सांसद विकास कोष यथावत्, अशक्त,अपांगको भत्ता कटौती
सामाजिक सुरक्षा नियमावली २०७६ कार्यान्वयनमा आएमा ६० वर्ष नपुगेका एकल महिला र निलो कार्डधारी अपांगता भएकासमेत गरी दुई लाख ३६ हजार व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनेछन् ।
सामाजिक सुरक्षा नियमावली २०७६ कार्यान्वयनमा आएमा ६० वर्ष नपुगेका एकल महिला र निलो कार्डधारी अपांगता भएकासमेत गरी दुई लाख ३६ हजार व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनेछन् ।
नेपाल सरकारले सामाजिक सुरक्षाभत्ता कटौती गर्ने निर्णय गरेको भन्दै खोटाङका अपंगता भएका व्यक्तीले असन्तुष्टी जनाएका छन् । निलो कार्ड प्राप्त ‘ख’ वर्गका अपांगता भएका व्यक्ती अर्थात अतिअशक्त अपांगता भएका व्यक्ती र एकल महिलाले पाउँदै आएको सामाजिक सुरक्षाभत्ता कटौती गरेको भन्दै जिल्लाका अपांगता भएका व्यक्ती असन्तुष्ट बनेका हुन् ।
जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायका मुखिया वीरबहादुर शाहीको नौ जनाको परिवार छ। मुखिया वीरबहादुरसहित तीन छोराको कमाईले उनको चुल्होमा आगो बल्छ। श्रीमतीलाई चार छोराछोरी स्याहार्न र खाना पकाउन ठिक्क हुन्छ। कोरोना संक्रमण रोक्नका लागि भइरहेको बन्दाबन्दी (लकडाउन) का कारण उनको परिवार अहिले संकटमा छ।
बैतडीको दशरथचन्द नगरपालिकाले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् । लकडाउनका कारण एक ठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले घरदैलोमा कर्मचारी र जनप्रतिनिधि पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको उनले बताइन् ।
एकल महिलाले मात्र होइन, एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्।
कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा एक वृद्धासँग वृद्धभत्ता रकम ठगेर लगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका–४ चनइ बस्ने ४५ वर्षीय अमिन मिया रहेका छन् । मियाले ३ दिनअघि शिवराज–६ सुगानगर की ७८ वर्षीया तिर्था यादवको १२ हजार वृद्धाभत्ताको रकम ठगेर लगेका थिए ।
लकडाउनको मारमा परेका आफ्ना नागरिकलाई सिरहाको सुखीपुर नगरपालिकाले राहतसँगै सामाजिक सुरक्षाभत्ता घरघरमै पुगेर वितरण गर्न शुरु गरेको छ।
जिल्लाका नौवटै स्थानीय तहले कोभिड–१९ को विरुद्ध परिचालन हुने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलबबाहेक जोखिम भत्तासहित बीमा सुविधा प्रदान गर्ने जनाएका छन्।
सरकारले पहुँच र प्रभावका आधारमा प्रभावशाली मन्त्रालय तथा निकायमा कार्यरत कर्मचारीलाई दिँदै आएको अतिरिक्त भत्ता रोक्ने भएको छ।
लकडाउनको कारण समाजिक सुरक्षा भत्ता लिने स्थानीय वडा कार्यालयसम्म जान समस्या हुने भन्दै मेलौली नगरपालिकाले घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ। नगरपालिकाकाका वडा कार्यालयमार्फत घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको उपप्रमुख राधा ओझाले बताइन्।
नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्यहरूले कोरोना भाइरसको संक्रमणविरुद्ध उभिने स्वास्थ्यकर्मीसहितका सबैलाई आर्थिक सुरक्षा र प्रोत्साहनस्वरुप बिमा र यथेष्ट भत्ताको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले स्वयंसेविकाहरुलाई ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ। स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएका उनीहरुको कार्यमा उत्साह थप्न गाउँपालिकाले सो रकम प्रदान गर्ने निर्णय गरेको हो।
यहाँको दुधौली नगरपालिकाले दुई महिनाको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको छ।
कोरोना भाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन्।
बबजेट एकदमै कम खर्चेका स्थानीय तह र अन्य सरकारी निकायले इन्धन खर्च, अनुगमन भत्ता, दैनिक भ्रमण भत्ता भने प्रशस्त खर्च गरेका छन्। बजेट पेन्डिङमा राखिए पनि कर्मचारी र जनप्रतिनिधिले भ्रमण भत्ता र अनुगमन भत्ता भने पटकपटक लिएका छन्।