८ वैशाख २०८१ शनिबार

एभरेस्ट र हेल्प नेपाल च्याम्पियन

विदेशी खेलाडीको साथ पाएका हेल्प नेपाल स्पोर्टस् र एभरेस्ट भलिबल क्लब आठौं आरबिबी एनभिए भलिबल च्याम्पियनसिपमा च्याम्पियन भएका छन्।

नेपाल पुलिस र बुढानीलकण्ठ क्वार्टरफाइनलमा

नेपाल पुलिस र बुढानीलकण्ठ भलिबल क्लब आठौं आरबिबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ सोमबार क्वार्टरफाइनलमा पुगेका छन्।

तेस्रो टाईगर कप भलिबल: गण्डकी र सशस्त्र प्रहरी फाईनलमा

शुक्रबार विभागीय डर्बी भिडन्तमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको फाईनल प्रवेश गरेको हो। गण्डकी प्रदेशले पनि त्रिभुवन आर्मीमाथि सोझो सेटमै जितको नजिता निकाल्दै दुईवर्षपछि फेरी एकपटक फाईनल प्रवेश गरेको हो।

टाईगर कप भलिबल च्याम्पियनसिपः आर्मी र सशस्त्र प्रहरीको जित

सशस्त्र प्रहरी बलले उत्कृष्ट कमब्याक गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित दर्ता गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको शुरुवात गरेको छ।

आर्मी र एपिएफ सेमिफाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा आर्मीले गण्डकी प्रदेशलाई र एपिएफले केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्रलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् ।

न्यु डायमन्डको विजयी सुरुआत

सातौं एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साबिक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबले विजयी सुरुआत गर्दा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ।

राउन्ड रोबिनमा नेपाल अपराजित

लिगको आफ्नो अन्तिम खेलमा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जितसहित अपराजित टोली रहँदै फाइनलमा स्थान बनायो। सोमबार नै उज्बेकिस्तानले पनि श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै नेपालसँग उपाधि भिडन्त पक्का गरेको हो।

भलिबलको महिला टोली घोषणा

बंगलादेशको ढाकामा आयोजना हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि आइतबार राष्ट्रिय महिला टोली घोषणा गरिएको छ।

हेल्प नेपाल समूहविजेता

हेल्प नेपालले तेस्रो सेट २५–२२ र चौथो २५–१९ ले आफ्नो बनाउँदै समूह ‘ए’ को विजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाउन सफल भयो। हारपश्चात् तीन खेलमा एक हार बेहोरेको गलकोट स्पोर्ट्स क्लब उपविजेताका रूपमा अन्तिम आठमा प्रवेश गरेको छ।

गलकोटलाई दोस्रो सफलता

समूह ‘बी’ को नेपाल पुलिस क्लबले पनि दोस्रो जित निकाल्दा सोमबार मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा नै पराजित गर्‍यो। राष्ट्रिय टोलीका सदस्य रहेको पुलिसले युवा खेलाडीले भरिएको मणिमुकुन्दमाथि २५–१४,२५–१५ र २५–१५ को जित निकाल्यो।

विभागीय टोलीको सुखद सुरुआत

आर्मीले सुखद सुरुआत गर्ने क्रममा कर्णाली प्रदेशमाथि २५–८, २५–१४, २५–७ को जित हात पार्‍यो। यस्तै एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटले हराउने क्रममा पहिलो सेट २६–२८ ले गुमाएको थियो।

एपिएफ महिलाबाट बाहिरिँदा पुरुषतर्फ फाइनलमा

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा न्यु डायमन्डले चिर प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै अन्तिम दुईमा स्थान बनाएको हो। पहिलो संस्करणको एनभिए कपको उपाधि जितेको न्यु डायमन्ड विभागीय प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै उपाधिनजिक पुगेको हो।

भलिबल च्याम्पियनसिप: बुलबुले राराको सुरुआत हारबाट

पाकिस्तानका तीन खेलाडी सम्मिलित बुलबुले रारा क्लबले पुनरागमनलाई निरन्तरता दिन नसक्दा हारबाट पाँचौं आरबिबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको यात्रा सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्