७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

रूपज्योतिविरुद्धको जाहेरी फिर्ता लिन निवेदन

काठमाडौं - ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी रूपज्योतिविरुद्ध जाहेरी दिने बिजेन्द्रकृष्ण मल्लले उजुरी फिर्ता गरिपाऊँ भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन्। मल्लको निवेदनसँगै सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन महानगरीय प्रहरी परिसरमा फिर्ता पठाएको छ। यसअघि प्रहरीले रूपज्योतिको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

‘जाहेरवालाले उजुरी फिर्ता गरिपाऊँ भनी निवेदन दिनुभएको थियो। निवेदनका सन्दर्भमा आवश्यक अनुसन्धान गरी पठाउन प्रहरीमा सक्कल मिसिलसहित निवेदन पठाएका छौं,’ जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालले भने। कानुनअनुसार सरकारवादी मुद्दामा जाहेरी दर्ता भइसकेपछि फिर्ता हुँदैन। रूपज्योतिको मुद्दा अदालतमा भने दर्ता भइसकेको छैन। दुवै पक्षले मिलापत्र गर्न चाहे मुद्दा दर्ता भइसकेको हुनुपर्ने कानुनी व्यवस्था छ।

रूपज्योतिको मुद्दा अदालतमा दर्ता भइसकेको छैन। दुवै पक्षले मिलापत्र गर्न चाहे मुद्दा दर्ता भइसकेको हुनुपर्ने कानुनी व्यवस्था छ।

रूपज्योतिमाथि मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय सरकारी वकिलले नै गर्नुपर्ने कानुनी बाध्यता छ। मुद्दा नचल्ने निर्णय गरे निकासका लागि त्यसलाई महान्यायाधिवक्ता कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ। महान्यायाधिवक्ताको निर्णयपछि नचलाउने निक्र्योल गर्न सकिनेछ। मुद्दा दर्ता भयो भने अदालतमा थुनछेक बहसपछि प्रतिवादी र पीडितले मिलापत्रका लागि संयुक्त निवेदन दिन पाउनेछन्। दुवैको संयुक्त निवेदनपछि मिलापत्रको प्रस्ताव महान्यायाधिवक्तामा पठाउने व्यवस्था गरिनेछ। त्यसपछि महान्याधिवक्ताले मिलापत्रका लागि योग्य देखे मुद्दा टुंगिनेछ। मुद्दाको अवस्था, पीडितको मानसिकता हेरेर महान्यायाधीवक्ताले निर्णय गर्नेछन्। महान्यायाधिवक्तालाई चित्त नबुझे स्वीकृत नहुन पनि सक्ने व्यवस्था छ।

रूपज्योतिलाई दोस्रोपटक थपिएको म्याद सकिएको छ। शुक्रबार कि प्रहरीले म्याद थपेर उनलाई थप अनुसन्धानमा राख्नेछ कि अभियोगपत्र दर्ता गर्नुपर्ने बाध्यता छ भने अर्को हाजिर वा धरौटी जमानतमा छोड्न सक्ने व्यवस्था छ। एक सातादेखि प्रहरी हिरासतमा रहेका पूर्वअर्थ राज्यमन्त्रीसमेत रहेका रूपज्योतिले आफ्नो र छोरीको कुनै गल्ती नहुँदा पनि हिरासतमा राखिएको इजलाससमक्ष बताएका थिए।

घरनिर्माणका क्रममा ठगी गरेको आरोपमा अघिल्लो साता बिहीबार उनी पक्राउ परेका थिए। उनीसहित छोरी सुरुचिलाई अनुसन्धानका लागि दुईपटक गरी आठ दिन म्याद थपिसकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्यालले अनुसन्धानका लागि दोस्रोपटक थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अनुमति दिएको थियो।

आइतबार सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइएको थियो। उनले आफूले ठगी नगरेको दाबीसहित इन्कारी बयान दिएका थिए। उनले आफूले कुनै ठगी नगरेको र आफूमाथि अन्याय भएको म्यादथपका क्रममा न्यायाधीशसमक्ष गुनासो पोखेका थिए। जाहेरीवाला मल्ल घर निर्माणसम्बन्धी सम्झौता कार्यान्वयन नहुँदा आफ्नो एक करोड ३६ लाख रुपैयाँ रकम ठगी भएको दाबी गर्दै प्रहरीकहाँ पुगेका थिए। रूपज्योति सिंगापुरबाट काठमाडौं आउँदै गर्दा एयरपोर्टबाटै पक्राउ परेका थिए। ठगीकै आरोपमा उनकी छोरी पनि पक्राउ परेकी छन्।

रूपज्योतिले भने ठगिएको भनेजति सबै रकम जम्मा पारिसकेको अदालतमा बताएका छन्। उनले ज्योति परिवारको इज्जतमाथि बलात्कार भइरहेको न्यायाधीशसमक्ष बताएका थिए। आरोपितलाई एक साता हिरासतमा राखेर मुद्दा अनुसन्धानपछि दर्ता हुने क्रममा रहेका बेला मल्लले जाहेरी फिर्ताका लागि पहल थालेका हुन्।

प्रकाशित: २९ कार्तिक २०७६ ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App