२६ आश्विन २०८१ शनिबार
image/svg+xml

ईश्वरको मृत्यु

अर्को मान्छे बोल्यो – ‘हो मलाई पनि लाग्छ कि भगवान् जन्मेको छैन । तर भगवान् छछैन, मर्यो मरेन भनेर त फुर्सदमा सोच्ने कुरा हो । अघाएको बेला फुर्ने कुरा हो । हातमुख जोर्नका लागि एमानको मोटा मान्छे बोकेर भगवान् थानतिर उकालो चढदै गरेको त्यो फुच्चे भरियालाई हेर्नु त, उसको भगवान् कहाँ मरेको छ ? उसले तपाईँलाई भन्ने छ – ‘ए विद्वान महाशयहरू, ईश्वर जन्मेको छैन भने जन्माउनुपर्छ । मरेको छ भने पनि बिउँत्याउनुपर्छ ।’

पुड्कीको खुसी

पुड्कीका दिन यसरी नै बितेका थिए। खुसी पनि थिइन्। आज भने उनलाई एउटा कुराले सताइरहेको थियो। शहरमा साहित्यिक प्रतियोगिता हुँदै छ भन्ने थाहा पाए। उनलाई त्यस प्रतियोगितामा भाग लिने मन त थियो। तर म कसरी भाग लिऊँ। त्यहाँ त भाषा साहित्यमा विद्यावारिधि गरेका अग्रज हुनु होला। म दश पास गरेकी गाउँकी पुड्की न हुँ।

रुझेका आँखा

विष्णुमायाले गर्भे टुहुरो छोरो हुर्काइन् । बाबु बितेको चार महिनापछि हरिलाल जन्मेका थिए ।छोरो हुर्काउँदा विष्णुमाया सुकुम्बासी भएकी थिइन् । सम्पत्तिको नाममा छोरोबाहेक उनीसँग केही थिएन।

खोलको करामत

मेरो कुरो सुनेर ऊ हाँस्यो र बोल्यो – ‘खोई कहाँ छन् मान्छे ? त्यो दुवैतिरको त जुलुस हो । एकातिरकाले एउटा रङ्गको खोल ओढेका छन् भने अर्काले अर्को रङ्गको । ती कहिले मिसिन्छन् र एकै रङ्गका खोल बन्छन् । कहिले छुट्टिन्छन् र अलग रङ्गका खोल बन्छन् । ‘मान्छे’ पाउने दिन त गए हजुर ।

बस्दिनँ म शहर बजारमा

उकुसमुकुस हुन थाल्यो, सम्झी गाउँ पाखो, दूध, दही , सागसब्जी, आउँछ याद खाको। आफ्नै बारी आफ्नै खेतमा,लाको अन्नबाली , अन्नपात अन्य चिजको, हुन्नथ्यो कहिल्यै खाली । बस्दिनँ म शहर बजारमा, हराइने भो मानिस हजारमा ।

मृत दाजु

ब्लडले अनुहार रातै छ म कसरी देखूँ दाजुका उज्याला र चम्किला अनुहार आज दाजुले हामीलाई छोडेर जानुभएको छ दाजु त हिँडेर होइन गाडीमा होइन बाकसभित्र पो आउनुभएको छ प्राण तोडेर गइसकेको दाजुलाई आमाले तेल घसीघसी बनाइदिएको हातले खेै कसरी भिरिदिऊँ घाँटीमा सयपत्री फूलको माला !

लड्डु

सम्भाव्यताको खोजी गर्दै सितारामले सानैदेखि धेरै दुःख गरे । गाउँको खेत खन्दै दुई घण्टा हिँडेर पढ्ने गर्थे । बर्खे खोलाले बाटो अवरुध्द हुँदा कतिले बिचमै पढ्न छोडे । उनको निरन्तरताको कारण स्नातक सके । त्यो बेला पढेका मान्छे जिल्लामा कम भेटिन्थे । जागिर सहजै मिल्यो । छोराछोरी राम्रैसँग शहरमा राखेर पढाए।

एक कमलरी बालिकाको साहसले जन्मिएको कृति कान्छु

कान्छु बाल उपन्यास पनि भोलिका सुन्दर भविष्य र मानवता निर्माणको पक्षमा विगतको कुरीति चिरेर निस्केको अक्षरहरूको अमृतकुण्ड हो । जोजो कान्छुरूपी अमृतकुण्डमा डुब्ने धृष्तता गर्दछ उसले कमलरी जीवनको एउटा पाटो आफैले भोगेसरह अनुभूत गर्न सक्नेछन् । कान्छु भित्रका राम्रा पक्ष अनुसरण गरेर समाजका लागि, मानवताका लागि र जीवनका लागि असल बाटोका रेखाहरू कोर्न प्रेरित हुनेछन् । त्यसैले बालउपन्यासको क्षेत्रमा कान्छु उपन्यासले एउटा अर्को अध्याय थपिदिएको छ भन्न सकिन्छ।

शान्तिको दीप बलिरहोस्

अशान्तिको जालो सबै मेटेर यो देशको माया बोकेर हामी सबै बाँच्नुपर्छ अन्याय –अत्याचार गर्ने विरुद्ध लड्नुपर्छ बिन्ती गर्छु है विद्रोहको अग्नि कहिल्यै नफैलियोस् हरेकको मनमा शान्तिको दीप बलिरहोस् ।

मनै त हो

ए जिन्दगी, अलिकति चामल पैचो दे न तैले दिएको चामल पिसेर पिठो बनाउँछु ! ए जिन्दगी, अलिकति घ्यू पैंचो दे न तैले देको पिठो मुछेर तँजस्तै फनफनी घुमेको सेलरोटी पकाउँछु । आज पूर्णिमा, मैले पनि पर्व मनाउनु छ मैले पनि धर्म कमाउनु छ।

सम्बन्ध

टेन्सन भयो। रेष्टुरेन्ट छिरयो । टेन्सन दूरको अ‍ौषधि लियो । झन्– झन् टन्सन नजिक भयो । फोन गरयो – हेलो, मेरो राजा कता गायब हो । कल पर्खिदा – पर्खिदा म कति हैरान भैसके । लुनिभाको एकोहोरो रटानले झन् आगाोमा घिउ थप्यो । केही जवाफ नफर्काई फोन काट्यो । लुनिभाले कल ब्याक गरी तर फोन उठेन।

दश वर्ष भेष बदलेर जंगलमा कमाएको देख्दैनौ

दश वर्ष भेष बदलेर जंगलमा कमाएको देख्दैनौ, हजारौं निर्दोष मारेर यो हैकम जमाएको देख्दैनौ। जनताको अगुवा बन्दै नानाओली जालझेल रच्नलाई, उनैको छातीम टेकेर राजनीतिमा रमाएको देख्दैनौ ।

भाउ खोज्नेहरूदेखि हैरान, दाउ खोज्नेहरूदेखि हैरान

भाउ खोज्नेहरूदेखि हैरान, दाउ खोज्नेहरूदेखि हैरान । वारिको लौरो बिर्सी जाने, नाउ खोज्नेहरूदेखि हैरान। एकैनासमा हुन्न है समय, घाउ खोज्नेहरूदेखि हैरान।

नेपाल हाम्री जननी हुन् सन्तति छौ वीर

तराई पाउ,पहाड छाती,हिमाल छ शीर, नेपाल हाम्री जननी हुन् सन्तति छौ वीर। मिलीजुली बस्छौ यहाँ हुन दिन्नौ फाटो, हिमचुलीको टाकुरोमा पुरयाउनु छ बाटो । मुटुभन्दा प्यारो छ यही पाखापर्वत भीर, नेपाल हाम्री जननी हुन् सन्तति छौ वीर ।

ए जिन्दगी

ए जिन्दगी, तँ कहिले नष्ट हुँदैनस् तँ कहिले भ्रष्ट हुँदैनस् किनकि तँ कसैको नासो होइनस् तँ कसैको हाँसो होइनस् तँ कसैको पासो होइनस् तँ कसैको चासो होइनस् एउटा शाश्वत सत्य होस् तँ मेरो अविनाश पूँजी होस् अनि तँ मेरो आदर्श होस् तँ मेरो दर्शन होस् तैंले मलाई सदाचारी बनाइस् दूराचारीबाट दूर राखिस् त्यसैले ए जिन्दगी ,तँलाई म साँच्चै सम्मान गर्छु तँलाई म असाध्य प्यार गर्छु किनकि तँ मेरो होस् , म तेरो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्