२० आश्विन २०८१ आइतबार
image/svg+xml

हुरी पीडित ८ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बाराका हावाहुरी पीडित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। गएको चैत १७ गते आएको बिनाशकारी हुरीबाट पीडित देवताल गाउँपालिकाका दुई सामुदायिक विद्यालयका ८ सय ७७ विद्यार्थीलाई विश्व शान्ति महिला संघले शैक्षिक सामग्री बितरण गरेको हो।

काठमाडौंसहित देशभर हावाहुरीसहित वर्षा हुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै  मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ।

घरका लागि जग्गा छुट्ट्याउँदै सेना

हावाहुरीपीडितका क्षति भएको घरहरूमध्ये सेनाले एक हजार तीन सय ६२ वटा मात्रै निर्माण गर्ने भएकाले एक हजार एक सय ३१ वटा घर त्यसै रहने अवस्था छ।

हावाहुरी पीडितका लागि प्रदेश १ द्वारा एक करोड हस्तान्तरण

प्रदेश नं १ को सरकारले आफूले पहिले नै घोषणा गरेको बारा पर्साका हावाहुरी पीडितका लागि एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरे।

बुधबारसम्म हावाहुरीसहित वर्षा हुने सम्भावना

मध्य क्षेत्रका केही स्थानमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस मौसमी प्रणालीको प्रभावले पश्चिमबाट बादल आएर मौसममा बदली हुनुका साथै छिटफुट वर्षा भएको हो।

हावाहुरीका कारण प्रतिस्पर्धा बीचमै स्थगित

नारायणगढको क्याम्पाचौरमा जारी सिएमएस भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल हावाहुरीका कारण बीचमा नै स्थगित भएको छ। आइतबार भएको झापा–११ र च्यासल युथ क्लब बीचको दोस्रो क्वार्टरफाइनल प्रतिस्पर्धा दोस्रो हाफपछि स्थगित भएको हो।

मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर शनिबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेको छ। महाशाखाले ३ दिनको मौसमको पूर्वानुमानबारे जानकारी दिएको छ ।

डिसहोमको निःशुल्क सेवा

डिस मिडिया नेटवर्क लिमिटडले बारा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिएको जनाएको छ। कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका करिब पाँच सय घरधुरीमा हावाहुरीबाट अवरूद्ध टेलिभिजन सिंग्नल निःशुल्क सुचारू गरिदिएको हो।

कागजमा विपद् व्यवस्थापन

बारा र पर्सामा दोस्रो साता आएको भयंकर हावाहुरीले ठूलो जनधनको क्षति भएको छ, जुन हाम्रो पछिल्लो नियति हो। असिना–पानी र हुण्डरीले करिब ३ मिनेट गरेको ताण्डव नृत्यले बारा र पर्सामा २८ नागरिकको मृत्यु भएको छ, ठूलो संख्यामा घाइतेको उपचारपछि सामान्य हुँदैछन्।

सगरमाथा आधारशिविरबाट डेढ दर्जन टेन्ट उडायो

हावाहुरीले सगरमाथाको आधारशिविरबाट डेढ दर्जन पाल उडाएको छ। समुद्री चक्रवात फानी र पश्चिमी वायुका कारण बिहीबार बेलुका र शुक्रबार बिहान आएको हावाहुरीले क्याम्प टु र थ्रीमा रहेका पाल उडाएको नाम्चेबजारबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। क्याम्प टुमा हुरीले केही पाल उडाए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ।

मौसमः 'फानी'को प्रभाव नेपालमा पनि देखिने

शुक्रबारदेखि मौसममा बदली आउने भएको छ। देशको पूर्वी भूभागमा पूर्ण रुपमा बदली हुने र मध्य तथा पश्चिमी भागमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

'हेर्दाहेर्दै विद्यालयको छानो आकाशमा नाचिरह्यो'

दिउँसोको १२ बजेको थियो। कक्षामा पढाइ भइरहेको थियो। एक्कासी ठुलो आवाज आयो र आँखै नदेखिने गरि हावाहुरीले धुलो उडायो। त्यसको केहि समयमै कक्षा कोठामै छानोबाट ढुंगा खस्यो। के भयो भनि हेर्दा त कक्षा कोठाको छानो नै उडाएर आकाशमै नाचिरहेको थियो। त्यसको केहि क्षणमा विद्यालय नै गर्ल्यामगुर्लुम्म भयो।

हावाहुरीले विद्यालयको छानो उडाउँदा पढाइमा असर

हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा यहाँको एक गाउँका स्कुले बालबालिकाहरुको पढाइमा असर परेको छ। दुइ दिनअघिको हावाहुरीले जिल्लाको वारेकोट गाउँपालिका वडा नम्वर ६ कार्कीजिउलास्थित सीता माध्यमिक विद्यालय भवनको छानो उडेपछि ५ सय बढी विद्यार्थीको पढाइमा असर परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्