२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

ए जिन्दगी

कविता

ए जिन्दगी,  

तँलाई म असाध्य माया गर्छु  

तँलाई म असाध्य सम्मान गर्छु  

किनकि तँ मेरो होस् , म तेरो हुँ ।

 

अरूले तँलाई ढालून्  या फालून्

अरूले तँलाई बालून् या गालू्न्

अरूले तँलाई रुवाऊन्  या तुहाऊन्

अरूले  तँलाई चुहाउन् या कुहाउन्

ए जिन्दगी , तँलाई म सम्हाल्छु

किनकि तँ मेरो होस् , म तेरो हुँ ।

 

अरूले  तँलाई फोरून् या तोडून्

अरूले तँलाई लडाऊन् या सढाऊन्

अरूल तँलाई मोडून् या छोडून्

अरूल तँलाई चोट लाऊन् या खोट लाऊनु

ए जिन्दगी,

तँ निर्दोग र निर्मल छस् यार

किनकि तँ मेरो होस् , म तेरो हुँ ।

अरूले तँलाई रेटून् या कुल्चून्

अरूले तँलाई मारून्  या गाढून्

अरूले तँलाई झुकाऊन् या सुकाऊन्

अरूले तँलाई रोकून् य छेकून्  

मारिस् भने जगाउँछु

गाढिइस् भने उमार्छु

झुकिस् भने उठाउँछु

सुकिस् भने फेरि फुलाउँछु

रोकिइस् भने हिँडाउँछु

छेकिइस् भने चलाउँछु

ए जिन्दगी, तँ कहिले नष्ट हुँदैनस्

तँ कहिले भ्रष्ट हुँदैनस्

किनकि तँ कसैको नासो होइनस्

तँ कसैको हाँसो होइनस्

तँ कसैको पासो होइनस्

तँ कसैको चासो होइनस्  

एउटा शाश्वत सत्य होस्

तँ मेरो अविनाश पूँजी होस्

अनि तँ मेरो आदर्श होस्

तँ मेरो दर्शन होस्  

तैंले मलाई सदाचारी बनाइस्

दूराचारीबाट दूर राखिस्

त्यसैले ए जिन्दगी ,

तँलाई म साँच्चै सम्मान गर्छु

तँलाई म असाध्य प्यार गर्छु

किनकि तँ मेरो होस् , म तेरो हुँ ।

प्रकाशित: १९ फाल्गुन २०७७ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App