२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल घरेलु टोलीसँग पराजित

काभा यु–२३ भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बिहीबार घरेलु टोली बंगलादेशसँग पराजित भएको छ। नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा नतिजा सुम्पियो। पहिलो सेट २६–२४ ले गुमाएको नेपालले दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२१ ले गुमायो।

प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेश, श्रीलंका र किर्गिस्तान गरी चार टोली सहभागी छन्। नेपालले दोस्रो खेलमा शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। अन्तिम खेलमा नेपालले शनिबार किर्गिस्तानविरुद्ध खेल्नेछ।

चार टोली मात्र सहभागी प्रतियोगिताको समूहचरणपछि चारै टोली सेमिफाइनल प्रवेश गर्नेछन्। सेमिफाइनलका खेल आइतबार हुनेछन् भने फाइनल खेल सोमबार हुनेछ। समूह चरणपछि शीर्ष स्थानमा रहने टोलीले चौथो स्थानको टोलीविरुद्ध पहिलो सेमिफाइनल खेल्नेछ भने दोस्रो सेमिफाइनलमा दोस्रो स्थानको टोलीले तेस्रो स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: ८ पुस २०७९ ०१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App