२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सबै मत परिणाम सार्वजनिक : निर्वाचन आयोग

तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । बुधबार निर्वाचन आयोगले तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको जानकारी गराएको थियो । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार स्थानीय तहको प्रमुख, अध्यक्ष पदमा नेपाली काँग्रेस ४०, नेकपा (एमाले) १८, नेकपा (माओवादी केन्द्र) २१, (राजपा) राष्ट्रिय जनता पार्टी २५, संघीय समाजवादी फोरम नेपाल २६, नेपाल लोकतान्त्रिक फोरम तीन, नेपाली जनता दल दुई र नयाँ शक्ति पार्टी नेपालका उम्मेदवार एक स्थानमा विजयी भएको छन् ।

प्रधानमन्त्री तथा मन्त्रीहरुबाट सम्पति विवरण सार्वजनिक

प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का २८ जना सदस्यहरुले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन्। उनीहरुले सो विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गर्नु भएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ।

रौतहटमा १६ तहको परिणाम सार्वजनिक हुँदा कांग्रेस अगाडी

रौतहटका १८ वटा स्थानीय तह मध्ये १६ स्थानको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएकाहरु मध्ये नेपाली काँग्रेस ८ स्थानमा, संघीय समाजवादी फोरम नेपाल ३ स्थानमा, माओवादी केन्द्र २ स्थानमा, राष्ट्रिय जनता पार्टी नेपाल २ स्थानमा र नेपाल लोकतान्त्रिक फोरम १ स्थानमा विजय प्राप्त गर्न सफल भएका छन्।

६९ तहको परिणाम सार्वजनिक हुँदा एमाले चौथो

यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ६९ तहको मतगणना सम्पन्न भएको छ। मतपरिणामअनुसार अन्य प्रदेशमा राम्रो परिणाम ल्याउन सफल प्रमुख प्रतिपक्षी नेकपा एमाले २ नं. प्रदेशमा सापेक्षित रुपमा कमजोर दिएको छ।

टेलिकमद्वारा १३० टिभी च्यानल भएको एप्स सार्वजनिक, एक महिना निःशुल्क

नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन्। यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ आज मंगलबारदेखि सञ्चालनमा आएको छ। नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो।

सामसङ ग्यालेक्सी नोट ८ सार्वजनिक

सामसङले आफ्नो पछिल्लो उत्पादन उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिनाभित्रै नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट ८ ल्याएको हो।

सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल

प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का अन्य सदस्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेका छन् ।

काठमाडौंका सार्वजनिक यातायातमा यौन दुर्व्यवहार धेरै

सार्वजनिक यातायातमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रणका लागि प्रहरीले सुरु गरेको ‘सेफ्टी पिन’ अभियानका क्रममा उपत्यकाभित्र काठमाडौंमा दुर्व्यवहार धेरै हुने देखिएको हो ।

टाटा योद्धा नेपालमा सार्वजनिक

नेपालमा सर्वाधिक रुचाइएको कमर्सियल भेहिकल ब्राण्ड टाटा मोटर्स् र यसको नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गप्रालिले बिहीबार टाटा योद्धा गाडी सार्वजनिक गरेका छन्।

‘जितिया पर्व’ मा सार्वजनिक बिदाको माग

विभिन्न जिल्लामा स्थायी बसोबास भई काम विशेषले काठमाडौँमा बस्दै आएका थारु समुदायले एक आपसमा सद्भाव साटासाट गर्दै ‘जितिया पर्व’ सम्पन्न गरेका छन्।

दशैँमा छ हजार सार्वजनिक सवारी साधनले सेवा दिने

नेपालीको महान् पर्व बडादशैँको अवसरमा दैनिक छ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने भएका छन्।

नेपथ्यको नयाँ भिडियो ‘सिरानमा फोटो छ’ सार्वजनिक

लोकरक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर ‘मै मरि जाउँला’गीत सार्वजनिक गरेको छ। स्थापनाको २५वर्ष पुगेका अवसरमा ब्याण्डले आफ्ना स्रोतालाई यो वर्षभरि नयाँ म्यूजिक भिडियो उपहार दिने घोषणा गरेको थियो। सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं अल्बम‘ऐनाझ्याल’बाट लिइएको हो।

इपिएलका मालिकको नाम सार्वजनिक

एभरेस्ट प्रिमियर लिग (इपिएल) ले शुक्रबार फ्रेन्चाइज क्लबका मालिक र ‘मार्की प्लेयर’ को नाम सार्वजनिक गरेको छ ।

मदनकृष्णको ‘महको म’ सार्वजनिक

चर्चित कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’को एक मंगलबार एक समोरोहबीच विमोचन भएको छ। हरिवंश आचार्यले उनको पुस्तक विमोचन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्