७ वैशाख २०८१ शुक्रबार
कला

शान्तिको दीप बलिरहोस्

कविता

बिन्ती गर्छु मैले

विद्रोहको अग्नि

कहिल्यै नफैलियोस्

हरेकको मनमा बुद्धले

बास गर्दै शान्ति फैलियोस्

दिदीबहिनी दाजुभाइ सबैले

मेरो बिन्ती सुनिदिनु

बासनायुक्त फूलको माला

एकतामा उनिदिनु

तेरोमेरो भन्ने भाव

सबैको मनबाट टाढा राखेर

बसौं अब

अशान्तिको जालो सबै मेटेर

यो देशको माया बोकेर

हामी सबै बाँच्नुपर्छ

अन्याय –अत्याचार गर्ने

विरुद्ध लड्नुपर्छ

बिन्ती गर्छु है

विद्रोहको अग्नि

कहिल्यै नफैलियोस्

हरेकको मनमा

शान्तिको दीप बलिरहोस् ।

प्रकाशित: १९ फाल्गुन २०७७ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App