सम्भाव्यताको खोजी गर्दै सितारामले सानैदेखि धेरै दुःख गरे । गाउँको खेत खन्दै दुई घण्टा हिँडेर पढ्ने गर्थे । बर्खे खोलाले बाटो अवरुध्द हुँदा कतिले बिचमै पढ्न छोडे । उनको निरन्तरताको कारण स्नातक सके । त्यो बेला पढेका मान्छे जिल्लामा कम भेटिन्थे । जागिर सहजै मिल्यो । छोराछोरी राम्रैसँग शहरमा राखेर पढाए।
– फाल्गुन लाग्यो । सिताले समाधि लिएको ठाउँ जानू परयो बुढी ! के छ विचार ? सितारामले अर्धाङ्गिनीलाई आफ्नो राय राखे।
‘शुभस्य शिघ्रम भन्छन् । भोलि नै जाम।’ श्रीमतीले अनुरोध स्विकारिन् ।
बुढेसकालमा धर्मकर्म गर्न सपरिवार देवघाट गए । देवघाट आएको बेला चितवन राष्ट्रिय निकुञ्ज घुम्ने राय बन्यो । फर्कँदा बाटामा भिड थियो । भीडको बिचमा दुई वटा बुढा एकले अर्कोलाई खुवाइरहेका। खुवाएको दृश्य चश्माले भेउ पाएन । घरबाट फोन आयो।
लौ न, भुसुक्कै भएछ लोकसेवामा । असफलहरूले खाए शाषक, सफलहरूले खाए बर्बादी । भाइले अचम्मसँग झस्काए।
उनी तरंगित भए । सोध्न मन लाग्यो । आश्चर्य मान्दै सोधे – के भन्छस् बाबू, के खायो लड्डु !
प्रकाशित: २० फाल्गुन २०७७ ०७:०८ बिहीबार