२१ आश्विन २०८१ सोमबार
image/svg+xml

स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति (सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिए। यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

बोइङ ७५७–२०० विमान बिक्री चाँडै

नेपाल वायुसेवा निगमको बोइङ ७५७–२०० विमान बिक्री गर्न अमेरिकी कम्पनी सिएसजिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीलाई अन्तिम सम्झौता पठाएको छ। लामो समयको लकडाउनका कारण बिक्री प्रक्रिया अघि बढाउन नसकेको जनाउँदै निगमले चाँडै उक्त प्रक्रिया टुंगिने जनाएको छ।

निगमको हङकङ उडानमा प्रतिबन्ध

नेपाल वायुसेवा निगमको विमानमार्फत हङकङ पुगेका पाँचजनामा कोरोना पुष्टि भएपछि दुई साता हङकङ उडान नहुने भएको छ ।

ग्राउन्ड ह्यान्डलिङबाट हुन्छ यस्तो आम्दानी, रकमको लोभले चलखेल

नेपाल वायु सेवा निगमको आउटा राम्रो आम्दानीको स्रोत ग्राउन्ड ह्यान्डलिङ पनि हो। तर यसमा अहिले हवाई माफियाहरुले आँखा लगाइरहेका छन्। ग्राउन्ड ह्यान्डलिङबाट प्राप्त रकमबाट वार्षिक ६० देखि ७० करोड रुपैयाँ रोयल्टीको रुपमा प्राधिकरणलाई र सरकारलाई भ्याट बुझाउँदै आएको निगमको कर्मचारीसँगको भनाई छ।

चिनियाँ जहाज नउडाएरै घाटा

नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका चिनियाँ जहाज अधिकांश समय नउडाएरै घाटामा गएको देखिएको छ। एभिएसन इन्डस्ट्रिज कर्पोरेसन चाइनासँग पौने चार अर्ब रुपैयाँमा खरिद गरिएका चारवटा विमान अधिकांश समय जमिनमै रहेको देखिएको छ। यी जहाज २०७१, २०७३ र २०७४ मा खरिद गरिएको हो।

२ अर्ब घाटा खाएर चिनियाँ जहाजकाे उडान बन्द

अनुदानको लोभले जस्तो पायो उस्तै वस्तु खरिद गर्दा परिणाम खराब निस्कन्छ भन्ने पछिल्लो उदाहरण नेपाल वायुसेवा निगमका चिनियाँ जहाज बनेका छन्। चीन सरकारले ४ वटा जहाज खरिद गरेमा दुइटा अनुदानमा दिने भनेपछि खरिद गरिएका जहाज निगमले अन्ततः २ अर्ब रुपैयाँ घाटा बेहोरेर बिक्री गर्ने निर्णय गरेको छ। निगमले ती जहाजको उडान स्थगन गरी बिक्री प्रक्रियामा जाने निर्णय लिएको छ।

वायुसेवा निगमका डेढ सय करार कर्मचारी कटौती

नेपाल वायुसेवा निगमले करारमा रहेका कर्मचारी कटौती गरेको छ । लामो समयदेखि व्यवस्थापकीय समस्या समाधान गर्न नसकेको, ऋण घटाएर नाफामा जान नसकेको जस्ता आलोचना खेप्दै आएको निगमले एक सय ४५ जना कर्मचारीको करार नवीकरण नगरेको हो ।

शान्ति मिसनको सेना निगमले बोक्ने

नेपाल वायुसेवा निगमले संयुक्त राष्ट्र संघको सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीको मिसनमा कार्यरत नेपाली सेनालाई लैजाने तथा नेपालल्याउने सम्झौता गरेको छ।

निगमका पाइलट शेरचनको दशौं तहको बढुवा ‘होल्ड’

नेपाल वायुसेवा निगमका पाइलट रबीन्द्र कुमार शेरचनको दशौं तहको बढुवा निगम सञ्चालक समितिको बैठकले ‘होल्ड’मा राखेको छ । गैर–कानुनी ढंगले शेरचनको बढुवा भएपछि उनीभन्दा वरिष्ठ पाइलटहरुले विरोध गर्दै कारबाहीको माग गरेका थिए । उक्त समाचार बिहिबारको नागरिक दैनिकमा प्रकाशन भएको थियो । समाचारपछि निगमका कार्यकारी अध्यक्ष शुशील घिमिरेले शुक्रबार बोर्ड वैठक डाकेका थिए ।

६७ उडानबाट अलपत्रको उद्धार

सरकारले कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा ६७ उडानमार्फत नेपाल ल्याउने तयारी गरेको छ । आगामी आइतबारदेखि सुरु हुने उद्धारका उडानमा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्स तथा विदेशी जहाजको प्रयोग हुने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

अवालेलाई जहाज उडाउन प्रतिबन्ध

विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब एक करोड रुपैयाँ जरिवानाको फैसला सुनाइएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ।

सूचना नदिने नेवानिको गम्भीर लापरबाही

नेपाल वायुसेवा निगम व्यवस्थापन ‘लापरबाही’ गरी बोइङ भन्दै एयरबसको ‘वाइड बडी’ जहाज भारतको नयाँदिल्ली पठाएका कारण उक्त जहाज ६ घन्टासम्म उतै अड्किएको खुलासा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्