बस दुर्घटनामा चारको मृत्यु, २० घाइते
पूर्व–पश्चिम राजमार्गको मोरङको बयरवन–९ लेटाङ जाने मोडमा बुधबार राती यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गको मोरङको बयरवन–९ लेटाङ जाने मोडमा बुधबार राती यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
चितवनको चुम्लिङटारमा कुखुरा बोकेको बलेरो जीप दुर्घटना हुँदा चालकको मुत्यु भएको छ । दमौलीबाट कुखुरा बोकेर काठमाडौं जाँदै गरेको ग २ च ३३६५ नम्बरको बलेरो जीप इच्छाकामना गाउँपालिका वडा ३ चुम्लिङटारबाट त्रिशुली नदीमा खसेको हो ।
एमाले सांसद दुलारी देवी भारतको सीतामढीमा गम्भीर दुर्घटनामा परेकी छिन्। उनीसँगै दुर्घटनामा परेका एक जनाको मृत्यु भएको छ भने गम्भीर घाइते उनको उपचारका क्रममा दायाँ खुट्टा काट्नु परेको छ।
पूर्वी क्युबाको बायामो सहरको बाहिरी इलाकामा भएको एक सडक दुर्घटनामा कम्तीमा ५५ व्यक्ति घाइते भएका छन ।
झापाको कमलनगर गाउँपालिकामा आइतबार राति भएको बस दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
ट्रकले अनियन्त्रित भई अन्य सवारीसाधनलाई ठक्कर दिँदा शुक्रबार भएको दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।
रुकुम मुरु गाविस– २ मा ट्याक्टर दुर्घटना हुँदा शुक्रबार एक जनाको मृत्यु भएको छ ।
नागरिक दैनिकका पत्रकार नेमिष गौतम गम्भीर दुर्घटनामा परेका छन्। गत शुक्रबार राति वीर अस्पतालको ट्रमा सेन्टरमा अचेत अवस्था भेटिएका पत्रकार गौतमको सिटी स्क्यानपछि टाउकोमा चोट लागेर रगत जमेको देखिएकाे छ।
बिहीबार खलंगाको वोहरा स्थित सडकवाट बस खस्दा मृत्यु भएका सवै २६ जनाको पहिचान खुलेको छ। सदरमुकाम खलंगावाट साल्मा गाविसको खारा तर्फ यात्रु लिएर गइरहेको ना.३ ख. २२७९ नम्वरको ३५ सीट क्षमताको दुर्घटनाग्रस्त वसमा सडकवाट २ सय मिटर तल पासागाड खोलामा खसेको थियो।
जाजरकोटको सदरमुकाम खलंगाबाट साल्मा गाविसकाे खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। बिहीबार बेलुकीतिर भएकाे घटनामा ४० जना घाइते भएका छन्।
जाजरकोटको सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना३ख २२७९ नम्बरकाे यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाकाे मृत्यु भएको छ।
रौतहटमा शनिवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। गौर–चन्द्रनिगाहपुर सड्क खण्ड अन्तर्गतको पिपरा भगवानपुर चोकमा शनिवार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा गरुडा नगरपालिका वडा नम्बर १ का १७ बर्षिय धिरेन्द्र रौनियारको घटनास्थलमै ज्यान गएको हो।
पश्चिम भारतको राजस्थानमा शुक्रबार जिप र ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा तीन महिलासहित १७ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ।
दाङमा बिहीबार भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। अन्य २४ जना घाइते भएका छन्। बस र ट्रक ठोक्किँदा एकजना र मोटरसाइकल दुर्घटनामा एक जना गरी दुईको मृत्यु भएको हो।
सदरमुकाम वीरेन्द्रनगरबाट साटाखानी जाँदै गरेको ट्रक धुलियाविट–भेडाबारी सडकखण्डको भुतचोक नजिक दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ ।