२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डिसहोमको निःशुल्क सेवा

काठमाडौं – डिस मिडिया नेटवर्क लिमिटडले बारा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिएको जनाएको छ।
कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका करिब पाँच सय घरधुरीमा हावाहुरीबाट अवरूद्ध टेलिभिजन सिंग्नल निःशुल्क सुचारू गरिदिएको हो।

कम्पनीले हावाहुरी प्रभावित प्रदेश नं. २ स्थित बाराका परसौनी, परवानीपुर, वरवारिया गाउँपालिकामा निःशुल्क सेवा दिएको जनाएको छ। प्रभावित क्षेत्रमा निःशुल्क एन्टेना परिवर्तन, निःशुल्क तार वितरण तथा जडान  गरिदिएको हो। कम्पनीले हावाहुरी प्रभावित क्षेत्रका पीडितलाई केही मात्रामा भए पनि राहत होस् भन्ने उद्देश्यले निःशुल्क सेवा दिएको जारी विज्ञप्तिमा उल्लेख हो।

प्रकाशित: २७ वैशाख २०७६ ०३:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App