१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सूचना आयोग पदाधिकारी सिफारिसविरुद्ध रिट

उपसमामुख शिवमाया तुम्बाङ्फेको अध्यक्षतामा राष्ट्रिय सूचना आयोगका लागि प्रमुख सूचना आयुक्तसमेत नाम सिफारिस गर्नु कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

महराद्वारा उच्च अदालतमा निवेदन दर्ता

निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन्।

रूपज्योतिविरुद्धको जाहेरी फिर्ता लिन निवेदन

रूपज्योतिको मुद्दा अदालतमा दर्ता भइसकेको छैन। दुवै पक्षले मिलापत्र गर्न चाहे मुद्दा दर्ता भइसकेको हुनुपर्ने कानुनी व्यवस्था छ।

महानगर न्यायिक समति: कोठा खाली गराई पाउन धेरै निवेदन

न्यायिक समितिका सदस्य सरोज ढकालले वडाले पनि मुद्दाको सुनुवाई गर्ने भएकाले महानगरमा कम मात्रामा मुद्दा दर्ता हुने गरेको बताए।

लोकसेवाको निवेदनमाथि सुनुवाइ आइतबार

सर्वत्र चासोको विषय बनेको लोकसेवा आयोगको विज्ञापनसम्बन्धी रिट निवेदनमाथिको निर्णयका लागि आइतबारका लागि सरेको छ । बुधबार कुनै पनि निर्णय नभएपछि सबै पक्षलाई उपस्थिति बनाउने गरी आइतबारका लागि पेसी तोकिएको हो ।

दल दर्ताका लागि समाजवादी पार्टीले आयोगमा दियो निवेदन

नवगठित समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार अपरान्ह निर्वाचन आयोगमा पुगी दल दर्ताका लागि निवेदन दिएका हुन्।

हवाई रुट कायम गराउन आइकाओमा संयुक्त निवेदन

झण्डै पाँच वर्षदेखि नेपालले भारतसँग नेपालगन्ज, महेन्द्रनगर, जनकपुर र विराटनगरमा हवाई रुट थप्न सहमति दिन माग गर्दै आएको थियो। रुट थप्न सहमति नदिँदा २०७६ जेठबाट सञ्चालनमा आउने निर्माणधिन भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमै अन्योल भएको थियो।

वन र खेत मासेर सडक नबनाउन भन्दै निवेदन

खोटाङको बराहपोखरी गाउँपालिका–१ वडा कार्यालयले सामुदायिक वन तथा खेतीयोग्य जमिनलाई क्षति पुर्‍याएर सडक निर्माण गरेको भन्दै खोटेहाङ गाउँपालिका–७, लिच्किराम्चे कालापानीका बासिन्दाले विरोध गरेका छन्। यसरी क्षति पुर्‍याएर बराहपोखरी–रुम्दु–अजिंगरे सडक निर्माण सुरु गरिएको भन्दै विरोध भएको हो।

थुनामुक्त भएपछि मनाङेले दिए सपथग्रहणका लागि निवेदन

सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डानाईके राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणको लागि निवेदन दिएका छन्। मनाङेले विहिबार एक अर्का व्यक्ति मार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन्।

उपकुलपतिको लागि २२ को दाबेदारी

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदको लागि आइतबारसम्ममा २२ जनाको निवेदन परेको छ। अन्तिम दिन गत आइतबारसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवदेन परेको हो।

जिल्लाको आदेशविरुद्ध ३० जनाले दिए उच्च अदालतमा निवेदन

साँढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा संलग्न रहेको आरोपमा जिल्ला अदालत मोरङले दिएको आदेश विरुद्ध ३० जनाले उच्च अदालत विराटनगरमा निवेदन दिएका छन्। हालसम्म जिल्लाको आदेश चित्त नबुझी उच्च अदालतमा १७ नम्बर बमोजिम निवेदन दिनेको संख्या ३० पुगेको उच्च अदालत विराटनगरले जनाएको छ।

सरिफको निवेदनमाथि सुनुवाई हुने

पाकिस्तानको उच्च अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफद्वारा पुनरावेदन गरिएको एभेनफिल्ड अपार्टमेन्ट भ्रष्टाचार मुद्दामाथि सुनुवाई गर्ने भएको छ।

नेपालगन्ज–दिल्ली उडान गर्न बुद्धको निवेदन

निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले नेपालगन्ज विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसमक्ष निवेदन बुझाएको छ।

दाहालको जनसम्पर्क कार्यालयमा अर्बौंका योजना माग गर्दै निवेदन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँ बराबरका योजना माग गर्दै निवेदन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्