२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

‘जितिया पर्व’ मा सार्वजनिक बिदाको माग

काठमाडौँ – विभिन्न जिल्लामा स्थायी बसोबास भई काम विशेषले काठमाडौँमा बस्दै आएका थारु समुदायले एक आपसमा सद्भाव साटासाट गर्दै ‘जितिया पर्व’ सम्पन्न गरेका छन्। 

थारु महिला समाजले बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा थारु महिलाले आ–आफ्नो वेशभूषामा पौराणिक गीत गाएर दुःख, विरहका भावना अभिव्यक्त गरेका थिए। 

बिहानै स्नान गरी पवित्र भई व्रत बसेर पारिवारिक सुख, शान्ति तथा समृद्धिका लागि सो समुदायले यस किसिमको सांस्कृतिक पर्व मनाउने प्रचलन छ। 

श्रम तथा रोजगार राज्यमन्त्री दिल्लीबहादुर चौधरीले आदिम कालदेखि नेपालमा बसोबास गर्ने थारु समुदायका विभिन्न पर्व तथा संस्कृतिलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। 

सांसद रुक्मिणि चौधरीले थारु समुदायले राष्ट्रिय चाडका रुपमा ‘जितिया पर्व’ लाई मान्ने गरेको बताउँदै परापूर्व कालदेखि नै यस पर्वको महत्व रहँदै आएकाले यसलाई समाजमा व्यापकता बढाउन सार्वजनिक बिदाको माग गरे। 

समाजका अध्यक्ष गीता चौधरीले विवाहित थारु महिलाले आफ्नो घर परिवारको उन्नतिका लागि ‘जीतमान बाबा’को पूजा गर्दै सांस्कृतिक नाचगान गरी सो पर्व मनाउँदै आएको जानकारी दिए। रासस 

प्रकाशित: २९ भाद्र २०७४ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App