक्रमण महामारीको बेला अन्य अस्पतालहरुजस्तै काठमाडौंको वीर अस्पतालमा पनि अक्सिजनको चरम अभाव भएको अस्पतालका कर्मचारी बताउँछन्।

सुदूरपश्चिममा कोरोनाः युवा संक्रमित बढी

नयाँ भेरियन्टसहितको कोरोना भाइरस भित्रिएसँगै सुदूरपश्चिममा संक्रमणको दर बढ्दो छ। त्यसमा पनि युवाहरुमा संक्रमण दर उच्च रहेको तथ्यांक सार्वजनिक भएको छ।

नगरको सरकारी कार्यालयको सेवा बन्द गर्ने निर्णय

नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले स्वास्थ्य संस्था बाहेक सबै सरकारी कार्यालयको सेवा बन्द गरेको छ ।

निषेधाज्ञामा निःशुल्क शव ढुवानी र आर्थिक सहायता नरोकिने

नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ।

पशुपति क्षेत्रका सबै मन्दिर भोलिदेखि बन्द गरिने

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ।

विवाहमा २५ जनाभन्दा बढी सहभागी हुन नपाइने

नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय म्याग्दीले सामाजिक तथा धार्मिक गतिविधिमा समेत कडाइ गरेको छ। बुधबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले विवाह, व्रतबन्ध, पास्नी, न्वारान, धार्मिक अनुष्ठान, मलामी तथा अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्