८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

लिगमा नेपाल जितविहीन

नेपाली युवा टोली काभा यु–२३ पुरुष भलिबल च्याम्पियनसिपको लिग चरणमा जितविहीन बनेको छ।

शनिबार भएको लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएसँगै नेपाल जितविहीन बनेको हो। नेपालले अब लिग चरणको विजेतासँग खेल्नेछ। साहिद सुहरावर्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५–१६ ले गुमाएको थियो। तर, दोस्रो सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पा¥यो र सेटमा बराबरी ग¥यो। तर, तेस्रो सेट गुमाएपछि नेपाल पुनः पछि पर्‍यो। उक्त सेट नेपालले २५–१७ ले गुमायो। नेपालले चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै सेटमा २–२ को बराबरी गर्‍यो।

तर, निर्णायक सेटमा खराब प्रदर्शन गरेपछि नेपालले किर्गिस्तानलाई खेल सुम्पियो। उक्त सेट किर्गिस्तानले १५–६ ले सहजै आफ्नो पक्ष पारेको थियो। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ। नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल आइतबार खेल्नेछ। च्याम्पियनसिपमा चार टोलीको मात्र सहभागिता भएको हुनाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन्।

प्रकाशित: १० पुस २०७९ ०२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App