४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्वास्थ्यकर्मीको मनोबल बढाउन कांग्रेसको माग

काठमाडौं - नेपाली कांग्रेसका युवा केन्द्रीय सदस्यहरूले कोरोना भाइरसको संक्रमणविरुद्ध उभिने स्वास्थ्यकर्मीसहितका सबैलाई आर्थिक सुरक्षा र प्रोत्साहनस्वरुप बिमा र यथेष्ट भत्ताको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै उपचारमा संलग्न स्वास्थकर्मीको मनोबल उच्च राख्न आग्रह गरेका हुन्।

‘आफ्नो जीवनलाई उच्च जोखिममा राखेर जनसेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सम्बन्धित सबै व्यक्तिहरूको बारेमा सरकार गम्भीर र जिम्मेवार बन्नुपर्छ,’ उनीहरूले भनेका छन्, ‘सुरक्षाकर्मीहरूको तलब कटाउने कार्य सर्वथा अनुचित छ। सरकारको यो निर्णयले यस अभियानमा लागेका सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याएको छ।

’परीक्षणको दायरालाई फरोकिलो बनाउन सुझाउँदै उनीहरूले भनेका छन्, ‘कोरोना भाइरसबाट संक्रमित व्यक्तिको पहिचानका लागि आवश्यक पर्ने परीक्षणका लागि चाहिने परीक्षण किट, पिपिईलगायत स्वास्थ्य उपकरण तथा सामग्रीको  बन्दोबस्त गरिनुपर्छ, जसका कारण कोरोना नियन्त्रण अभियानमा कुनै कारणले अवरोध उत्पन्न नहोस्।’

प्रकाशित: २८ चैत्र २०७६ ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App