काठमाडौं—यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म ६९ तहको मतगणना सम्पन्न भएको छ। मतपरिणामअनुसार अन्य प्रदेशमा राम्रो परिणाम ल्याउन सफल प्रमुख प्रतिपक्षी नेकपा एमाले २ नं. प्रदेशमा सापेक्षित रुपमा कमजोर दिएको छ।
निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र बाट साँझ ६ बजे प्राप्त विवरणअनुसार स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस २४, नेकपा (माओवादी केन्द्र्र र संघीय समाजवादी फोरम नेपाल १३–१३, नेकपा एमाले र राष्ट्रिय जनता पार्टी नेपाल आठ तहमा विजयी भएका छन्।
निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र बाट साँझ ६ बजे प्राप्त विवरणअनुसार स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस २४, नेकपा (माओवादी केन्द्र्र र संघीय समाजवादी फोरम नेपाल १३–१३, नेकपा एमाले र राष्ट्रिय जनता पार्टी नेपाल आठ, नेपाल लोकतान्त्रिक फोरम दुई र नेपाली जनता दलका उम्मेदवार एक स्थानीय तहमा विजयी भएका छन्।
यसैगरी अहिलेसम्म ९०७ वडाको अन्तिम मत परिणाम प्राप्त भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। मतगणना बाँकी रहेका ६७ स्थानीय तहमध्ये एकाध स्थानमा मतगणनामा गतिरोध उत्पन्न भएका कारण सर्वदलीय सहमति गरी मतगणना सञ्चालन गर्ने प्रयास भइरहेको र अन्य सबै स्थानमा मतगणना शान्तिपूर्णरूपमा जारी छ।
प्रकाशित: ६ आश्विन २०७४ १४:४१ शुक्रबार