७ वैशाख २०८१ शुक्रबार
कला

पुड्कीको खुसी

लघुकथा

खुसी दस कक्षा पास गरेकी पुड्की गाउँकै शिक्षित नारी थिइन्। उनलाई सबै जना गाउँको उज्यालो बत्ती मान्ने गर्थे  । हुन पनि नाम पुडकी भए पनि , काम र विचार भने उनको उच्च थियो। त्यसमाथि उनको साहित्यमा रुचि भएको हुँदा हमेशा आफू धेरैं पढ्न नसके पनि टाढाटाढासम्म गएर बुक खोजी पढ्ने गर्द्थिन। अनि लेख्ने पनि।

खेतीपाती ,घरको कामदेखि साँझ गाउँका दुःखी बालबच्चालाई घरमै बोलाएर पढाउने उनको दिनचर्या थियो। बालबच्चा पनि पुड्की दिदी भनेपछि हुरुक्कै हुने गर्दथे। बालबच्चा पढाइसकेपछि एकछिन साहित्य पढेर सुत्ने उनको दिनचर्या नै थियो।

पुड्कीका दिन यसरी नै बितेका थिए। खुसी पनि थिइन्। आज भने उनलाई एउटा कुराले सताइरहेको थियो। शहरमा साहित्यिक प्रतियोगिता  हुँदै छ भन्ने थाहा पाए। उनलाई त्यस प्रतियोगितामा भाग लिने मन त थियो। तर म कसरी भाग लिऊँ। त्यहाँ त भाषा साहित्यमा विद्यावारिधि गरेका अग्रज हुनु होला। म दश पास गरेकी गाउँकी पुड्की न हुँ।

के गरूँ के नगरूँ  भएको थियो उनलाई। फेरि सोचिन् – एकपल्ट कोसिस त गर्नु पर्यो।नारी दिवस नि नजिक आएको छ। जे त होला।

प्रतियोगिताको  सुरु भयो। सबैले आफ्नो रचना वाचन गरे। पुड्की पनि आफ्नो रचना वाचन गरिन्।सबैका आँखामा  आँसु आए।पढेर मात्र होइन , परेर पनि कोरिएको उनका शब्दहरू सबैसामु भारी भए। प्रतीक्षा अब परिणामको थियो।

केहीबेरपछि परिणाम आयो। पुड्कीको खुसीको सीमा रहेन।नारी दिवसको दिन सम्मानित हुँदै विजय हुन पाएकोमा। सबै  अग्रजले उनको पुस्तक पनि प्रकाशन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। पुड्की मनमा खुसी कस्दै आफ्नो गाउँतिर लॉगिन्।

प्रकाशित: २० फाल्गुन २०७७ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App