२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सिद्धार्थ बैंकद्वारा हावाहुरी प्रभावितलाई सहयोग

सिद्धार्थ बैंकले गत महिना गएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साका पीडितलाई सहयोग सामग्री प्रदान गरेको छ।

हुरीपीडितलाई प्रदेश सरकारको सहयोग

चैत १७ गते आएको विनासकारी हावाहुरीमा परी मृत्यु हुनेका परिवारका सदस्यहरुलाई प्रदेश नम्बर दुईका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुक्रबार नगद सहयोग गरेको छ।जिल्ला समन्वय समिति बाराको सभाहलमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत तथा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मपरिवारका सदस्यलाई तीन लाख ७५ हजारको चेक रकम हस्तान्तरण गरेका थिए।

हावाहुरीले स्वास्थ्य केन्द्रमा क्षति

हावाहुरीले प्राथमिक स्वास्थ्य केन्द्र सल्यानको छाना उडाउँदा क्षति भएको छ। नेचा सल्यान गाउँपालिका–२ सल्यानस्थित स्वास्थ्य केन्द्रको छाना हावाहुरीले उडाउँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको स्वास्थ्य केन्द्रले जानकारी दिएको छ।

चट्याङ लागेर उदयपुरमा १ को मृत्य, ५ जना घाइते

गएराति परेको चट्याङले कटारी नगरपालिका ८ की ३७ वर्षीया कालीमाया आलेमगरको मृत्यु भएको छ भने उनकै परिवारका श्रीमान् र छोराछोरीसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बारा–पर्साका हुरीपीडितलाई प्रदेश ३ को एक करोड सहयोग

बारा र पर्सामा गत चैत महिनामा आएको विनाशकारी हुरीपीडितलाई प्रदेश ३ सरकारले एक करोड सहयोग गरेको छ। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश २ सरकारलाई एक करोड रुपैयाँ सहयोग गरेका हुन्।

उदायपुरमा हावाहुरी र चट्याङ, एकको मृत्यु

मंगलबार रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुर जिल्लाको कटारी नगरपालिका–८ बबलामा एकजनाको मृत्यु भएको छ, भने विभिन्न स्थानमा फल लाग्दै गरेको लिची र आँपमा करोडौँको क्षति भएको छ।

हावाहुरीका कारण भारतमा ४१ को मृत्यु

भारतका विभिन्न ठाउँमा आएको हावाहुरीका कारण ४० जनाभन्दा बढीको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार गुजरात, महाराष्ट्र, मध्यप्रदेश, राजस्थान, झारखण्ड, हिमाचल, हरियाणा तथा नयाँ दिल्लीमा हावाहसरीसँगै भिषण वर्षा भएको छ।

हुरीपीडितलाई भूकम्पपीडितकाे सहयाेग

चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिकाबाट आएको टोलीले मंगलबार भारतसँग सिमाना जोडिएको बारा–पर्सा जिल्लाका हावाहुरी पीडितलाई नगद सहयोग हस्तान्तरण गरेको छ। हावाहुरीमा परी मृत्यु भएका बारा–पर्साका २३ परिवारका सदस्यलाई सुनकोसी गाउँपालिकाबाट प्राप्त जनही २१ हजार पाँच सयका दरले नगद सहयोगलाई वितरण गरिएको हो।

बारामा चट्याङ लागेर ६ जना घाइते

चट्याङ लागेर इँटाभट्टाको छाप्रोमा आगो लागेको छ। कलैयाबाट भएको वारुण यन्त्रले आगो नियन्त्रणमा लिएको छ। त्यसै गरी हावाहुरीले रौतहटको बञ्जारामा बिजुलीको पोल लडाएको छ। सर्वसाधारणको घरको छानो उडाएको छ।

फेरि त्रासमै

गत चैत १७ राति आएको हावाहुरीपीडितमा फेरि हुरीको त्रास भएको छ। केही दिन यता मौसममा खराबी आउन थालेपछि हावाहुरीपीडित त्रसित भनेका हुन्। मुसल्धारे पानीसहिति आएको हावा चल्दा स्थानीय चिन्तित भएको बाराको फेटा गाउँपालिका अध्यक्ष अमेरिलाल प्रसादले बताए।

हुरीबाट बारामा २ हजार बढी घरमा क्षति

चैत १७ गते २७ जनाको ज्यान जानेगरी आएको हावाहुरीबाट बारामा दुई हजार चार सय ९३ घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। जिल्लाका आठवटा स्थानीय तहमा प्रभाव पारेको हावाहुरीमा पाँच सय ३० जना घाइते र १६ हजार चार सय ४९ जना प्रभावित भएको बताइएको छ।

संसदीय समिति बारा जाने

तराईका दुई जिल्ला वारा र पर्साका हुरी प्रभावितलाई राहत वितरण प्रभावकारी नभएको आवाज उठ्न थालेपछि प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिले स्थलगत भ्रमण गर्ने भएको छ।

हावाहुरी पीडित भन्छन् : धन सम्पत्तिसँगै खुशी पनि बाँकी राखेन

हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो”, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भने, “घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो।” रवीन्द्रको त्यसै दिन बिहान घरमा नयाँ सदस्यको आगमनले परिवारमा खुशियाली छाएको थियो। विडम्बना त्यही दिन साँझ आएको हावाहुरीले उनीहरूको खुशी एकाएक पीडामा बदलियो।

हुरीपीडित भन्छन्ः वर्षाअघि घर निर्माण गर्नुपर्छ

हावाहुरीबाट घर भत्किएपछि घरविहीन भएकी पुरैनियाकी रोकसाना खातुनको दैनिकी झन् कष्टकर बन्दै गएको छ।

महानगरद्वारा हावाहुरी प्रभावितलाई ४० लाख सहयोग

काठमाडौं महानगरपालिकाले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितलाई प्रधानमन्त्री दैविप्रकोप उद्दार कोष मार्फत ४० लाख रूपैयाँ हस्तान्तरण गरेको छ। महानरपालिका मेयर विद्यासुन्दर शाक्यले बुधबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४० लाख ३१ हजार ४ सय १३ रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्