७ वैशाख २०८१ शुक्रबार
अर्थ

निगमका पाइलट शेरचनको दशौं तहको बढुवा ‘होल्ड’

नेपाल वायुसेवा निगमका पाइलट रबीन्द्र कुमार शेरचनको दशौं तहको बढुवा निगम सञ्चालक समितिको बैठकले ‘होल्ड’मा राखेको छ । गैर–कानुनी ढंगले शेरचनको बढुवा भएपछि उनीभन्दा वरिष्ठ पाइलटहरुले विरोध गर्दै कारबाहीको माग गरेका थिए । उक्त समाचार बिहिबारको नागरिक दैनिकमा प्रकाशन भएको थियो । समाचारपछि निगमका कार्यकारी अध्यक्ष शुशील घिमिरेले शुक्रबार बोर्ड वैठक डाकेका थिए । 

वैठकमा शेरचनलाई बढुवा गरिसकेको दशौं तहको पद हाललाई यथास्थितिमै राख्ने गरी स्थगित गरिएको छ । शेरचन हाललाई यसअघिको नौं तहको पदमै रहनेछन् ।  निगमकी प्रवक्ता अर्चना खड्काले हाललाई शेरचनको बढुवा स्थगित गरी पुरानै जिम्मेवारी दिइएको बताइन् । ‘उहाँको बढुवापछि केही पाइलटहरुले विरोध जनाउनुभयो, निवेदन पनि प¥यो, त्यसपछि हाललाई उहाँको बढुवा पद स्थगित भएको छ ।’ उनका अनुसार शेरचनमाथि परेको निवेदनका आधारमा सञ्चालक समितिले अध्ययन गरिरहेको छ ।

 यसबाहेक छैटौं तहमा बढुवा गर्दा पनि प्रक्रिया नपु¥याएपछि त्यसमा पनि कर्मचारीले विरोध गरेका थिए । उक्त बढुवा पद पनि हाललाई स्थगित गरिएको छ । निगम सञ्चालक समितिका सदस्य अच्युत कृष्ण पहाडीले अरु पाइलटले फारम नभरेकाले शेरचन नै बढुवाको सुचीमा परेको बताए । उनले भने, ‘बढुवा प्रक्रियाको सम्बन्धमा उजुरी परेको छ,’ उनले भने, ‘त्यसलाई पनि सुनुवाई त गर्नैप¥र्यो, त्यसैले होल्ड भएको हो ।’  

शेरचनको बढुवा पद विवादित बन्न थालेपछि निगम सञ्चालक समितिको बैठक शुक्रबार बसेको थियो । निगमले सिनियर क्याप्टेनहरुलाई बेवास्ता गर्दै शेरचनलाई जेठ १६ गते माथिल्लो पद (निर्देशक)को जिम्मेवारी सुम्पिइएको थियो । तर, उनलाई बढुवा गरेको विषय विवादित बनेको थियो । सिनियर क्याप्टेन दीपकनरसिंह राणा, राकेश राणा, महेश्वरमान डंगोल र समज कुमार श्रेष्ठलाई छाडेर शेरचनलाई बढुवा गरेपछि निगमका अधिकांश पाइलट विरोधमा उत्रिएका थिए । उनीहरुले जेठ २० गते त्यसको विरुद्दमा कार्यालयमा निवेदन समेत दिएका थिए । कार्यकारी अध्यक्षलाई चातर्फी दबाब परेपछि बढुवा गरेको निर्णय खारेज गर्न बाध्य भएका हुन् । शेरचनलाई बढुवा गर्दा कार्यालय बन्द भएको बेला गोरखापत्रमा सुचना जारी गरिएको थियो । उक्त सुचनाबारे अन्य क्याप्टेनहरुले जानकारी नै पाएका थिएनन् । यसबाहेक आन्तरीक बढुवा गर्दा कार्यालयको सुचना पार्टीमा सुचना टास्नुपर्ने हुन्छ । तर, शेरचनलाई बढुवा गर्दा सुचना पार्टीमा सुचना त टासिँएन नै निगमको वेबसाइटमा समेत उक्त सुचना राखिएको थिएन । जसका कारण पनि बढुवाको कानुनी प्रक्रिया फितलो थियो ।  

शेरचनले यसअघि आर्थिक अनियमितता, गैर कानुनी तबरले उडान भरेको, जहाजमा क्षमताभन्दा बढी वजन बोकेको लगायत गडबड गरेका थिए । उनले गरेका कमजोरीहरुको सबैखाले प्रमाण सुरक्षित छ । त्यस्तै, शेरचनले सबैभन्दा ठूलो भ्रष्टाचार त दुवैमा ५ स्टार होटल बुकिङ गर्दा गरेका थिए । जसमा करोड भन्दा बढी रकम भ्रष्टाचार गरेका थिए । उक्त विषयमा शेरचनमाथि राष्टिय सतर्कता केन्द्रले अनुसन्धान गरेको थियो । केन्द्रले ०७६ बैशाख १० गते शेरचनमाथि कारबाही गर्न भन्दै प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री कार्यालयले निगम सञ्चालक समितिमा उक्त प्रतिवेदन पठाउँदै शेरचनमाथि कारबाही गर्न आग्रह गरेको थियो । तर, हालसम्म पनि उक्त प्रतिवेदनअनुसार शेरचनलाई कारबाही भएको छैन । निगम स्रोतका अनुसार हालका अपरेसन निर्देशक दिपुराज ज्वारचनले शेरचनलाई कारबाहीबाट बचाउन ढाकछोप गर्दै आइरहेका छन् । ज्वारचन पनि निर्देशक बन्न योग्यता पुगेका व्यक्ति होइनन् । निगमको अपरेसन म्यानुअल २०१४ को प्रावधान अनुसार अपरेसन निर्देशक बन्नको लागि निगममा २० वर्ष काम गरेको अनुभव हुनुपर्ने र हवाई प्राधिकरणबाट कुनै पनि कारबाही तथा दाग नलागेको हुनुपर्ने व्यवस्था छ । तर, यो पद सम्हाल्नको लागि ज्वारचनको योग्यता पुग्दैन । उनले सन् २००८ मा सातौं तहबाट निगममा जागिर सुरु गरेका थिए । यो हिसाबले उनले काम गरेको १२ वर्ष मात्रै पुगेको छ । उनी गत वर्ष नौं तहमा बढुवा भएका थिए । नौं तहको बढुवाका लागि उनीभन्दा सिनियर २४ जना पाइलटहरु थिए तर सिनियरलाई बेवास्ता गर्दै ज्वारचनलाई निगमले बढुवा गरेको थियो ।    

यति हुदाँहुदै पनि उनी गैर कानुनी तरिकारले निगमको माथिल्लो पद ओगट्दै आइरहेको निगम स्रोतको भनाई छ । ‘गलत गर्ने कर्मचारीले गलत गर्नेलाई नै बचाउ गर्दै आइरहेको छ, जसका कारण वायुसेवामा विकृति बढिरहेको छ, योग्य कर्मचारीले ठाउँ नपाएको अवस्था छ,’ निगमका एक कर्मचारीले नागरिकसँग भने ।

प्रकाशित: ६ असार २०७७ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App